मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

उनको हाँसो (कथा)

– श्रेष्ठ सत्य
दोलखा, नेपाल
हाल, बेलायत
 तीन महिना हुन आँटेको थियो, राती काम गर्न थालेको । शुरुका दिनहरुमा त रातभर  जागा रहन कठिन कठिन महशूस भए तापनि पछिल्ला समयहरुमा त्यो सहज लाग्न थालेको थियो । मैले राति काम गर्न थालेको केही समय पछि नै आभिया भन्ने सुपरभाइजर पनि हामीसँगै राती काम गर्न थाली । सुपरभाइजर भए तापनि उनी अन्य सुपरभाइजरहरु भन्दा हामीसँग बढी नै मिल्ने र हाम्रो समस्या बुझ्ने खाले थिई । उनी सबैजना कामदारहरुसँग अति नै मिलनसार र समझदार थिई । उनीसँग काम गर्न थालेको दुई हप्ता पछि एक राति उनी र मसँगै बेलुकीको खाजा खान थाल्यांै, खाजा खाइसकेपछि १० मीनेट जति समय अझै बाँकी भएकोले हामी त्यतिकै आराम गर्न लागेका थियौैै । अचानक उनी एक्लै खिलखिलाएर हाँस्न थाली । मैले आश्र्चयचकित हुँदै साधें – ”तपाइँ ठिकै त हुनुहुन्छ, आभिया ?“ उनी एकैछिनमा गम्भीर हुदै बोली—“सत्य मलाइ केहि पनि नसोध्नु । मलाइ म जस्तो छु , म जे गर्दैछु, त्यस्तै छाडिदिनुस् । कृपया मसँग केहि पनि नसोध्नुहोला । ” मलाइ यति भनेर उनी एकछिन चुपचाप रही र पूनः एक्लै खिलाखिलाएर हाँस्न थाली— “ हा..................हा ..........।”
मलाइ अचम्म लाग्यो उनको यो स्वभावप्रति तथापि म उनीसँग केही पनि बोल्न र सोध्न सक्दिनथें, उनले मेरो मुख पहिल्यै टालिदिइसकेकी थिई । भोलिपल्ट मैले दिउँसो काम गर्र्ने एकजना साथीलाई आभियाको बारेमा सोधें — उसले भन्यो — “ए, त्यो केटि पगली हो, उनको विरुद्धमा धेरै साथीहरुको गुनासो गएकोले उनीलाई रात्रीको काममा खटाइएको हो । उनी पगली हुन्, कहिले हास्ँछे, कहिले रुन्छे, उनको केही कुरा नपत्याउनु, ।” त्यो साथीले मलाई अभियाको बारेमा यस्तै कुराहरुले मेरो कान भरिदियो । त्यसदिन पछि पनि अरु सुपरभाईजरहरु वार्षिक विदामा भएकोले, म लगातार अभियासँग रात्री ड्युटीमा पर्न थाले । अभिया आफ्नो काम सम्पूर्णताका साथ गर्थी र फुर्सदको समय भयो कि एक्लै हाँसिरहन्थी । म उनलाई केहि सोध्न पनि सक्दिनथें । उनी म भएको नभएको केहि प्रवाह नगरी एक्लै हाँसिरहन्थी , मानौं कोठामा उनी नितान्त एक्लै छे । समय यसरी नै बितिरहयो, न मैले अभियालाई केही सोध्न नै सके न आभियाले उनको त्यो हाँसोको केही रहस्य बताउन चाही । बिस्तारै बिस्तारै राती काम गर्ने सहकर्मीे साथीहरुले पनि उनलाई “पगली” भन्न थाले । प्रायः म नै उनीसँग काम गर्नेमा पर्थे । उनीसँग काम गरुन्जेल त साह्रै आनन्द आउँथ्यो, उनी हरतरहले दत्तचित भएर काममा लीन हुन्थी तर जब ब्रेक हुन्थ्यो, उनी पूनः खिलखिलाउन थाल्थी । मसँग मूकदर्शक भएर रहनु भन्दा अन्य केही उपायै रहँदैनथ्यो ।
एक रात ब्रेकमा खाजा खाइसकेपछि उनी हाँस्न थाल्नुभन्दा अगाडि नै मैले उनलाई सोधें—आभिया, तपाइँलाई दिनमा काम गर्न मन पर्छ की रातमा?” आभियाले तत्कालै भनी —“सत्य, तपाइँ धेरै बाठो हुन थाले जस्तो लाग्यो मलाई, एकछिन पनि शान्त रहन सक्नुहुन्न, होइन त ? त्यसैले त चुप रहनुको सट्टा मसँग बोलेर यो अमूल्य समय कटाउन चाहनुहुन्छ, होइन त ? मानिसहरुलाई समय बिताउन कति गा¥हो ? यसको लागि कहिले पब जान्छन्, कहिले मूभी, कहिले थिएटर, कहिले बियर  र रक्सीको शरणमा जान्छन् । कहिले घुमेर, साथीहरुसंग बोलेर समय बिताउँछन्, उनीहरुलाई थाहै छैन की यसो गरेर उनीहरुले आफूलाई छिटो छिटो मृत्युको मुखतिर धकेलिरहेका हुन्छन ्। हा— हा— हा । “ उनी पूनः एक्लै २ मिनेट जति हाँसिरही र फेरी बोली “मानिसहरु टाइम पास भन्दै के गरिरहेका छन् त ? आफ्नै जीवनलाई पास गरिरहेका छन्, जीवनका महत्वपूर्ण अनमोल क्षणहरुलाई गुमाइरहेका छन् । हा— हा— हा......टाईम पासको नाममा छिटो छिटो मृत्युको मुखमा पस्न हतारिरहेका छन् मानिसहरु... हा— हा— हा ।” उनले एक्लै हाँसेर बाँकी ब्रेकको समय कटाई । म चुपचाप उनलाई सुनिरहें । कमसेकम हाँसोसंगै आज उनी मसंग केही त बोली—म यसमा खुसी नै थिएँ ।
अर्को हप्ता पनि सदा जस्तै ब्रेकको समयमा खाजा खाँंदै मैले सोधें— “तपाईले अस्ती मैले सोधेको प्रश्नको जवाफ दिनुभएन नि ?” “के उत्तर कस्तो उत्तर ? म कसैलाई उत्तर दिने कसैको शिक्षिका होइन र तपाइँ जस्तो परिपक्व मानिसले आफ्नै जीवनबाट सबै प्रश्नको उत्तर खोज्नुपर्छ । कसैलाई सोधेर केही फाइदा ? अरुले दिएको उत्तरले तपाईको चित्त बुझ्ला ? त्यो अरुको उत्तरले तपाईको आफ्नो समस्या समाधान होला ?” मैले उनलाई हाँस्ने चेष्टा गर्दै भने “आभिया तपाइले गलत बुझ्नुभयो, मैले तपाईलार्ई त्यस्तो प्रश्न सोधेको होइन, तपाइँलाई दिनमा काम गर्न मन पर्छ कि रातमा ? भनेर मात्र सोधेको थिएँ ? आभिया फेरि कड्की —“यो मेरो नितान्त व्यक्तिगत कुरो हो । तपाइँलाई जवाफ दिनै पर्छ भन्ने छैन, म जरुरी ठान्दिनँ । फेरि रातमा र दिनमा के नै अन्तर छ र ? मानिसहरु किन यो दिन, यो रात भनेर मूल्यांकन गर्छन् ? के दिन र रात बीच त्यस्तो वृहत अन्तर छ र ? दिनकै निरन्तरता रात हो भने रातको निरन्तरता दिन हो । यिनीहरु एउटै धागोका २ छेउ हुन् भने यिनीहरु बीच अन्तर के नै छ र ? अनि मलाई दिन मन पर्नुपर्ने किन, रात मन नपर्नुपर्ने किन ? अथवा मलाई रात मन पर्नु पर्ने र दिन मन नपर्नुपर्ने किन ? फेरि यो मन पर्ने  नपर्ने भन्ने पनि कुनै कुरा हुन्छ र ? मन पर्नु र नपर्नु बीच पनि म त केही भेद देख्दिन किनकि न त कुनै कुरा सधैं मन परिरहनै सक्छ न त कुनै कुरा सधैं मन नपरिरहनै सक्छ । त्यसैले यो रात, यो दिन , यो मनपर्छ यो मन पर्दैन भन्ने कुराहरु पूरै बकवास हुन् , मूर्खहरुले गर्ने कुरा हुन् तर यसो नगर्ने मानिसहरु कति जना नै होलान् र ? त्यसैले हेर्नुहोस् यहाँ सब मूर्खहरु छन् । हाम्रा यी तथाकथित म्यानेजर , डाइरेक्टरहरु आफूलाई जान्ने सुन्ने, पाको र परिपक्व ठान्छन् ती सबै जीवनका सत्यदेखि अपरिचत छन् । मलाई त तिनीहरु बच्चै जस्तो लाग्छन् । महामूर्खै लाग्छन् । सब मूर्खहरु . हा— हा— हा........।”
आभियाका कुराहरु म काट्नै सक्दिनथें । उनका कुराहरु पागलपन होइनन्, मलाई त दार्शनिक लाग्दै जान थाल्यो र उनको हाँसोभित्र पनि म गहिरो व्यँग्य र रहस्य छिपेको आभास पाउँथे । त्यस दिन त्यसपछि उनी अटूट हाँसोको श्रंखलासंगै काममा फर्की । मसँग अरु केही पनि बोलिनन् । त्यसै रात पछिको बिहान म कलेज जानुपर्ने भएकोले मैले आभिया घर जाने रेलमै आभियासँगै बीचसम्म जानुप¥यो । रेल स्टेसनमा मानिसहरुको अ‍ोइरो, रेलमा चढ्न र रेलबाट झरेर दगुरेको द्दृश्य देखिन्थ्यो । हामी रेलको सीटमा बस्नै बितिक्कै उनी पूनः मरीमरी हाँस्न थाली । म भने रेलका अन्य यात्रीहरुले हेरेर के भन्लान् भनी अप्ठेरो र संकोचले रातो पिरो भएको थिएँ । उनी अचानक बोली —“सत्य, धन्दा नमान्नू, यहाँ तपाइँ रोइ कराए पनि कसैले वास्ता गर्दैन । किनकी ती कसैलाई हाम्रो चिन्ता गरिरहने फुसर्द छैन । हामीले हेर्दा यी मानिसहरु शान्त र स्तब्ध देख्छांै तर यिनीहरुको चेतनामा मेरो हाँसो भन्दा भयंकर हाँसो — रोदन , तर्क —वितर्कको कोलाहल मच्चिरहेको छ त्यसैले म हाँसेको कसैले सुन्दैनन् यहाँ, तपाइँ केही अप्ठेरो नमान्नू ।” एक क्षण उनी चुप लागेर फेरि बोली —“यी मानिसहरु अघि कहाँ जान कुदिरहेका होलान् त्यसरी ? यहाँ पाँच पाँच मिनेटमा ट्रेन आउछ तापनि मानिसहरु कुदेका छन् कुदेकै छन्, थाहा छैन कहाँ पुग्न हत्तारिएका हुन् । ट्रेन चढनु अघि र ट्रेनबाट झरेपछि पनि यिनीहरु कुदेका कुदेकै हुन्छन् — थाहा छैन कहाँ पुग्न हत्तारिएका हुन् ? हरेक बिहान बेलुका यिनीहरुको दौड देख्दा मलाई अत्यन्तै हाँसो उठ्छ —हा—हा—हा ।”
उनको हाँसो रोकिएन । म रेलबाट उत्रिने ठाउँसम्म उनी निरन्तर एक्लै हाँसि नै रहेकी थिइन् ।
भोलिपल्टको रात्री ड्यूटीमा फेरि पनि उनी र म सदा झै काम संगै सुरु ग¥यौं । कामको बेला पनि अब उनी मसँग बोल्ने र हाँस्ने गर्न थालेकी थिई । शायद उनलाई म उनीलाई नराम्रो रुपमा हेर्दिन भन्ने पक्का भएर होला । उनले काम गर्दा गर्दै सोधी —“सत्य, तपाइँ पत्रिसालाई चिन्नुहुन्छ, होइन ? ” “मैले चिन्दिन” भनेपछि उनले भनी “उनी यहीं दिउसो काम गर्ने सुपरभाइजर हो तर हिंजो बेलुका काम सकेर घर फर्कंदा बाटोमै अचानक बेहोस भएर ढलिछन् र अस्पताल पु¥याउदा त उनी मरिसकेकी रहिछन् । —हा—हा—हा ।” उनी एक क्षण हाँसि सकेर बोल्न थाली —“ म उनी मरी भनेर खुशीले हाँसेको होइन । कसैको मृत्युमा रुनु र हाँस्नुपर्ने कही कारण छैन किनकी मेरो पनि बाटो त्यही नै हो । तर मलाई हाँसो त यस कारण उठ्छ कि मानिसले म पनि एक दिन सदाका लागी यस धर्तीबाट जानैपर्छ भन्ने सत्यलाई जीवनभर कहिल्यै पनि स्वीकार्दैन । यो पत्रिसाले गर्दा नै हाम्रो भेट भएको हो, यिनले नै मेरा भए नभएका कुरा म्यानेजरसंग गरेर मलाई रात्री काममा पठाइएको हो । मलाई आश्चर्य लाग्छ किन मानिसहरु यस्तो काम गर्छन् ,कार्यालय भित्र पनि मानौं सदैव जरा गाडेर बस्ने जस्तो पोलापोल, चुक्लाचुक्ली गर्छन्, खुट्टा ताना तान गर्छन, तर न त यो कार्यालय नै आफ्नौ हो, न त यो संसार नै ? किन मानिसहरु लुछाचँुडी गर्छन् , किन अर्काको नराम्रो गर्न चाहन्छन् । जीवन चाँडै ओइलिएर झर्छ भने किन मानिस सुबास छरेर मात्र बस्नुको सट्टा काडै काँडा लिएर अरुलाई घोच्छन् र आफू पनि छिया छिया भएर बाँच्छन् । त्यसैले त म हाँस्छु , मलाई हाँसो उठ्छ — यस्तै यस्तै कुरा सम्झेर । तर मानिस जस्तो मूर्ख, नीच र तुच्छ प्राणी अरु कोही पनि छैन । एक बाघले अर्को बाघको कहिल्यै पोल लगाउँछ ? एक सिंहले अर्को सिंहको खुट्टा कहिल्यै तान्छ ? एक गिद्घले अर्को गिद्घलाई कहिल्यै ठुंग्छ ? तर हेर त यी तथाकाथित “श्रेष्ठ” जीव मानिसले के कस्तो हर्कत देखाउछन् ? त्यसैले मलाई हाँसो उठ्छ, सत्य । जहाँसम्म लाग्छ — यो हाँसो एकदमै स्वभाविक पनि हो । मानिस अलिक जागरुक हुने हो भने यी यस्ता कुराहरु देखेर, सम्झेर जसलाई पनि हाँसो उठ्छ, हाँस्नुपर्ने कुरा नै हो यो ...हा...हा........ ।” उनी फरि हाँस्न थाली । आभियासंगको साथ मलाई निकै रमाइलो लाग्न थालेको थियो । उनको कुराहरु जीवनको यथार्थ र दर्शन झैं प्रत्याभूती हुन्थ्यो । उनको हाँसोले मानव जाती जो अहंकार र स्वार्थले अन्धो छ, उनीहरुलाई घोर व्यंग्य गरेको जस्तो लाग्दथ्यो । सदा झैं उनीसंगको सामीप्यतामा मैले जीवनको कुनै नयाँ  पाठ सिकेको महशूस गर्दथे । विस्तार विस्तार म उनीसंग कुरा गर्दै जान थालें र उनी पनि मसंग खुल्दै जान थालेकी थिई । एक दिन उनी काम गर्दा गर्दै  सदा झै खिलखिलाएर हाँस्न थाली । मैले सोधे  “फेरि कुन जोक सम्झिनुभयो  तपाईले ?” उनी बोल्न थाली – “यो संसार नै त जोक हो सत्य । मानिसहरु मृत्यु सुनिश्चित छ भनेर जान्दा जान्दै पनि किन यति विधि स्वार्थी र अन्धो छ ? आफ्नो अन्तिम गन्तब्य र भविष्य प्रति किन ऊ सदा अन्जान झैं रहन्छ । एक दिन मर्नु छ तापनि ऊ अर्काको नराम्रो चिताएर कहिल्यै थाक्दैन । इष्र्या र अहंकारले नै ऊ मदहोस, बेहोश छ । अन्य धेरै मानिसहरुको के कुरा गर्नु ? यहीं हेनुर्स् न —जसले मेरो बिरुद्घ म्यानेजरलाई पोल हाले, भए नभएको कुरो लगाए, के उनीहरु जीवनको सत्यसँग परिचित छन् त ? यति सानो कार्यक्षेत्रमा पनि रातदिन खुशामदी, पोलापोल गरिरहन्छन् । त्यसैले त मलाई हाँसो उठ्छ, सत्य । आफू , एक दिन जमीनमुनि भास्सिनु त छँदैछ फेरि पनि किन मानिसहरु यो अस्थायी र छोटो जीवनमा पनि सबैको भलो र राम्रो चिताएर बाँच्न उसलाई के को कठिनाई छ कुन्नि ? यसै कुराले त मलाई मरिमरि हँसाउछ नि, सत्य । हा—हा—हा” उनी हँािसरही, हाँसिरही, अविराम हाँसिरही । “जस जसले मेरो बारेमा म्यानेजरलाई कुरा सुनाएर मलाई कार्यवाहीको भागी बनाउन चाहे, यो ३ महिनाभित्र तिनीहरुले पनि यहाँबाट बिदा लिनुप¥यो । तिनीहरु कोही पनि अहिले यहाँ छैनन् । सबैले यहाँबाट बिदा लिनुप¥यो । तिनीहरु कोही पनि अहिले यहाँ छैनन् । यसको मतलब यो होइन की म चाहीं सधैं यहाँ रहिरहनेछु त्यो त म कदापि चाहन्न । तर उनीहरु भने यहाँ जमेर बस्न चाहेका थिए तर सा¥है नराम्रो भएर यहाँबाट बिदा हुनुप¥यो उनीहरुले । त्यसैले यसबाट के सिद्घ हुन्छ भने अर्काको कुभलो सोच्नेहरुको आफ्नै कुभलो हुन्छ । यो प्रकृतिको नियम हो तर यसमा म खुशी हुनुपर्ने केही पनि छैन न त उनीहरुको व्यवहारबाटै म दुःखित हुन नै जरुरी छ । म यसमा दुःखी छैन, कति पनि छैन । यी मूर्खहरु , यी भविष्य नसोच्ने, नदेख्ने अन्धोहरुको व्यवहारबाट दुःखी र खुशी हुनुपर्ने त म कुनै कारणै देख्दिनँ । तर मूर्ख मानिसहरु जीवनभरि नै अर्काले जे भन्यो त्यसैको पछाडि दगुरिरहेका छन् । अर्काले गाली ग¥यो रुन्छन्, अर्काले प्रशंसा ग¥यो मक्ख परेर हाँस्छ तर आफू वास्तवमै गाली या प्रशंसाको योग्य हो या होइन यो कहिल्यै जान्दैनन् । गजब त यो छ की ऊ यो जान्ने प्रयास पनि कदापि गर्दैन । गरोस् पनि कसरी ? मानिसहरु त म संधै एक किसिमको बेहोशीमै रहेको पाउँछु । बेहोशीहरुको चलाखी र धूर्तता देखेर मलाई हाँसो उठ्ने गर्दछ, सत्य मलाई , हा हा हा.....................” उनी हाँस्न थाली ।
उनको यस्तै कुरा र काममा सुसंचार, राम्रो सहयोग र समन्यवका कारण रात्री काम गर्ने स्टाफहरु बीच आभिया प्रिय हुँदै गई । रात्री स्टाफहरुबीच एक सुसम्बन्ध, राम्रो सहयोग र समन्वय कायम भएको थियो र सबैजनालाई काम गर्न धेरै सहज भएको थियो । हामी सबै स्टाफहरु त्यहाँ पारिवारिक सदस्यहरु झैं भएका थियौं । खाजाहरु बाँडेर एक आपसमा साटेर, खान थालेका थियौं । सबै कामहरु कोही एक एक जनालाई जिम्मा दिनुभन्दा सबै मिलेर गर्ने गथ्र्यौं भने प्रत्येक निर्णयमा आभियाले सबैजनालाई सहभागी गराउँदथी । हुन त प्राय सबैलाई काममा जान भनेकी कठिनता र विरक्त लागेर आउँछ । जुन पहिले मलाई पनि हुने गर्दथ्यो तर पछि आएर आभियाको शिफ्टमा काम गर्न सबै लालयित हुन्थे । बिहानै जब दिनमा काम गर्ने स्टाफहरुलाई रातभरिका काम र समस्याहरुको ह्ेण्ड ओभरका बेला हामी सबैलाई प्रसन्न र सक्रिय देख्थे शायद उनीहरु इष्र्याले भरिन्थे होलान् । कहिलेकाहीं आभिया हेण्ड ओभर सकिएकी आफ्ना सबै रात्री स्टाफहरुलाई बोलाएर भन्थी “काम त हामीले यसरी गर्ने हो – पारिवारिक वातावरणमा हाँस्दै, खेल्दै, आपसमा सघाउँदै । यी दिनका स्टाफहरु हम्रो केही रहस्य जान्न सकेकै छैनन्, रातभर नसुतेर काम गर्छन्, काममा त्रुटी पनि केही छैन तर सबै उर्जाशील र हँसिला देख्छन् । उनीहरुले यसको रहस्य जानेकै छैनन् । उनीहरु छक्क पर्दा हुन्, हाम्रो खुशी र समूह कार्यको जादू देखेर । तर के मतलव उनीहरुको हामीलाई ? हामी उनीहरुका लागी केही गर्दैछैनौं यहाँ । हामी सबै आ–आफ्नै बाध्यताका कारण यहाँ छौं । धन्यवाद सबै जनालाई मलाई रातभर सघाउनुभएकोमा ।”
यसरी नै आभिया सफल सुपरभाइजर र स्टाफहरुको असल साथी बनेकी थिई तर कम्पनि प्रशासनसमक्ष यो कुरा पुगेछ की आभिया सबै स्टाफसँग मिलेकोले रातीको काम राम्रो भएको छैन । फलस्वरुपः उनीहरुले हाम्रा लागी रात्री निरीक्षण पनि गरे तर केही खोट उनीहरुले पाउन सकेनन् । उनीहरु आउँदा हामी सबै आ आफ्नै काममा दत्तचित्त भएर लागि परेका थियौं । तर त्यो समाजमा राम्रो, छुट्टै र नयाँ शैलीले काम गर्नु नै आभियाको दोष ठहरियो क्यारे । त्यो निरीक्षणको ४ हप्तापछि नै आभियालाई कार्यवाही गरियो, उनलाई सुपरभाइजरबाट हामी सरह कामदारमा डिमोसन गरियो । आभियाले यो कार्यवाहीलाई कसरी लिई त्यो त थाहा पाउन सकिन । त्यसको लगत्तै आभिया वार्षिक बिदामा बस्न थाली । त्यस क्रममा मैले उनलाई मोबाइलमार्फत् सम्पर्क गर्ने कोशिस त गरें तर उनको मोबाइल कहिल्यै उठेन ।
काममा त्यत्ति जाँगर लाग्दैनथ्यो । आभिया बिना त्यो कार्यस्थल नै सुनसान र अभिभावकविहीन जस्तो लाग्न थालेको थियो । त्यो घर जस्तो लाग्ने ठाउँ नै अब बन्दी गृह जस्तो लाग्न थालेको थियो मलाई । आभिया फर्किनन्, उनी फर्किने आशामा मैले हप्तौं बिताएँ । सदा झैं ग¥हुँगो हृदय लिएर म लगातार दुइ दिनको विश्राम पछि काममा गएँ । हाम्रो स्टाफ रुममा एउटा ठूलो बिदाइ पोष्टकार्ड टाँसिएको थियो जसमा लेखिएको थियो “म जहाँ भए पनि जुनसुकै अवस्थामा भए पनि म  तपाइँ मेरा सहकर्मी साथीहरु सबैलाई सम्झिरहनेछु । बिदाइ सबैलाई ” कार्डको पुछारमा आभियाको नाम र हस्ताक्षर थियो । म स्तब्ध भएँ, मैले केही सोच्नै सकिनँ । मैले दिउँसोको एकजना स्टाफसँग आभियाको बारे सोधें । उसले बतायो “ हिंजो बिहानभर आभिया यहीं थिई सबैलाई बिदाइको चकलेट दिएर गई । हिंजो बेलुकी उनको फ्लाइट थियो । आज त घर पुगिसकी होली । उनी अब सदाका लागी आफ्नै देश फर्किसकी । तर उनी दुखी देखिंदैनथी, उनी सदाझैं हर्षित नै देखिन्थी । जानु अघि हामीसँग धेरैबेर हाँसिरही......................।”
आभिया किन यत्ति कठोर होला मैले उनलाई  पछि न भेट्न नै सकें न बिदाइ नै गर्न सकें । मलाई आभियाको यो स्वभावदेखि बेलाबेला रिस उठिरहन्छ तर उनको हाँसो भने सधैं मेरो कानमा  गुन्जिरहन्छ ।

समाप्त

1 comments:

  1. Sony said...
     

    Very very realistic and mystic story, all the working people should read it...........................

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture