
माफ गर
कृष्ण के श्रेष्ठ "काल्स "
हिलोमा कोमल वनि फूलेँ म माफ गर
निस्वार्थ तिमीसंग भुलेँ म माफ गर
कठोर तिम्रो मन, पगाल्न खोजिकन
पानीमा मैन भएर घुलेँ म माफ गर
मायाका अनगिन्ति उपहार सुम्पिएर
कञ्जुस्याइँ नगरी खुलेँ म माफ गर
चोखो माया पाउन माहुरीलेझैं चाहारेर
तिम्रो मनको बारीमा डुलेँ म माफ गर
नकार्दा नकार्दानी माया साटासाट गर्न
जबर्जस्ति मनभित्र हूलें म माफ गर
0 comments:
Post a Comment