मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

कथा - राधेरामको विगत र वर्तमान

अनिता श्रेष्ठ “अर्पिता’
राधेरामको आफनो छोरा छोरीको पारा देख्दा यति रिस उठ्छ कि भनेर साध्य नै छैन् । आफू त सानोमा खोले मात्र खाएरु नांगै खुटामा पाठशाला गएर पढेको तर छोरा छोरी भने विहान देखि स्याण्डविस, केक खुवाउँदा पनि उल्टो पिजाको माग गरेको देखेर दिक्क लाग्छ । आफुले त सानोमा भात र मासु खान पनि दशै आउनुपर्दथ्यो नयाँ लुगा त पाँच वर्षको एकचोटि फेर्न पाइन्थ्यो । लुगा मैलो कालो जताततै प्वाल र लाज ढाक्न पनि गाहो हुन्थ्यो । पाठशाला जान पनि ३ घण्टा हिडेर जानु पर्दथ्यो तर छोरा छोरीलाई भने घर अगाडी गाडी आएर लगेता पनि कस्तो गाहो समय नै नपुग्ने भनेपछि एकैचोटि रिसले मुरमुरिएर श्रीमति, छोरा र छोरीलाई ठूलो स्वरले गाली गर्दथ्यो । तीनजना एकपक्ष भएर एकै स्वरमा कराउँथ्यो “कस्तो कन्जरभेटिभ हाउ व्याड इज आवर डयाड“
राधेराम कार्यालयको उपसचिव भएता पनि सिम्पल लुगामा नै अफिस जान्थ्यो । अनि विगतमा आफू गोठमा सुतेर वति थिएन आगो वालेर पढ्दा टोपी जलेको र किताव पनि जलेको कहानी मनमा रहिरहेकोले हाइफाइ गर्न नै मन लाग्दैन्थ्यो भने उ वोर्डिगंमा छोराछोरीको कार्यक्रममा जाँदा माइ डयाड् इज कमिगं विथ पाखे भन्दा राधेरामलाई सहि नसक्नुको हुन्थ्यो । श्रीमति संग पार्टीमा जाँदा पनि सालीहरुले होइन भिनाजु अलिकति त परिवर्तन भएर दिदिको चित पनि वुझाउनु पर्यो नि कस्तो कन्जरभेटिभ भिनाजु यसो डिस्कोमा जाउँ भन्दा पनि नमान्ने कस्तो ...............
उ पुर्पुर्रामा हात राखेर सोच्थे जिन्दगी के हो के छक्क पर्दथे त्यही भएर दारी पनि कहिले काट्दैनथ्यो । श्रीमतिले दारी काट भन्दा भन्दा कहिले काट्दैन्थ्यो । यसरी वषौ देखि राधेराम हाइ स्ट्याण्डर घरमा गाडी सहित वसेता पनि उन्को मन कहिले खुशीका साथ रमाउन सकेन आफुले कम्प्युटर चलाउन थालेको भर्खर २ वर्ष भयो। दिसा पुछ्न नजान्ने छोराले ल्यावटपको माग गरेको देख्दा उन्को शीर देखि तातिएर आउँथ्यो ।
उ उपसचिव भएता पनि श्रीमति छोरा र छोरीहरुले चाहेको जति पैंसा कमाउन नसक्ने थियो । शुद्ध कमाईको कारणले पैंसा प्रयाप्त भने हुँदैन्थ्यो ।अनि श्रीमति फलाक्न थाल्थे फलानाले यति कमायो डिस्कानाले यति कमायो । त्यसमा पनि उ सोझो भएको देख्दा कहिले काँही त मरौ मरौ जस्तो पनि लाग्दथ्यो ।
उन्को श्रीमति आफनो साथी संगिनी र नाताहरु भने हुरुक्क हुन्थयो भने घरपरिवार नातागोता सँग भने जहिले पनि रिसाएको व्यवाहार देख्दा राधेराम मर्नु न वाँच्नुको दोसाधमा परेको थियो ।
एकदिन राधेरामको पुरानो मित्र अगस्थिराम भेट्न आउँछ मनभरि वह पोख्छ । राधेरामको कुरा सुनेर अगस्थिरामले राधेरामलाई सम्झाउछ र भन्छ यो सवै जनरेसन ग्याप हो वावु समय अनुसार चल्नुपर्दछ । उन्को साथीवाट पनि उसले उचित खालको जवाफ पाउन सक्दैन र फेरि दिक्क मानेर वेसरी कराउछ अगस्थि तिमी पनि किन परिवर्तन हँ ?

1 comments:

  1. Basanta said...
     

    सामाजिक यथार्थको एउटा पाटोलाई उधिन्ने कोशिश गरेको छ कथा(?)ले तर अझै पूरै कथा बनिसकेको छैन, शैली र घटनाक्रम दुबैको हिसाबले अपूरै छ।

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture