मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

सानु तिमीलाई

 गजल 

कृष्ण के श्रेष्ठ "काल्स "
के छ र दिउँ प्रिया सानु तिमीलाई
मात्र एउटा दिल वाँकि नानु तिमीलाई

ज्ञानि छौरे जेभनेनी मान्छयौ क्यार
जवर्जस्ति खै कसरि तानु तिमीलाई

साँचेकीछयौ धेरै धेरै मायाका भारिहरु
कोसिस म गरि हेर्छु लानु तिमीलाई

उर्लदो वैश तिम्रो अन्त कतै नडुलाउ
चाहन्छु माया संगै वानु तिमीलाई

तिम्रो र मेरो माया सातजन्म सम्म भए
लाखौमा मेरी माया मानु तिमीलाई

म त "कृष्ण" परें तिमी त खै को को तर
माया हाम्रो बसे राधा ठानु तिमीलाई

2 comments:

  1. वेदनाथ पुलामी (उमेश ) said...
     

    राम्रो माया ! मिठो माया राधा प्रतिको -हाम्रो कृष्ण जी को !

  2. Raju Prajapati said...
     

    ko hun ta tee radha, krishnajee??

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan