
बसन्तझैं हरियालि शहर जीन्दगि रे
लाखौलाख वाँच्नु पनि रहर जीन्दगि रे
ह्ुनु पर्छ जीन्दगीमा हरपल खुसि खुसि
मुस्कानको रुप जस्तै अधर जीन्दगि रे
जतिसुकै दुःख परुन विचलित हुनु हुन्न
खुसि मात्र हुनु सँधै प्रहर जीन्दगि रे
हुनु हुन्न निराश अनि उदास यो जुनिमा
एकनास हावा चल्ने लहर जीन्दगि रे
मर्नु हुन्न जवानिमै आमालाइ वचाउँनुछ
देशकै लागि ज्यान दिनु अमर जीन्दगि रे
जे जस्तो होस अरु राम्रो नै देख्छ कृष्ण
काँडा, फूल एउटै देख्ने नजर जीन्दगि रे
उज्यालोतिर हिँड्ने भाव र देशप्रेमले भरिएको सुन्दर गजल!
thank you basanta dai