मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

मूल्य

लघु कथा "मूल्य "

 कृष्ण के श्रेष्ठ "काल्स"

       रातको झन्डै १२ बज्न लागिरहेको थियो । सुनसान सडकमा कोहि कसैको आवाज थिएन । म काम सकेर घर फर्कने क्रममा थिएँ । म आफ्नो कोठा पस्न मात्र के लागेको थिएँ , मेरो कोठा संगै जोडिएको अर्को कोठाबाट अनौठो किसिमको आवाज निस्किरहेको सुनें, तर मैले यकिन गर्न सकिन की त्यो केको आवाज भनेर ?
      टक्क रोकिएँ एकछिन,  नजिक गएर सुन्ने कोसिस गरें । कोहि छटपटीदै जापानी भाषामा ऐया ऐया भनिरहेको जस्तो सानो आवाज होकी जस्तो लाग्यो मलाई ।  त्यसैले मलाई  भित्र छिर्न मन लाग्यो तर  मलाई  डर लागेर आयो  किनकि जापानमा हत्पति कोही अरुको कोठामा छिर्दै छिर्दैनन र अरु छिरेको पनि मन पराऊदैनन ।
तर मेरो मन मानेन । ढोका ढकढकाएर भित्र छिरें । कोठाभरि पुरै जुस अनि बियरका खालि बोतलहरु छरपस्ट थिए । पाईला टेकने कुनै ठाऊँ थिएन त्यहा । फोहरहरु पनि जताततै छारिएका थिएकी मानौ की त्यो कोठा कुनै फोहर फाल्ने  ठाऊँ जस्तो देखिन्थ्यो ।
     यताउति हेरें कोहि देखिन मैले ।  एकछिन त्यहिं उभिएर बसें, अनि फेरी कराएको आवाज आयो । अनि  मैले एउटा कपाल फूलेको झन्डै ८० नाघेको जस्तो देखिने बुडो जापानीलाई देखें, एउटा खाटमा कराउँदै ढलिरहेको अबस्थामा । त्यहा अरु कोही थिएन  न उनका छोराछोरी थिए, न त कोहि नातागोता नै थिए । यस्तो अबस्था देखेर मलाई लाग्यो ऊनी लामो समयदेखि एक्लो जीवन बिताइरहेको हुनु पर्छ ।
    म ऊनको नजिक गएँ, शरीर धेरै सिथिल देखिन्थ्यो, अनि धेरै बिरामी पनि । ऊ म संग केहि बोल्न खोज्यो तर बोल्न सकिरहेको थिएन । म  आँत्तिएर पानी खुवाउन यताउती पानी खोजें कतै भेटिन मैले । अनि मेरो कोठामा पानी लिन गएँ । फर्केर पानी खुवाउछु भनि ऊनको टाउको उठाउन खोज्छु, ऊनको टाउको अनि पुरै शरीर चिसो पाउँछु  मैले । तरपनि फेरी पानी खुवाउन खोज्छु, मुख आँ  गराउन खोज्छु सक्दिन मैले । अनि नाडी छाम्छु रगत चल्न छाडिसकेको हुन्छ र मरिसकेको पाऊँछु मैले ।
     म आँतिन्छु , मलाई डर लगेर आउँछ । अब के गर्ने? अनि कसलाई खबर गर्ने ? भनेर । किनकि ऊनको साथ न परिवार छ  न छोरा छ न छोरी नै । कहाँ कहाँ नेपालबाट आएको म एक्लो छु उनको साथ । त्यसैले म माथी कुनै दोष लाग्ला भन्ने डर लागेर आउँछ मलाई । अनि ऊनको त्यो अबस्था देखेर म गंभीर हुन्छु, यो  कस्तो चलन हो? की एक्लो जीबन जीउनुपर्ने? आफुले जन्माएको छोराछोरी भएरपनि । अनि के महत्व भो र? आफुले जन्माएको छोराछोरीको? जन्मायो, हुर्कायो, बढायो अनि मर्दा खेरि कोहि न कोहि भनेर ।
    अन्तमा, प्रहरीलाई खबर गर्न मैले जापानी कोठामा हुने emergency रातो बटन दबाएँ । केहि छिनमानै आइपुगे गाड़ी लिएर केहि प्रहरीहरु । अनि मैले सम्पूर्ण घटनाका विवरणहरु  बताईदिएँ उनीहरुलाई । अनि के के कागजहरु बनाएर मृत शरीरलाई जलाऊनको लागि भनेर काठको एउटा बाक्सामा हालेर लगेर जान्छन । जुनबेला न कोही उनका पछिपछि जाने मलामी हुन्छन् , न त कोही  क्रियापुत्र नै हुन्छन  , मात्र एक्लो थियो मृत शरीर, अनि थिए केहि चिन्दैनचिनेका प्रहरीहरू ।

2 comments:

  1. utsu said...
     

    ramro 6 tara ekai chin ma mardo rahe6 manche
    ramrai 6

  2. भावना said...
     

    कथा राम्रो लाग्यो

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture