मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

बिदेशी मानवियता

 लेख "बिदेशी मानवियता
कृष्ण के श्रेष्ठ "काल्स"
 
              चिसो हावा चलिरहेको थियो मानिसहरु रातिको काम सकेर फर्किने क्रम चलिरहेको थियो । म पनि काम सकेर घर फर्कन लागिराखेको थिए । बिहानको त्यस्तै ५ बजेको थियो रेल स्टेशन तिर म लम्कदै थिए अचानक त्यस बेला एकजना रेलको टिकेट काटिरहेको जापनिज खै किन हो डनग्रंग भुइमा पछारिएर लड्यो अनि केहि छिनमै रगत छादन सुरुगर्यो । शरीर काम्न थाल्यो अनि बेहोस् । सारै डर लाग्दो दृश्य थियो । मान्छेहरुको आओतजावत बढिरहेको थियो तर कोहि कसैले लडिरहेको त्यो जपनिजलाई छुने अनि उठाउने कोशिस सम्म पनि गरेनन । यति सम्मकी हेर्ने चेस्टा पनि गरेनन धेरैले । २-४ जना जापानिज भने केहि सहयोग गर्न नजिक गए । तर जापानको नियमले गर्दा उनीहरु पनि उठाउन अनि पानि खुवाउने काम गर्न बाट हच्किन बाध्य भए । अनि तिनीहरुले एम्बुलेनसलाइ फोन गर्न लागे, कोहिले रेलको गार्डलाइ बोलाउन गए । म आफु पनि केहि सहयोग गर्न चाहेर पनि गर्न सकिन एक बिदेशी भएको नाताले । केहीछिन पछी नजिकैको पुलिस आइपुगे, अनि छानबिन अनि सोधपुछ गर्न लागे । तर पनि पानी खुवाएर ब्यूँझाउने कोसिस भने तिनीहरुले पनि गरेनन । एम्बुलेन्स पनि आइपुग्यो अनि अस्पताल लगेर गए । अनि फेरी सुनसान रह्यो । यो दृश्य म एक नेपाली भएको नाताले सारै थाम्न नसक्ने दयनिय दृश्य थियो । मैले आफुले आफैलाइ नेपाली भएकोमा धन्य ठाने । यदि यहि घटना नेपालमा हुदो हो त कतिजनाले सहयोग गर्थे ती जापनिजलाई अनि कति मानिसहरु झुम्मिन्थे त्यस ठाउमा । साचै विदेशमा मानवियता रहेनछ, माया अनि दयाको भावना कत्ति पनि रहेनछ मैले यतिबेला थाहा पाए । मानवियताको लागि नेपाली भएरै जन्मनु पर्दो रहेछ सायद यो जापान सारै ब्यस्त भएर पनि होला कोहि कसैले कोहि कसैको पनि वास्ता गर्ने फुर्सद पनि हुदैन यति सम्म कि आफ्नो छोरा छोरीको सम्म पनि वास्ता गर्ने गर्दैनन् । तर ब्यस्त भन्दैमा मानवताको हिसाबले कोहि आपत् बिपतमा पर्दा सहयोग गर्नु मानिस को कर्तब्य अनि विवेक हो जस्तो लाग्छ मलाई । यस हिसाबले आफ्नो देश नेपाल धेरै माथि, राम्रो लाग्छ । सायद विदेश जहाँ सुकै गएपनि नेपालमा जत्तिको मानवियता पाइन्न होला, अनि माया ममता पनि छैन होला । कारण यो पनि हुन सक्छ विदेश अति ब्यस्त भएर अनि एक्लो एक्लो जिउने चलन भएर पनि । जे होस् मानवियता भनेको आबश्यक भने पक्कै छ भन्दा अत्युक्ति नहोला । नेपालमा मानवियता नभए अहिले सम्म कति गरिब नेपालीको ज्यान गैसक्थ्यो होला हामी अनुमान लाउन सक्दैनौ । धेरै जनताहरु भोक भोकै हुनुपर्थ्यो होला कल्पना गर्न पनि कठिन छ हाम्रो नेपालको । भविष्यमा नेपाल पनि विकसित संग संगै ब्यस्त भए नेपालमा पनि मानवियता भन्ने कुरा नहुन पनि हुन सक्ने कुरामा दुइमत नहोला भन्न पनि सकिन्न । जेहोस नेपाल दया, माया, ममता हरुले भरपुर देश भएकोमा हामीले गर्व गर्नुपर्छ यसमा । अनि हाम्रो यो मानवियतालाइ  बिश्वोमाझ चिनाउनु पर्छ । जय देश जय मानवियता ।

1 comments:

  1. Dilip Acharya said...
     

    रजानीतिका केही गलत उपयोग (वा दूरुपयोग) का कारण अन्य धेरै कुरामा हामी पछाडि परे पनि तपाईले यो पोस्टमा लेख्‍नु भएको जस्तो केही मानवीय गुणहरु भने हामीसंग अझै छन् ।

    विदैशतिर प्राय: कानूनी झमेला व्यहोर्नु पर्ने डरले पनि धेरैले आफ्नो संवेदना दवाउँछन होला जस्तो लाग्छ मलाई ।

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture