मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

अधुरो प्रेम

 कथा          
-श्रेष्ठ सत्य
दोलखा, नेपाल
हाल, बेलायत

       फेसबुकको नशाले आजकाल नराम्ररी च्यापेको छ । त्यसैले त कलेज र काममा जाने समय बाहेक अधिकांश मेरा समयहरु यसैमा बित्ने गर्दछन् । फेसबुकमा साथीहरुको संख्या बढि नै रहेको छ भने धेरै पुराना साथीहरु फेरि पनि संचारमा आउने गरेका छन् र नयाँ साथीहरु बन्ने क्रम पनि जारी नै छ ।

एक दिन अचानक मेरो फेसबुकमा एक अपरिचित व्यक्तिको मलाई साथी बन्नका लागि अनुरोध आएको थियो । उसलाई साथी स्वीकार गर्ने कि नगर्ने भन्नका लागि मैले उसको र मेरो साझा साथीहरु हेरें । मसँगै पढ्ने साथी खुशी लगायत अन्य ३ जना मसँगै पढ्ने साथीहरु देखेपछि मैले उनी पनि उनीहरु मध्यैकै कोही साथी होला भनेर उनलाई साथी स्वीकारेको थिएँ । उनको नाम थियो - तृष्णा दिवानी र उनको प्रोफाइल पिक्चर भने कुनै चाइनिज केटीको जस्तो देखिन्थ्यो । हाम्रो कलेज त्यस बेला जाडो बिदा भएकोले मैले उनको बारेमा मेरा ती साथीहरुसँग केही सोध्न सकिनँ । साथै कक्षामा उनीहरुसँग मेरो हेलो हाइ को सामान्य औपचारिक संचार मात्र हुने भएकोले पनि उनीहरुको अन्य कुनै सर्म्पर्क फोन नं आदि केही पनि थिएन । मैले तृष्णालाई उनको फेसबुकको इनबक्समा म्यासेज पठाएर सोधेको थिएँ - "के तिमी मलाई चिन्छ्यौ या म तिमीलाई चिन्छु -"
"म फेसबुकमा नयाँ हुँ र मैले नयाँ साथीहरु खोज्ने क्रममा तिमीहरुलाई एड गरेकी हुँ । मन छैन भने मलाई हटाइ दिए हुन्छ ।" उनको उत्तर थियो यो ।
उनले आफ्नो स्टाटसमा त्यसबेला एक प्रश्न लेखेकी थिई ।
"मानिसहरु प्रेमजालमा किन फँस्छन् -"

"किनकी उनीहरुलाई प्रेममा परेपछि त्यसबाट उम्किने बाटो थाहा छैन ।" मैले उनको स्टाटस मुनि कमेण्ट गरिदिएको थिएँ ।
त्यसपछि अन्य चिनेका साथीहरुसँग जस्तै तृष्णासँग पनि फेसबुकको भित्तामा कमेण्टको दोहोरी चलिरह्यो र यो क्रम सामान्य नै बन्दै गयो ।
ज्ााडो बिदा सकिने बित्तिकै मैले कक्षामा तुलनात्मक रुपले अलिक बढी कुराकानी हुने खुशीसँग तृष्णाको बारे सोध्न खोज्दै थिएँ । त्यस भन्दा पहिले खुशीले नै मसँग आएर सोधी - "कृष्ण तिमी तृष्णालाई चिन्छौ - "
"होइन, म त चिन्दिन, मैले तिमीहरुलाई उनको साझा साथीहरुमा देखेर मात्र एड गरेको हुँ ।" मैले यथार्थ बताइदिएँ ।
"तिमी नढाँट त मसँग, तिमीहरु एक अर्काको वालमा खुबै कमेण्ट गरिरहेका हुन्छौ अनि मलाई चाहिं चिन्दिन भन्छौ -" खुशी अलि र्झकंदै लाइब्रेरीतिर दगुरेकी थिई ।

खुशी, मसँगै एउटै कक्षामा पढ्ने गुजराती केटी थिई । कक्षा संचालनको शुरुका दिनदेखि नै प्राय कक्षाको अन्तिम सीटमा बस्ने उनी धेरै साथीहरुसँग बोलचाल गर्न रुचाउँदैन थिई । उनी तिनताका भारतको गुजरातबाट अध्ययनका लागी भर्खरै बेलायत आएकी थिई । उनी त्यस्तै बाइस, तेइस वर्षी मात्र भए पनि अस्वाभाविक रुपमै बढी गम्भीर र उदास देखिन्थी । कक्षा शुरु भएको दोश्रो हप्तामा एक दिन उनी आफैं मसँग बोल्न आएकी थिई - "त्रि्रो नाम कृष्ण होइन - मलाई यो नाम अत्यन्तै प्रिय लाग्छ, किन थाहा छ - म भगवान कृष्णलाई अत्यन्तै प्रेम गर्छर्ुु "
"ओहो यो जमानामा पनि, यो उमेरमै तिमी यत्रो धार्मिक - त्रि्रो नाम खुशी पनि सार्‍है राम्रो तर नामको ठिक उल्टो तिमी सधैं उदास र दुखी देखिन्छ्यौ । त्यसैले म तिमीलाई खुशी भन्दिन दुखी नै भन्छु है त -" मैले उनलाई जिस्काएको थिएँ ।
"कृष्णले जे भने पनि म रिसाउँदिन ।" उनी हाँस्ने प्रयास गर्दै बोलेकी थिई ।

त्यसदिन पछि म उनलाई सधै "दुखी" नै भनेर सम्बोधन गर्थे भने उनी बिस्तारै मसँग राम्रै बोल्न थालेकी थिई । त्यस दिन बेलुकी उनले मलाई कहाँबाट हो फेसबुकमा खोजेर साथीको अनुरोध पठाएकी थिई । त्यसपछि भने फेसबुकमा उनीसँग दिनहुँ दोहोरो कमेण्ट हुन्थ्यो । उनी फेसबुकमा च्याट गर्न रुचाउँदिनथी तर सबैले देख्ने गरी कमेण्टमै सबै कुरा गर्थी । कमेण्टमा भने खुशी दुखी नभई आफू अत्यन्तै खुशी नै देखाउँथी । सधैं रमाइलो विषयहरु उठान गर्थी । हरेक पटक ठट्याइलो र रमाइलो कमेण्ट गर्थी । त्यसो त लाग्थ्यो उनी चौबिसै घण्टा फेसबुकमा झुण्डिरहेकी छे जस्तो ।

एकदिन मैले उनको फेसबुकको भित्तामा उनलाई सोधेको थिएँ - "दुखी, तिमी चौबिसै घण्टा फेसबुकमा बसे बापत तिमीलाई फेसबुकले कति कमिसन दिन्छ - "
"त्यसो होइन, फेसबुकमा राम्रो टाइमपास हुन्छ, त्यसैले । " उनले मेरो प्रश्नको मुनि कमेण्ट गरी ।
"टाइम पास की टाइम वेष्ट -" मैले उनको कमेण्टको मुनि सोधें ।
"यो प्रश्नको बारे म सचेत थिइनँ तर तिमीले सही प्रश्न सोध्यौ, यो टाइम वेष्ट नै हो । हामीले त पढ्नर्ुपर्छ ।" यति लेखेपछि उनी निकै लामो समय फेसबुकमा देखा परिनन् । कक्षामा पनि औपचारिक हेलो हाइ मै हाम्रो कुरा सीमित रह्यो र यस्तैमा जाडो बिदा शुरु भएको थियो । जेहोस् उनी मेरो कक्षाको साथी भन्दा पनि फेसबुकको साथी बढी थिई तर उनी फेसबुकबाट टाढा रहन थाले पछि हामीबीच त्यति संचार हुन सकेन । त्यसैले पनि खुशीसँग तृष्णाको बारेमा पहिले नै कुरा हुन सकेन । त्यसबीचमा तृष्णा भने मेरो राम्रो फेसबुक साथी बनिसकेकी थिई ।
हो, खुशीसँग परिचय भएको दुइ, तीन हप्ता जति सम्म हाम्रो राम्रै कुराकानी हुन्थ्यो तर चौथो हप्तातिर होला एकदिन उनी मसँग आएर भनी - "कृष्ण, यी हाम्रा साथीहरु आफ्नो देश छाडेर यहाँ आए पनि यिनीहरुको आफ्नो देशकै जस्तो सोच्ने मानसिकतामा कति पनि परिवर्तन ल्याउन सकेका छैनन् । यिनीहरु त तिमी र मेरो बारेमा कुरा काट्न थालेका छन् । अब मैले तिमीसँग बोल्नै भएन ।"
"दुखी, यिनीहरुलाई कुरा काट्न देऊ न त, यसले हामीलाई के फरक पर्छ र - आखिर हामीबीच त्यस्तो के नै छ र -" मैले मजाक गर्दै भनेको थिएँ ।
"तिमीलाई फरक पर्दैन होला तर मलाई त फरक पर्छ ।" उनी गम्भीर तवरले बोल्दै आफ्नो सीटतिर कुदेकी थिई । त्यसपछि उनी मबाट तर्केरै हिंड्न थाली । तर जाडो बिदा पछि भने उनी आफैं मसँग आएर कक्षामा तृष्णाको बारेमा सोधेकी थिई ।

जाडो बिदा पछि कक्षा शुरु भए सँगै खुशी पूनः फेसबुकमा देखा पर्न थाली तर पहिलेको जस्तो निरन्तर लामो समय होइन की कहिले काहीं, आक्कल झुक्कल मात्र । हामीबीच छिटपुट कमेण्टको छोटो छोटो दोहोरी चल्न थालेको थियो र हाम्रो कमेण्टसँगै अब तृष्णाको कमेण्ट पनि थपिने गर्न थालेको थियो । तृष्णा विशेषतः खुशीकै कमेण्ट र स्टाटसमा नै बढी कमेण्ट गरिरहन थालेको थियो । कहिलेकाहीं खुशी देखा परिन भने तृष्णा मलाई इनबक्समा म्यासेज पठाएर सोध्थी - "हाम्रो तेश्रो साथी खोइ त -"
"उनी प्राय फेसबुकबाट लुकेरै बस्न रुचाउँछे ।" म तृष्णालाई सधैं यही जवाफ लेखेर पठाउने गर्थें ।
"तिमीले लुकेर बस्छ भन्ने गरेको शब्दावली मलाई असाध्यै मनपर्छ ।" उताबाट तृष्णाको अर्को सन्देश आउँथ्यो मेरो इनबक्समा ।

खुशीको फेसबुकमा पुनरागमनसँगै तृष्णाको फेसबुकमा आगमनको क्रममा पनि स्पष्ट रुपमै परिवर्तन देखें । अब उनी खुशीले कमेण्ट गरे मात्र गर्ने, खुशीको स्टाटसमा मात्र प्रतिक्रिया दिने अनि  खुशी अनलाइन देखिने बित्तिकै मात्र अनलाइन आउने गर्न थालेकी थिई ।
त्यस्तैमा उनले एकदिन मलाई फेसबुकको इनबक्समा म्यासेज पठाएकी थिई - "त्रि्रो साथी खुशी मलाई सार्‍है मज्जाको लाग्यो, निर्दोष र सफा हृदयकी ।"
"मेरा सबै साथीहरु त्यस्तै छन् ।" मैले तृष्णालाई जवाफ पठाएको थिएँ ।
"तिमी नाटकको लागी राम्रो संवाद लेख्न सक्छौ, तिमी स्त्रिmप्ट राइटर हुन गए हुन्छ, कृष्ण ।" उनले यस्तो प्रतिक्रिया पठाएकी थिई ।
जेहोस् तृष्णाको विशेष रुचि र लगाव खुशीतिरै रहेको मैले स्पष्ट अनुमान गर्न थालेको थिएँ ।

फेसबुकमा राम्रै संचार हुने भए पनि खुशी र मेरो सम्बन्ध कक्षामा भने अन्जान र अजनवी व्यक्तिसँगको जस्तो थियो । हामी कहिलेकाहीं झुक्किएर आमनेसामने भए मात्र खिस्स हाँस्ने र "हाइ" भन्ने गथ्र्यौ नत्र त बोलचाल खासै हुँदैनथ्यो । एक दिन पूनः कक्षामा खुशील्ो मेरो नजिकै आएर सोधेकी थिई - "कृष्ण, पक्का भन त तिमीलाई तृष्णाको बारेमा केही थाहा छैन भनेर ।"
"मलाई उसको बारे केही थाहा छैन, तिमीहरुलाई साझा साथी देखेर मात्र मैले उसलाई एड गरेको हुँ, मलाई विश्वास गर, दुखी ।" मैले खुशीलाई आश्वस्त पारेको थिएँ ।
"उसले मलाई दिनको १०, १२ वटा म्यासेज पठाएर हैरान गर्छ । आज त मैले पनि उसलाई उसको बारेमा धेरै प्रश्नहरु सोधेर पठाएँ । उसले पनि सबैको उत्तर लेखेर पठायो र अन्त्यमा मलाई लेखेको थियो की अझै तिमीलाई केही सोध्नु छ की भनेर, कस्तो मान्छे होला त्यो -" खुशीले मलाई थप बताएकी थिई ।
"दुखी, तिमीलाई यस्तो लाग्दैन की तृष्णा केटा हुनर्ुपर्छ कि भनेर ।" मैल्ो तृष्णाको बारे एक गम्भीर प्रश्न तेर्स्याएको थिएँ ।
"मलाई पनि कहिलेकाहीं त्यस्तै लाग्छ, कृष्ण तर उसले कतै शंका गर्ने ठाउँ नै छाडेको छैन । प्रोफाइल पिक्चर पनि केटीकै छ । अनि मैले सोधेको सबैजसो प्रश्नहरुको जवाफ केटीहरुले दिने खालकै आउँछ ।" खुशील्ो आफ्नो अन्यौल मानसिकता दर्शाई ।
"फेसबुकबाटै धेरै अनपेक्षित दर्ुघटनाहरु पनि घटेका छन् । तिमी सदैव सावधान रहनु, दुखी । " मैले उनलाई र्सतर्क गराएको थिएँ ।

दुइ हप्ता जति खुशी फेसबुकबाट हर्राई र कक्षामा पनि देखा परिनन् । त्यस बीचमा तृष्णाले बारम्बार फेसबुकमार्फ मलाई खुशीको बारेमा सोधि नै रह्यो ।

खुशी हराएको दुइ हप्ता पछि एक दिन मैले फेसबुक खोल्दा खुशीको रिलेशनसीप अवस्था सिंगलबाट विवाहितमा परिवर्तन भएको थियो । भने उनको स्टाटसमा "विवाह रमाइलो भयो, विस्तारै मनस्थिति सामान्यतर्फ......" भनेर लेखिएको थियो । मैले उनको स्टाटसमुनि "बधाइ तथा वैवाहिक जीवनको सफलताको कामना" भन्ने कमेण्ट छाडेको थिएँ । एकछिन पछि तृष्णाको कमेण्ट थपियो - "हे खुशी त्रि्रो साँच्चै विवाह भएको हो की क्या हो - "
"हो, दुखीको अब सुखका दिनहरु आए................ "मैले लेखें ।
"सँँाच्चै तिमी खुशीलाई किन दुखी भन्छौ, कृष्ण -" तृष्णाले लेखी ।
"खुशीलाई मैले दुखी भनेको तिमीलाई मनपर्दैन भने म भन्दिन है ...." मैले उसको राय बुझ्न खेाजें ।
"यो खुशी र तिमी बीचको कुरा हो खुशीलाई केही आपत्ति छैन भने मलाई केही फरक पर्दैन ।" तृष्णाले लेखी ।
"वाह्, तिमी त खुबै दुखीको भक्त देखियौ त -" मैले व्यंग्य गरें ।
"त्यस्तो केही होइन, कृष्ण, तिमी कुरा नमोड ।" तृष्णाले लेखी ।
"अब, दुखीकै प्रतिक्रिया कुरौं त्यसको भए...." मैले लेखें ।
"हे मलाई खुशी, दुखी जे भने पनि ठिक छ, यस्तो कुरामा म कहिल्यै ध्यान दिन्न ।" अचानक पुछारमा खुशीको कमेण्ट देखा पर्‍यो ।
"मेरी राधा तिमीले आफ्नो कृष्णलाई माया मारी कोसँग विवाह गर्‍यौ -" तृष्णाले अचानक खुशीको वालमा यो प्रश्न गरेको देखापर्‍यो मेरो फेसबुकको होमपेजमा ।
"तिमी को हौ - तिमीले के भन्न खोजेको -" खुशीले तृष्णाको यो वालपोष्ट मुनि कमेण्ट गरी ।
"तिमीले आफ्नो इनबक्स चेक गर ......" तृष्णाको कमेण्ट थियो यो, खुशीको लागी ।
राधा, कृष्ण, इनबक्स....... म त केही बुझ्नै सकिरहेको थिइनँ । र चुपचाप उनीहरुको कमेण्ट हेरिरहें ।
मैले आफ्नो फेसबुक पेज रिफ्रेश गरिरहें । एकक्षण दुवै तिरबाट कमेण्ट लेख्ने क्रम रोकियो । केही छिनपछि खुशीको स्टाटस परिवर्तन भयो - "मेरो कृष्ण, मैले तिमीलाई चिने, मानिसहरु आफ्नो वास्तविक परिचय कसरी लुकाएर बस्न सक्दा रहेछन् - "
"----------" मैले उनको यो नयँा स्टाटस मुनि प्रश्न चिन्हको ओइरो लगाएँ ।
खुशील्ो मलाई लेखी - "यो म र तृष्णाबीचको कुरा हो, तिमीलाई यसबारे केही पनि थाहा छैन । "
"यो राधा र कृष्णबीचको कुरा हो, मेरो साथी कृष्ण तर यो कृष्ण तिमी होइनौं म हुँ...........हा हा.. " तृष्णाले पनि मलाई केही बताई ।
"तृष्णा, तिमी कृष्ण भए राधा चाहिं को हो नि -" मैले सोधें
"मेरो वास्तविक नाम कृष्ण हो, तृष्णा होइन, म केटा हुँ मलाई माफ गर । खुशी मेरी राधा हुन् । हाम्रो प्रेमकथा धेरै लामो र पुरानो छ । कृष्ण, मलाई माफ गर मैले खुशीलाई पूनःपाउनका लागि यो सबै गर्नुपर्‍यो । " आफूलाई कृष्ण बताउने तृष्णाको स्पष्टिकरण आयो ।
म के पो लेख्न खोज्दै थिएँ, खुशीको स्टाटस पूनः फेरियो "कृष्ण, त्रि्री राधा अर्कैकी भइ सकी । तिमी भारतबाट बेलायत समयमै आए पनि मलाई चिनाउन ढिला गर्‍यौ । त्यसैले तिमीले आफ्नी राधालाई गुमायौ ।"

त्यस्तैमा तृष्णा उर्फकृष्णको नयाँ स्टाटस देखियो - "केटीहरु किन यति धेरै स्वार्थी हुन्छन् - "
त्यस मुनि खुशील्ो लेखी , "मैले कुन अवस्थामा किन, कसरी विवाह गर्न पुगें यो तिमीले बुझ्ने छैनौं, कृष्ण । पुरुषहरु किन नारीको समस्या र बाध्यताहरु कहिल्यै बुझ्न चाहँदैनन्, कृष्ण -"
"न्ाारीकै समस्या बुझ्दा बुझ्दै त पुरुषहरुको जीवन मरुभूमि बनेको छ नि, मेरै जीवनलाई हेर न तिमी ...... "तृष्णा उर्फकृष्णको कमेण्ट थियो यो ।
म खुशीको प्रतिक्रिया कर्ुर्दै थिएँ, त्यस्तैमा खुशीको नयाँ स्टाटस देखा पर्‍यो - "मेरो आँखा आँसुले भरिएको छ, म कसरी देखाउँ, तिमीलाई - तिमीले मलाई जीवनभर आँसुमा डुबायौ, कृष्ण । "
म यसमाथि तृष्णा उर्फकृष्णको कमेण्टको प्रतिक्षा गर्दै थिएँ तुरुन्तै खुशीको स्टाटस पूनः फेरियो
"अब यो जीवन बाँच्न कठिन छ, म कसरी सक्छु बाँच्न, बरु तिमी बेलायत नआएकेा भए ................।"
खुशीकेा यो स्टाटसले मेरो मुटुमा नराम्ररी घोच्यो र मैले तुरुन्तै कमेण्ट गरें - "तिमी धेरै भावुक भयौ, दुखी, आफूलाई सम्हाल ।"
त्यस मुनि तृष्णा उर्फकृष्णको कमेण्ट थप्पियो - "खुशी धेरै भावुक छे त्यसैले पनि मलाई डर लाग्छ ।"
"सहन सक्दिन, कृष्ण यो भन्दा बढी, सहन सक्दिन म अब..."
खुशीको नयाँ र अन्तिम स्टाटस थियो त्यो रातको त्यो ।
रात निकै गइ सके पनि खुशी र तृष्णा उर्फकृष्णका एक एक कमेण्ट र स्टाटसहरु मेरो मानसपटमा घुमिरह्यो । उनीहरुबीचको भूतबारे जान्ने अनौठौ कौतुहलताले मेरो हृदय विचलित भइरह्यो ।

त्यस रातको हामी तीन बीचको फेसबुकको तेहोरो संचार पछि वास्तवमै हामीबीच कुनै पनि प्रत्यक्ष संचार हुन सकेन । त्यस दिन पछि खुशी न त फेसबुकमा उदाई न त कलेज नै आई । तृष्णा उर्फकृष्ण पनि खुशीको पलायनसँगै फेसबुकमा आउन छाड्यो ।

यसको एक महिना जतिपछि मैले फेसबुक खोल्दा एक दिन अचानक मेरो फेसबुकको होम पेजमा खुशीको स्टाटस परिवर्तन भएको थियो । मैले र धेरै साथीहरुले त्यसमा अनेक कमेण्ट गर्दा पनि खुशीको कुनै पनि प्रतिक्रिया आएन ।
महिनौं बितिसकेको छ तर अझै पनि फेसबुकमा खुशीको उही स्टाटस देखिन्छ, जहाँ उनले लेखेकी छिन् - " हे भगवान, आज अन्तिम दिन ......................."
तृष्णा उर्फ कृष्णले भने शायद आफ्नो फेसबुक पेज निष्क्रिय  पारेकैले होला उसको प्रोफाइल पेज मैले अनेक गरेर खोज्दा पनि आजकाल पाउन सकिरहेको छैन ।


 - समाप्त-

3 comments:

  1. Sanchita said...
     

    very good piece of work, thank u for posting.

  2. Ushma said...
     

    Amazing Story, but bit bitter at the end.

  3. kkskals said...
     

    thank you for comments

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture