मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

हिमानी दोलखाका गाउँमा


राजेन्द्र मानन्धर  
दोलखा, मंसिर २ - विकासे योजना बोकेर पूर्वयुवराज्ञी हिमानी शाह अहिले दोलखाको गाउँवस्तीमा छिन् । साताव्यापी कार्यक्रम बनाएर पूर्व राजपरिवार सदस्यसहित आएकी उनले हिमानी ट्रष्टमार्फत सानासाना योजनाका लागि रकम र सामाग्री बाँड्दै हिडेकी छिन् ।
पूर्वयुवराजकुमारी प्रेरणा शाह, शीताष्मा, दीलाशाह राणा र पुजा शाहीसहित बुधबार साँझ आइपुगेकी उनीले बिहीबार दोलखाको तामाकोसी नदिकिनारको वस्तीलाई आकर्षित गर्न पुल बार्न तार जाली वितरण गरिन् । यसअघि भदौ १५ गते सामाजिक कार्यमा सक्रियता देखाउन आएका बेला उनीलाई तामाकोसीबाट नाम्दु गाविसतर्फ बढ्न माओवादीले अबरोध गरेका थिए । त्यसबेला तामाकोसी बजारबासीले अबरोध हटाइ कार्यक्रममा जान बाटो खुलाएपछि प्रभावित भइ हिमानीले सहयोग गर्ने बचन दिएकी थिइन् । उनले त्यहाँ डेढलाख बराबरको तार जाली दिइन् ।
औपचारिक कार्यक्रममा हिमानीले दोलखाबाट हिमानी ट्रष्टको काम थालनी भएको बताइन् । ट्रष्टको दर्ता हुनेवित्तिकै दोलखा आएकी उनीले नाम्दू गाविसभर शिक्षा, खानेपानी र सिंचाईमा सहयोग गर्ने योजना बनाएकी छिन् । नाम्दुको औपचारिक कार्यक्रममा नाम्दू गाउँलाई विशेष प्राथमिकतामा राखेकी उनीले बताइन् ।
भदौमा आएकी बेला पूर्वयुवराज्ञीले दोलखामा आउजाउ बढाउने बताएकी थिएन् । दोलखा तिखातलस्थित उद्योगपतिको निवासमा बसेकी हिमानी साताभर स्थानीय समाजिक संस्थाहरुसंग छलफल र भेटघाटमा विताउने उनीका सहयोगीले बताइन । ती सहयोगीले भनिन, 'हरेक दिनको कार्यक्रम प्रत्येक साँझ तय गरिने छ ।'

ट्रष्टमार्फत तारजाली वितरण कार्यक्रममा पुर्वयुवराज्ञी हिमानी । साथमा पूर्वराजकुमारी प्रेरणालगायत ट्रष्ट पदाधिकारीहरु ।



 

प्रकाशित मिति: २०६७ मंसिर २

साभार श्रोत :ekantipur.com

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan