मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

चिल्लो गाडी थियो र मन परायौ

 गजल 
कृष्ण के श्रेष्ठ "काल्स "
 
 
 
 
 
 
 
चिल्लो गाडी थियो र मन परायौ
सुनैको मारवाडी थियो र मन परायौ 
 
लाखौ पैसा पर्ने एक लम्बरी राम्रो
बनारसी साडी थियो र मन परायौ 
 
भोक लाग्दा खेरि पकाउने मेरो त्यो
मोतिभुट्ने हाँडी थियो र मन परायौ 
 
पैसाकै ओछ्यान पैसाकै सिरक अनि 
पैसाकै राडी थियो र मन परायौ 
 
धनि हरु मध्ये सबभन्दा नेपालमा
 नाम  अघाडी थियो र मन परायौ 
 
अनुरोध  !!
यो एउटा भावना मात्र हो यसलाई अन्यथा नलिनुहोला, यो मात्र अहिलेको बास्तविकतालाई देखाउने कोसिस मात्र गरेको छु कृपया क्षमा गरिदिनुहोला

3 comments:

  1. Rabindra said...
     

    लेखेर पनि क्षमा माग्ने त कृष्ण जी ! गजलमा यसरी वास्तविकता सजाउने क्षमता हुँदा त गर्व पो गर्नु पर्छ । सलाम!

  2. Bed Nath Pulami said...
     

    कृष्ण जी रामो !भाव, रिजाल जी ले भन्नु भए जस्तो क्षमा माग्नु पर्ने कुरा त म पनि देख्दिन !

    गजलको अलिकति कुरा गर्न मन लाग्यो ( हुन् त म त्यति जानकार भएको गजल कार त होइन ) यहाँ तपाइँ ले प्रयोग गर्नु भएको कफियाको बारेमा अलि विचार गर्नु पर्छ कि जस्तो लाग्यो .... काफिया अलिक यस्तो तरिकाले प्रयोग गरेको त्यति मैले भेट्या छुइन (सायदै यो जायज नै होला - तर मैले जान्या अनुसार भन्न खोजेको )
    जस्तो मारवाडी,साडी जस्ता शब्द यानी कतै ४ अक्षर को कतै २ अक्षर को काफिया भन्न खोज्या हु ! मेरो अनुभब मा काफिया बराबर अक्षरको भए बढ्नु को मज्जा नै अलिक अर्कै पाइन्छ !
    धन्यबाद कृष्ण जी !

  3. mahesh said...
     

    very nice gajal. tara chhyama magne karan ta ma dekhina.

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan