मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

व्यंग्य

मिटिङ
कृष्ण के. श्रेष्ठ“काल्स”


अचेल सवैजसो ठाउँमा मिटिङको रौनक छाएको पाइन्छ । यता जाउ मिटिङ छ त्यता जाउँ मिटिङ, माथी जाउ वैठक तल आऊ वैठक सवैतिर मिटिङै मिटिङ । चाहे गाउँ होस चाहे सहर । जहाँ गएपनि, जुनसुकै सानो कुरालाइ पनि वढ्याइचढ्याईकन मिटिङ बसेकै हामी देख्न सक्दछौ, यो कुनै नौलो कुरा नै हैन । ठूला कुरा मा मिटिङ बस्नु त ठिक ठिकै हो तर ती साना, झिना, मसिना कुरा मा मिटिङ बसेको देख्दा मलाई मन नलागेरै पनि एकछिन भएपनि हाँस्न मन लागेर आउँछ । यत्रो विध्न मिटिङ परिमार्जित भएको देखेर मलाई नेपालमा सामानको भाउ वडेझैं हलक्कै बढेको क्षण झल्झली याद आउँछ ।
नानाभाते कुरा, अर्थहिन कार्ययोजना, रक्सि पार्टि त मिटिङको पर्याय जस्तै भैसकेको छ । रामेको कुकुर मरेको कुरा देखि लिएर ट्वामेको छोरि व्याएको कुरामा पनि मिटिङ बसेकै हुन्छन् । डवली, चौतारि, पाँचतारे होटेल, झुपडि देखिलिएर कान्छनानीको भट्टिपसलहरु मिटिङस्थलको रुपमा परिचित नै छ ।
रामेको कुकुर म¥यो, कसरि मर्यो ?, किन मर्यो?, कसले मार्यो ?, कहा मार्यो ?, इज्जत वानि स्वभाव मर्ने कारण र अन्तेष्टि सम्मको व्याख्या विश्लेषण विस्तृत छलफल हुन्छ र अन्त्यमा निष्कर्षमा पुगि चियापानसहित मिटिङको विसर्जन हुन्छ । आश्चर्य छ, विसर्जन मा त झन दोव्वर महानुभावहरुले भरिएको हुन्छ, कारण........ । कस्तो चलन यो वेकाम अर्थ न वर्थ गोविन्दे गाई भनेझैं, घरमा भात पकाउनको गाह्रोले श्रीमति छक्याउन आएका छक्याहाहरु ।
यदि कान्छिनानीको भट्टीमा मिटिङ भयो भने मिटिङमा भन्दा पनि कान्छिनानीतिर ध्यानमग्न स्त्रीलम्पट धेरै देखिन्छ । अनि नर्तकी हरुको तिघ्रे नाचको रौनकमै उनिहरु ध्यानमग्न हुन्छन् । यदि पाँचतारे होटेलमा भयो भने हात हातमा ल्यावटप साथमा चुरोट ट्याप र हार्डड्रिङक्स भन्दा अरु कुनै मिटिङ नै हुँदैन् । यदि गाउँघर तिर भए लोकल ठर्रा वाहेक क्यै हुन्न । यदि कसैले मिटिङस्थल मन्दिर वा कुनै एकान्त ठाउँ(वन, पार्क) वताएमा त्यहा दुइजना जोडि बाहेक अरु कोहि हुन्न, त्यहाँ मिटिङ को साटो डेटिङ हुन्छ । अनि कुनै साथी साथी बीच मिटिङको आयोजना भए त्यहाँ जाँड पार्टि र जुवा तास बाहेक अरु काम हुदैन भनि जाने हुृन्छ । त्यसैले पाठकवृन्द हो यदि कसैले मिटिङमा निमन्त्रणा गरे पहिल्यै सतर्क रहनुहोला कतै तपाई पनि कुनै भट्टिपसलको अघिल्लो वाटोमा लडिरहेको मैले भेट्टाउनु नपरोस, मेरो यहि शुभकामना तपाईलाई ।
अझ कोहि कोहि त दिनभर मिटिङकै खोजिमा लागिपरेका हुन्छन । कहिँकतै मिटिङका समाचार सुनिन्छन की, कतै मिटिङको निमन्त्रणा सम्बन्धि सूचना भित्तामा टाँसिएका पो छन की यहि खोजि मै धौडधुप गर्नेको संख्या नवढेको पनि हैन । अझ मेरो एकजना साथीले त भेट्टाएका सूचना संकलन गर्नका साथै विभिन्न कवि गोष्ठि, सम्मेलन मा समेत उपस्थित भएकै हुन्छ । मैले किन तिमी मिटिङमा जान्छौ भन्ने प्रश्नमा उनले ‘धेरैजना ठूल्ठुला व्यक्ति चिनिन्छ, कुरा गर्ने क्षमतामा सुधार हुन्छ, ज्ञानगुणका कुरा जानिन्छ अनि कहिँ कतै त पेट भरि खान र ..........को प्यास मेटाउन पनि पाईन्छ, तँलाइ था’छ मेरा गर्ल फ्रेन्ड सवै मिटिङ मै पट्टिएको ।’ मैले कुनै प्रतिक्रिया नजनाई उनको कुरा जायजै माने, आफू त कहिल्यै त्यस्तो मिटिङमा सहभागि भएको भएपो थाहाहुन्थ्यो । मलाइ त्यसै दिन देखिनै मिटिङ मा जाने ईच्छा जागेर आयो ।
दाजुले मलाई एकदिन मिटिङ जाउँ भन्नुभो । मिटिङमा जान हतारिदै नयाँ लुगा लगाउन खोज्दा मलाई दाजुले लुगा नलगाउ भन्नुभो, अचम्म लाग्यो त्यत्रो मिटिङका किन त्यसै पाखेझैं जाने ? तैपनि मैले दाजुको कुरा मानेँ । म खुसि थिएँ मिटिङ आज ठूलै हलमा हुँदो होला, धेरै ठुला दार्शनिक आउलान, अनि ज्ञानगुणका कुरा होलान । दाजुले केहि पर पुगेपछि सर्ट तान्दै मलाई खै कुन्चाहिँ छाप्रो हो त्यो चैं मैले देखिन, तानेर भित्र लानुभो । सवैजना आ–आफ्नैतालमा मस्तथिए सवैका हातहातमा वियर, लोकल ठर्रा, अनि हातमा चुरोट थिए, त्यस्तो देखेर म झन हच्किएँ । दाजु तिनिहरुसंगै गएर धमाधम लगातार चुस्कि लिनथाले, साहुनिले फेरि अर्को वोतल हाजिर गरिन । सर्वजना मातिसकेका थिए, कोहि त्यहि लडन थाले, कोहि वान्तागर्न थाले, कोहि साहूनिलाई जिस्क्याउनथाले त कोहि ट्वाइलेट भित्रै सुत्न थाले । ‘हरे कस्तो विजोग!’ मैले सोचें, ‘अनि पो मलाई लुगा नलगाउ भन्नुभा रैछ’ । मैले केहि प्रतिकार जनाइन खालि मिटिङकारको मिटिङ हेरिमात्र रहें । म घर फर्कें त्यसपछि के भयो मलाई थाहा भएन झन अरुलाई त के थाहा र ? दाई बिहानै आउनुभयो आँखा रात्तिएका थिए, टाउको फुटेको थियो, मुख फूलिएको थियो, लुगामा माटो लत्पतिएको थियो । मैले यहि बुझें मिटिङको विपरित अर्थअर्थ डायरि, कलम, चिया, छलफल त केवल साना तिना मिटिङ रहेछ । सायद यहि नै होला आजको शब्दकोशमा मिटिङको अर्थ र परिभाषा मैलै जान्नै सकिन बुझ्नै सकिन । मलाई मिटिङको यो चाला, देखेर घृणा लागेर आयो, तर खै के गर्न सकिन्छ र यो मोडिफाइड मिटिङलाई ।

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan