मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

पर्यटकीय संभावानाको स्थल जटापोखरी र पाँचपोखरी

   नेपाल प्रकृतिको धनि सुन्दताले भरिपूर्ण देश हो। याहाँको मनोरम दृश्यलाई रसपान गर्न चाहानेहरुको संख्या अत्याधिक छ ,उक्त मनोआकांक्षालाई हरपल हाम्रा प्रकृतीले यथेस्ट मात्रमा स्वर्णिम रुपले मनोरञ्जन दिईराखेका छन। यस्तै अदृश्य रुपमा रहेको अत्यन्तै प्रकृतिक सुन्दरताले भरपुर साथै धार्मीक आस्थाको उच्च केन्द्रबिन्दुको रुपमा रहेको दोलखा र रामेछाप जिल्लाको सिमा क्षेत्रमा अवस्थित  जटापोखरी र पाँचपोखरी जुन खिम्ति खोलाको मुहान हो। चिनतिरको उत्तरी हिमश्रृंखलामा छोएको उक्त स्थान समुन्द्रि सतहवाट अन्दाजि ५०००  मी.भन्दा बढिको उचाईमा पर्दछ। दोलखा जिल्लको जिरी बजार देखि पुर्वी उत्तरमा पर्ने उक्त स्थान जिरी देखी पैदलयात्राको दूरीमा रहेको छ।  
     यो स्थान अति नै रमणिय भएतापनी मानिसहरु वर्षमा एक पटकमात्र धार्मिक भावानाले अभिप्रेरीत भएर जाने गरेको पाईन्छ। भनिन्छ याँहा आएपछि  सम्पुर्ण मनोआकांक्षाहरु पुरा हुने जनबिश्वास छ। उत्त स्थानमा खासगरेर भाद्र महिनाको जनैपुर्णीमाको अवसरमा भब्यरुपमा मेला लाग्ने गर्दछ। यस अवसरमा आसपासका क्षेत्र लगायत  काठमाडौ, तराई र अन्य स्थानबाट तिर्थालुहरु,भक्तजनहरु आउने गर्दछन। त्यस अवसरमा प्रकृति प्रेमी देखी लिएर तिर्थालु भक्तजन र धर्मका पाराखीहरुको घुईचो लाग्ने उक्तदिनमा बाटो पाई नसक्नुको लामलस्कर हुन्छ।  


जिरी बजार सम्मको सवारी साधनको यात्रा पछि पैदल यात्रा गर्नु पर्ने यो यात्र मार्गमा प्रसस्त रमनिय स्थानहरु भएकाले यात्रा अलिकति पनि कञ्चित कठीन लाग्दैन। जिरी बाटा उकालो लाग्दै कुथामे डाँडा सम्म र त्याँहा देखी ओरालो झर्दै शिवालय पुगीन्छ। हो यही बाटो हुदै सगरमाथा जाने भएकालेे भएकाले बाटामा बिदेशीहरु संग पनि भेटघाट हुन्छ। यात्र मार्गमा उकाली,ओराली भञ्ज्याङ चौतारीहरु पर्ने कारणले सुस्ताउदै यात्रा बढ्दै शिवालय पुगेको पत्तो नै पाईन्न। त्याँहा देखी ३,४ घन्टाको आरामको हिडाई पश्चात रामेछापको खहरे भन्ने ठाँउमा गएर एक दिनको यात्रा टुंगिन्छ। बासको लागी शेर्पाका ठुलाठुला घरहरु पाईन्छन।
    भोलीपल्ट बिहानीको मीर्मिरे संगै यात्रा सुरु हुन्छ। साथै  मानव बस्तिको समाप्ति हुन्छ। खहरे गाउँ बाटा सुरु भएको यात्रा खिम्ति खोला तर्ने साथै घनघस्याको जस्तो उकालो सुरु हुन्छ। ठाडै नाके उकालो भएपनि सबैजना रमाएका हुन्छन। को बृदा को वयस्क को आईमाई केटाकेटी सबैजना उतीकै प्रफुल्लित मुद्रामा रमाउदै, बिभीन्न भाकामा गाउँदै गुनगुनाउदै ८, १० घटाको अविरल ठाडै उकालो काटेको थाहा नै हुदैन। विभिन्न ठाउँबाट आएका धामी झाँक्रीहरु ग्रुप ग्रुप भएर ढ्यांग्रो, झ्याम्टा बजाउदै नाच्दै रामरौस गर्दै अघि बढ्छन। उकालो काट्ने क्रममा खहरेको छङछङ आवज,कञ्चन पानीको वहाब, हरीयाली आकासैछुने खुडकिलो जस्तो डाँडाकाँडा,डाँफे,मुनाल,कस्तुरी,चौरीगाई र बिभिन्न प्रकारको जिबजन्तुहरु देख्न पाईन्छ। यसरी बाटो काट्ने क्रममा मानीडाँडा भन्ने स्थानमा  पुग्दा एउटा खुड्किलो पारगरेको भान हुन्छ त्याहाँ एउटा भयानक टाहार छ यो पनि प्रकृतीको भयानक उपहार हो किनकी ४००० मि. भन्दा माथि छ र ठुला बोटबिरुवाहरु पाईन्न। मानिसहरु त्याहाँ पुगेर निकै समय सम्म सुस्ताउने गर्दछन,आफुलाई धेरै माथि पुगेको  लाग्नु स्वभाविकै हो।  चारैतिर बाट सुनपाती धुपी र अन्य थुप्रै प्रकारका जडिबुटीहरुको मगमग वास्ना चलिरहेको हुन्छ।
     यात्रा मार्गका छेउछाउतिर चौरीगोठ भने निकै नै पाईन्छन। चौरी छमछम झुप्पे पुच्छर हल्लाउदै , टिनटिन घन्टिको मधुर आवाज निकालेर मस्तसंग चरीरहेका बथानलाई  देख्दा मन त्यसै त्यसै रमाएर आउछ। चौरीको दुधको परिकारवाट बनेका परिकारहरु यथेस्ट मात्रमा पाईन्छ। यात्रिहरुको सुविधालाई ध्यानमा राखेर ठाउँ ठाउँमा अस्थाई होटलहरु पनि पाईन्छन। प्रकृतिको बिशेषता जति माथि गयो उति रुखविरुवाहरु पातालिदै जान्छन र सानाजातका सुनपाति,धुपि, नागवेली पाहाड ,सून्दर पर्वतमाला,उच्च हिमश्रृंखला, , झरनाहरुको आवाज, पशुपंक्षिको मिठास आवाज र पर्वतमालाहरुको दृश्यपान गर्नुका साथै विभिन्न प्रकारका अत्यन्त उपयोगि जडिबुटीहरु जटमसि,कुडकी,पदमचाल,पाँचऔले,सुनपाति,धुपि ,पंमर र भुतकेशर जस्ता अत्यन्त उपयोगी जडिबुटीहरु पनि बाटा वरीपरी प्रसस्त पाईन्छन । यस्ता जडिबुटीहरुको मिठास वास्नाले बाटो नै मगमग बसाएको हुन्छ  सबै तीर्थालुहरु प्राकृतिको चुम्बन अनि रसास्वदन लिदै गोधुलिको आमन  संगै गनत्ब्य स्थानमा पुग्दछन। यसरी त्याहाँ पुगेपछी सबैको मनमा हर्षविभोर हुन्छ सबै खुसिले गदगद हून्छन। रात पर्छ बासको चाँजोपाजो आफु आफुलेनै मिलाउनु पर्ने हुन्छ। कसैले त्रीपालको ब्यवस्था गरेका हुन्छन भने कोहि रात भरी नाचगान गरेर बस्छन त कोही ओढारतिरको आश्रय लिन्छन। यसरी ओडारमा  बस्दा प्राचिनकालको मानव सभ्यतालाई सम्झना दिलाउछ। त्यति माथि हाईटमा उतिकै जाडो हुन्छ र पनि रातभरी बिभीन्न प्रकारका सेलो गाएर नाचिनाची रात काट्नेहरुको पनि कम हुदैन। धामी झाँक्रीहरु जोखना हेर्ने र भविश्य वाणीमा ब्यस्त हुन्छन।

  बिहानीको मिर्मीरेको साथै भक्तालुहरु स्नान गर्छन। भनिन्छ त्याहाँको स्नान पश्चात समपुर्ण पाप नाश हुने, रोग व्याधिहरु नष्ट हुनुका साथै मनोआकांक्षा पुर्ण हुन्छ भन्ने भावानाले अभिप्रेरीत भएरनै त्यो शुन्य विन्दु भन्दा न्युन तापक्रमको पनि वास्ता नगरी स्नानको लागी तँछाड मछाड गर्दै तयार हुन्छन। स्नान पश्चात सबैजना डेढ घटा जतिको उकालो काट्दै पाँचपोखरी परीक्रमाको लागी लाग्दछन। पुगे पश्चात सबै जना पाँचपोखरी महादेवकी जय १ जय ११ भन्दै प्रदक्षिणा गर्दै ,वर माग्ने र मंत्र जप गर्दछन। बिहानीको झुल्के घामको न्यानो संगै पोखरीको उच्च स्थानबाट धेरै ठाँउहरुको मनोरम दृश्यहरु हेर्न सकिन्छ। तल तिर फर्केर हेर्दा टन्न कपासै कपासले पुरै ढाकेको जस्तै बिशाल भुभाग देखिन्छ तर घाम चढदै जाँदा  हराउदै जान्छ  र हरियाली होचा अग्ला नागवेलि पाहाडहरु, खोलानाला, पंतीवद्ध चुरेहरु,तराईका काँठहरु र अन्य रमनिय दृश्यहरु देखिन्छ। त्याहाँको मनोमोहक प्रकृतीमा सबैजना पग्लिन्छन , मुग्ध बन्छन। संसारीक मायानै बिर्सीएर भाबुकबन्दै प्रकृतीसंग लठारीदै जिवन जगतको पुर्ण चित्रण साथै संगितमय लहरमा तरंगीत बन्दछन । प्रकृति संग एकाकर हुदै जिवन र जगतको अध्ययनमा एकाग्र देखिन्छ। भनिन्छ उक्त स्थान बाटा पहिला नभत्किदाको  बेलाको काठमाडौको धरहरा पनि देखिन्थियो रे। यस्तो स्वर्गको स्मरण गर्न सकिने ठाउँमा पुगेर जो कसैले पनि भरपुर आनन्द प्राप्त गर्न सक्छ। विधीको विडंबना के गर्ने मानिसले हार्नै पर्ने त्यस्तो प्रकृतीमय उक्त स्थानबाट हिड्न मन नलाग्दा नलाग्दै पनि त्याहाँ बाटा जटापोखरीको दर्शनको लागी  ओरालो लाग्नु नै पर्छ। जटापोखरीको परिक्रमा पनि पाँचपोखरीको जस्तै रीतीले परीक्रमा गरी पुजा पाठ गरी रुद्री लगाउने चलन छ। पुजापाठ र केहि धार्मीक अनुष्ठान पश्चात फुलपाती ,टिका,प्रसाद,जलका साथै आफुले लगेका भोजन ग्रहण गरी आनन्दका साथ सम्पुर्ण मनोआकांक्षा सिद्ध हुन्छ भन्ने बिश्वासको दियो जगाई त्यहाँको प्राकृतीको मलिन पवन श्पर्स र जडिबुटीको सुवास लिदै प्रकृति संगको सुखद अनुभुति लिदै ओरालो लागीन्छ।
      त्याहाँको हरेक बस्तु देख्दा कस्ले नभन्ला र आहा! कस्तो कञ्चन पानी आहा! कस्तो हावा आहा! कस्तो दृश्य आहा! कस्तो ठाउँ। जो कसैको पनि मन हर्षले सीमापार गरि सकेको  हुन्छ। जो कसैले पनि प्रकृतिप्रतिको असिम दर्शन,प्रेम,आत्मवृतान्त र प्रकृति प्रतिको यर्थात चित्रण गर्ने भरपुर वातावरण प्रदान गर्दछ। मानिसहरु समपुर्ण लोभ,मोह,क्रोध,ईर्श्या,घमड,त्यागेर आफ्नो वास्ताविक जिवनको यथार्तताको दर्शन बोध गराउँदछ। त्यस ठाउँको यात्रा गरेपछि यात्रीलाई सामान्यतय जडिबुटीहरु ,बोटबिरुवाहरु ,जिवजनवारहरु ,पशुपंक्षिहरु, हिमश्रृंखला, पाहाडपर्वत खोलानालाहरुको ज्ञान हुनुका साथसाथै विभिन्न समुदायबाट आएका मानिसहरु संगको भेटघाट र चिनापरिचय हुन्छ।
बेला बेलामा उक्त स्थानमा उधेक लाग्दो घटनाहरु पनि घट्ने गरेको  प्रत्यक्षदर्शीका अनुसार सुन्नमा आईरहेको हुन्छ। जस्तै कहिले काही पोखरीको बिचभागमा भयानक अजिंगर र साथै सुनको दियोमा  बत्ति बलेको देखिनु , बिभिन्न प्रकारका अनौठो आवाजहरु पोखरी वरीपरीवाट सुनिनु र पाँचपोखरीको पानी अदृश्य रुपमा निस्कि जटापोखरीमा पुगेर जम्मा हुनु र निस्कदा दुई मिटर जतिको दुरीमा फरक फरक पोखरीको पानी फरक फरक निस्कनु आदी। यसरी निस्केको  पानी जम्मा भई खिम्ति खोला बन्दछ जुन गोकुल गंगाको नामवाट पनि परिचित छ।
         पाँचपोखरी र जटापोखरीका साथै आसपास क्षेत्रका प्रशस्त अरु पोखरीहरु पनि छन जस्तै बहुलापोखरी, भालेपोखरी, भुतपोखरी, जुम्ल्याहापोखरी, कालोपोखरी, दुधपोखरी जस्ता अन्य धेरै पोखरीहरु पर्यटकहरुको पर्खाईमा बसीरहेको भएतापनि प्रचार प्रसारको  अभावमा त्यसको सौन्दर्य आफैमाहराई राखेको छ। ति सबै पोखरीहरुले बेग्ला बेग्लै महत्व बोकेका छन। यस्ता प्रकृतीको सौन्दर्य वाहक स्थानहरुको हामी सबैले यात्रा गरेर भरपुर आनन्दको आफैमा बर्षात गराउनुको साथै धार्मीक पुन्य कमाउने अवसर प्राप्त गर्नको लागी सबैले सकेसम्म योजना बनाउन सकेमा देशको पर्यटनलाई समेत टेवापुग्ने छ। उक्त स्थान निकै उचाईका रहेको कारण लेक लाग्ने हुन्छ तसर्थ त्याहाँको यात्रा तय गर्नु भन्दा पहिले बासको लागी त्रिपाल, प्रथामिक उपचार औषधिहरु, क्यामारा, न्याना कपडाहरु,कलम डायरी र हल्का खानपीनको लागी बन्दोबस्तो गर्नु निकै राम्रो हुन्छ। यस्तो प्रकृतीको अमुल्य वर पाएर सजिसजाउ उक्त क्षेत्रको यात्रा गरी प्रकृतीप्रतीको वास्ताविकता, गहनता र सुन्दरतालाई नजिकवाट चिन्ने मौका प्राप्ता हुनुको साथै  पर्यटनको बिकासमा योगदान दिन अवश्य सकिन्छ।
स्थानिय स्तरमा यस क्षेत्रको पहिचान धार्मिक आस्थामा मात्र केन्द्रित रहेको पाईन्छ। यसर्थ यसको पहिचान राष्ट्रिय र अर्न्तराष्ट्रिय स्तरमा यसको पहिचान पर्यटकिय उद्धेश्यले गर्न सकियो भने समग्र देशको बिकासमा टेवा पुग्ने कुरामा दुईमत अवश्य हुदैन। स्मरणिय छ उक्त पोखरीबाट जन्म भएको खिम्ति खोलाको पानिलाई सदुपयोग गरी हिमाल पावर लिमिटेडले खिम्ति जलविद्युत गृहको स्थापना गरेको छ। जसबाट दोलखा र रामेछाप जिल्लाका हजारौ जनताको चौतर्फि बिकास हुनुको साथै राष्ट्रिय बिद्युत क्षेत्रको बिकासमा टेवा दिएको छ।

–सुर्य वहादुर कार्की 
www.dolkha.com

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan