मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

ठूली भयौ

 गजल 

कृष्ण के श्रेष्ठ "काल्स"


चर्किएको  मुटुमा नुन र्छर्केर ठूली भयौ
बिनासिती  आफू आफै चर्केर ठूली भयौ

कोमल यो मन खुकुरीको धार ठानी
वोलचाल गर्दा पनि , झर्केर ठूली भयौ

माया गर्छु भनी कसम  खाने तिमीले
मुसलधारे पानीभै पो  धर्केर ठूली भयौ

मिलेको जिऊ अनि अनुहार नशालु ति
बारुली कम्मर पनि मर्केर ठूली भयौ

प्रेममा मस्त "कृष्ण" तिम्रो  मायाजालमा
आँखा जुधाउदा अन्तै तर्केर ठुली भयौ

2 comments:

  1. Raju Prajapati said...
     

    Kasti nisthuri mori rahichhin ta ti, krishnajee.........

  2. Krishna K shrestha"Kals" said...
     

    हो नि राजु जी .....

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture