मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

दोलखा भाषा - गजल (नेपालीमा उल्था समेत)

   दोलखा भाषा                                             नेपालीमा उल्था

मानै मोजुर्स छि बुएन यनगी जिन            नमाने तिमि बोकेर लान्छु म
गुनानु मोखोंके खुएन यनगी जिन               नदेख्ने गरि चोरेर लान्छु म

माया उली यत्न मायार्स जननाप                   माया यति गर्दा म संग नआए
लाहाकु जोंगन डुएन यनगी जिन                  समाति हात तानेर लान्छु म

जी ओतु मोओंगी हंगन चोन्स                  जान्न भनि बस्यौ भने तिमि
फसन थे बेस्न फुएन यनगी जिन           हावालेझैँ बेसरी उडाएर लान्छु म

व्याहा जन नाप यत्मुन हर्स छिन               म संग बिहे गर्यो तिमि भने
लुँ ए ट्वांगसोन छुएन यनगी जिन            सुनको गुरास लागाएर लान्छु म

माया सोएन डवाकु ड्या खेंग हर्स               माया भन्दा ठूलो धन हो भने
ड्याबा ए लोखुन लुएन यनगी जिन         पैसाको पानीले खनाएर  लान्छु म      
                                                               
छि परि स्वर्ग ए जुर्मुन हर्स खिने                तिमि स्वोर्गकी परि भयौ भने
जी कृष्ण देउ जुएन यनगी जिन                 कृष्ण देउतानि  बनेर लान्छु म

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan