
आन्दोलनको भुमरीमा नपार न नेता हो
नेपालीको आँसु फेरी नझार न नेता हो
संबिधान लेख्नलाई ६०१ हात हुदापनि
भोलि भोलि भन्दै नटार न नेता हो
सत्तामा पुग्न आफु जनताको ढाल बनाई
आफु बाँचि सोझालाई नमार न नेता हो
गणतन्त्र आएपनि देशको विकासगति
झन् झन् पछी पछी नसार न नेता हो
बितिसक्यो बेला अब सुधार्न देश भनि
खबरदार कसै संगनि नहार न नेता हो
0 comments:
Post a Comment