मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

झुन्डेर मर्छु भन्छे

गजल

कृष्ण के श्रेष्ठ "काल्स"


मै संगपो बिहे गर्छु भन्छे किन होला
हैन भने झुन्डेर मर्छु भन्छे किन होला 

नभएनी यो आगनीमा प्रेमरुपी दुबोहरु
रमाईरमाई वरिपरी चर्छु भन्छे किन होला 

अप्सरा सुहाउन्न म संग भन्दा पनि
मेरै मनमा डेरा सर्छु भन्छे किन होला

माया यो भेल हो बगाएर लग्ला भनि
सम्झाउँदानी एकलै तर्छु भन्छे किन होला

जेगरेनी उनीलाई ज्याइकुटी नपारेमा
अपहरण गरेरनी हर्छु भन्छे किन होला

6 comments:

  1. bimalbibhor said...
     

    wah wah wah krishna ji..........sachhaiko krishna ji. tapaiko lagi jhundera macrchhu bhannu nai tapaiko krishna lila ho....wah wah wah.....

  2. Sanchita said...
     

    Krishna jee sachchaiko krishna hunu bho ta, kaliyug ko krishna.....verynice poem.. thankx

  3. Aakar said...
     

    एकदमै कडा खालको माया बसे छ !!!
    :P

  4. kkskals said...
     

    this is only a creation not in real life.

  5. Dilip Acharya said...
     

    आकार जीले भने जस्तै कडा मात्रै हैन, जबर्जस्ती वाला प्रेम जस्तो छ यो त :)

  6. Krishna said...
     

    साचै कडा खालको प्रेम जस्तै छ , जहाँ
    झुन्डिएर मर्ने सम्मको त्याग भनौ या धम्कि पनि छ र अन्तमा अपहरण को धम्कि पनि भएकोले यो नितान्त गाढा प्रेमको गजल भन्दा फरक नपर्ला अझ भन्नु पर्दा यो बिशेष गरि प्रेमिकाहरुको भावना संग बढी मेल खान्छ होला

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan