मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

दोलखाको मच्छिन्द्र जात्रा

तीर्थनारायण जोशी
दोलखा

पूर्वकालदेखि चाडपर्व, जात्रा मनाएर मनोरञ्जन लिई रहने नेवारी समाजले आरुनो समुदाय जहाँ जसरी बसी रहेता पनि परापूर्व काललाई सम्झना दिलाउन विभिन्न चाडपर्व , जात्रा मनाउदै आई रहेको पाइन्छ । ऐतिहासीक पृष्ठ भुमीका धनी मानिएका नेवारी जाती आरुनो परम्परागत जात्रा, चाडपर्व, आधुनिक यूगले छाइ सकेता पनि हालसम्म त्यही ढंगले मनाउदै आइरहनुमा यसको एउटा विशेषता भन्नु कुनै अनुपयुक्त ठहरीदैन होला । यस्तै प्रशभ् हेर्दे जादा दोलखा जिल्लाको प्रमुख ऐतिहासिक स्थल दोलखा पनि अछुतो रहन सकेको छैन । यहाँ पहिला देखि चलि आइरहेको विभिन्न चाडपर्व, जात्रा आदिलाई हेर्दा ऐतिहासिक पृष्ठ भुमिका धनि दोलखालाई नेपालको इतिहासमा कहिल्यै छुट्याउन नहुने देखिन्छ । दोलखामा चल्ने विभिन्न जात्रामध्ये मच्छिन्द्रनाथ जात्राको आफ्नै विशेषता छ । ९ दिन सम्म परम्परागत रुपले मनाइने यो जात्राको प्रमुख यिनै विशेषताहरु हुन । चारवटा पारु्ग्रा सहित विशाल काठको रथ दोलखा जस्तो पहाडि स्थानमा तान्न सक्नु अर्को विशेषता रहेको पाइन्छ ।

माच्छिन्द्र नाथ रथ जात्रा दोलखामा कसरी सुरुवात भयो त यस्को सुरुवात गर्ने व्यक्ति को हुन् ? यो इतिहासको गर्व भीत्र नै छ । हालसम्म इतिहास खोजविन कर्ताहरुले पत्ता लगाउन सकेका छैनन् । खोजी निति गर्ने क्रममा अहिलेसम्म भेटिएको ऐतिहाँसिक प्रमाण अनुरुप वि.स. १६३८ ने.स. ७०१ चैत्र कृष्ण पक्ष परेवाका दिनमा ओमवहालका भीक्षुहरुले चढाएको सुर्वण प्रभा र छत्र देखिन आएको छ । तसर्थ यी प्रमाणहरुले पनि हामीलाई के देखाउछ भने १६३८ वि.स.पुर्व धरै वर्ष जात्रा सँग थामी जातीहरुको सम्बन्ध भएकोले के देखिन्छ भने किराँतको एक हाँगा थामीको सम्वन्धबाट दोलखामा बौद्ध धर्मको प्रचार सँगसंगै किराँतकालताका देखिनै त भएको हैन ?
आरुनै पनको गाथा बोकेको यस जात्रा वास्तबमा कुन देवता हो त भन्ने क्रममा दोलखाली हिन्दुहरुले गोरखानाथको गुरु, लोकनाथ, करुणामय, आदीनाथ, लोकेश्वरको रुपमा मान्दै आएको भन्दछन् भने बौद्ध धर्मलाम्वीहरु वोधी सत्व, अवलोकितेश्वरको रुपमा मान्नेगरेको हो भन्दछन् । धार्मीक सहिष्णुता रहेको नेपाल परापुर्वकाल देखिनै सहिष्णुता रहेको यसले प्रमाणित गर्दछ ।

हिन्दु धर्म अनुसार पौराणीक काल सत्ययूगमा भगवान् महादेवले पार्वतीलाई योग सिकाउने विचारले कसरी पृथ्वी वस्ने मानिसहरु चिरन्जीवी हुन सक्दछन् भन्ने वारे बुझाउन समुन्द्रको किनारमा योग सिकाई रहदा पार्वती पुग्छीन् र समुन्द्र भीत्र रहेको माछाको गर्व भित्र रहेका माछाको भुराले यो कुरा सुने पछी मैले सुने भन्ने आवाज बाट जोसँग भएका महादेवले पछी माछाका भुरालाई मानिस जस्तै हुन सकेस भन्ने बरदान दिई कैलाश जानु भएछ । यसरी मत्स्य गर्वबाट आरुनो प्रतिष्ठा फैलाउन सक्ने मछिन्द्रनाथ योग विधाको निम्ती प्रमुख गुरु मानियो र उनैको सहयोगको खातिर महादेव आफु गोरखनाथको अवतार लिएर मच्छिन्द्र नाथलाई सहयोग पुरुयाएको धार्मिक कथन छ ।

पछी लिच्छवी राज्य गुणकामनादेवको पालामा गुरु गोरखनाथ रिसाएर सम्पूर्ण नागको आशन वनाएर वस्नु भए पछी नेपालमा ठूलो हाहाकार मच्चियो । आकाशबाट एक थोपा पानी परेन ठूलो अनिकाल लाग्यो । तान्त्रीक विधीबाट हेर्दा गोरखनाथका गुरु मच्छिन्द्र नाथलाई नेपाल ल्याउन सकिएमा त्यो बाधा हट्छ भन्ने कुरा थाहा पाए पछि राजा, तान्त्रीक, एकजना किसान ज्यापु समेत गएर मच्छिन्द्र नाथलाई रिझाएर नेपाल ल्याए । आफ्नो गुरुको नेपाल आगमनको कुरा सुनेपछि गोरखानाथले दर्शन गर्न उठे पछि सम्पूर्ण नागहरु मुक्त भएर नेपालमा पानी परुयो, अब अनिकाल रहेन । तसर्थ त्यही सम्झना स्वरुप नेपाल भित्रिएको रुपमा रथमा राखेर बाजा, गाजा सहित रथ तानिएको हो भन्ने प्रचलन प्रचलित छ ।

दोलखामा पनि सोही रुपमा अन्नदाताको रुपमा मान्ने प्रचलन प्रचलित छ । केही बाह्य विभीन्न कारण रोकिएता पनि कालिञ्चोक युवाक्लव दोलखाको सकृयतामा रथ पुनः तान्न थालिएको छ । यस्को निम्ती लापिलाङ गा.वि.स.को जग्गाहरु गुठिको रुपमा रखिएको थियो । हाल त्यहाँबाट केहि नदिए पछि क्लवले आफ्नै सकृयतामा अक्षयकोष स्थापना गरेर रथ तान्ने प्रचलन पुनः थालनी गरेको छ ।

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan