मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

गजल "छोडिगए गिरिजाले"

कृष्ण के श्रेष्ठ "काल्स "

देश बनाउने कसम तोडिगए गिरिजाले
बामे सर्या संबिधान छोडिगए गिरिजाले

जिउदो छँदा उनि गाली मात्र पाउने गर्थे
मरेपछि नेपाली झन्डा ओडीगए गिरिजाले

बल्ल पो आको फेरी शान्ति यो देशमा
न त गरे मलजल न गोडीगए गिरिजाले

गुज्रिएको देश यो संघियताको झटारोमा
नेपाली सब एकतामा नजोडीगए गिरिजाले

हाँकिराको देसको गाडी यात्री सब छोडेर
अन्तै बाटो एक्लोभई मोडिगए गिरिजाले

4 comments:

  1. puja said...
     

    gajal dherai ramro lagyo.

  2. Anonymous said...
     

    gagal ramro 6 aani comment garne puja pani ramri 6n

  3. Anonymous said...
     

    i loce you puja

  4. Anonymous said...
     

    i love you puja

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan