मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

नेपालको स्विजरल्याण्ड

        "नेपालको स्विजरल्याण्ड"(अर्थात् स्विजरल्याण्डको जुरिच) भनेर चिनिने जिरी समुन्द्री सतहको १९०५ मिटर उचाइ माथि  दोलखा जिल्लामा अबस्थित छ  । यहाँ जान काठमाडौँ बाट काठमाडौँ -जिरी राजमार्ग हुदै १८४ किलोमिटरको यात्रा गरेपछी पुगिन्छ, झन्डै ६-८ घन्टाको लामो यात्रा गरेर  ।
जिरी बजार
        जिरीलाई  चारैतिर बाट सुन्दर वनजंगल अनि पहाडले घेरिएको ले जिरी पर्यटकीय स्थलको रुपमा परिचित छ  । यहाँ प्राय: पुष, माघमहिनामा हिउ पर्ने गर्दछ जुनबेला हिउमा खेल्ने हिउप्रेमिहरू  भिड लाग्ने गर्दछ  ।
        जिरी को अर्थ जिरेल भाषामा जि भनेको  बाघ र री भनेको जंगल भन्ने बुझिन्छ  । त्यसैले केहि बर्ष पहिले सम्म पनि त्यहाका जंगलमा धेरै बाघ थिए भनेर जिरीका बुढापाकाहरु बताउछन । तर मानव बस्तिको बिकास संगै जंगलको विनास हुदै यहाका बन्यजन्तुहरु पनि लोप भैसकेका छन ।
        जिरीमा बिशेष गरि जिरेल जातिको बसोबास धेरै रहेको पाइन्छ । जिरेल भन्ने जात पनि जिरी कै नाम बाट रहेको किम्बदन्ती पनि रहीआएको छ  ।  यहाँ जिरेल जाति बाहेकका पनि  ब्राह्मण , क्षत्री , शेर्पा, नेवार आदि जातिको बसोबास पनि दिनानुदिन  बढ्दै आइरहेको छ  ।
       यहाँ नेपालको  प्रख्यात, जिरी प्राबिधिक शिक्षालय हुनु पनि जिरीको बिकासमा महत्वोपूर्ण कारण बन्न पुगेको छ   । यस  प्राबिधिक शिक्षालयमा नेपालका धेरै ठाउँहरुबाट पढ्न आउने बिध्यार्थीहरुको संख्या धेरै रहेको छ यहाँ Overseer , ANM ,JTA जस्ता बिषयको अध्ययन गर्न सकिन्छ  ।
     जिरी यो कारणले पनि पर्यटकीय स्थल बन्न पुगेको छ की, सगरमाथा जानकोलागि यो पनि प्रमुख  बाटोको रुपमा प्रयोग गरिदै आएको छ   ।   त्यसैले जिरिलाई "सगरमाथाको प्रबेसद्वार" पनि भनेर चिनिन्छ  ।  त्यसो त सगरमाथा चढ्ने पहिलो व्यक्ति तेनजिंग  नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक  सर एडमण्ड हिलारी पनि यहि जिरीको बाटो भएर सगरमाथाको सिरमा पाइला टेक्न सफल भएका थिए  ।  सगरमाथाको बेस क्याम्प नाम्चे बजार पनि यहाको अर्को महत्वपूर्ण ठाउको रुपमा पनि रही आएकोछ  ।  अर्को तर्फ जिरी बिदेशी र नेपालीहरुको  छुर्पी र चिज किन्ने स्थल को लागि पनि प्रख्यात ठाउकोरुपमा चिनिदै आएको छ  ।  त्यसैले यदि जिरी जानु भयो भने जिरीको छुर्पी र चीज को स्वाद लिन भने नबिर्सनुहोला । 

जिरीमा पाइने चीज 
सन्दर्भ, फोटो स्रोत :विकिपीडिया, DOLKHA, INTRODUCING. Proud to Be Dolkhali

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan