मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

सडक बालबालिकाका जीबन अनि पीडा

कृष्ण के श्रेष्ठ काल्स

मेरो घर अनि मेरो सम्झना

हो, मेरो घर त्यो टाढा कहाँ कहाँको चारैतिर हरिया पहाड र हरियाली, चराहरुको चिर्विराहट, झर्नाको छंछङ स्वरमा रमिरहेको गाँउमा पर्छ । मेरो बाल्यकाल त्यहि वितेको थियो, जहाँ सानो मेरो पराले झुपडि अनि मेरो परिवार संग म रमाई रमाई कुनै पनि दुःखको अनुभव विना जीन्दगी विताएको थिएँ । आफ्नै झुपडिको आगनिमा आमाबुबा अनि साथीभाईहरुसंग रमाईला कुराकानि गर्दै मकै भटमास खानु, साथीहरुसंग लुकामारी खेल्नु अनि विदाकादिन गाई गोठालो जानु मेरो लागि कुनै नौलो दिन हुन्नथ्यो । बा–आमाको काखमा सुत्नु, आमाहरुसंग खेल्नु पानि मेरो वाल्यकालिन वानि थियो । साँच्चै मेरो बाल्यकालि गाउँमै धेरै रमाइलोसंग वितेको थियो । मलाई बुबाआमा दुबैले उत्तिकै माया गर्नुहुन्थ्यो र मैले पनि । मैले जे भन्थेँ त्यहि सामान किन्नुहुन्थ्यो, एक्लो कहिल्यै छोडनु हुन्नथ्यो, कहि कतै जानुभो भनेपनि खाने कुरा वा केहि ल्याईनै रहनुहुन्थ्यो । म संग बसेपछि समय वितेको पत्तो पाउनुहुन्नथ्यो । साँच्चै मलाई सवैजनाले औधि माया गर्नु हुन्थ्यो ती घरमा रहदाँका दिनहरुमा ।
तर, माया धेरै पाएर हो या मैले नबुझेर, किन हो मलाई कुनै वेला गालि गर्नु भयो वा पिटनु भयो भनेपनि म धेरै रिसाउँथेँ र कति रात रिसाएर भोको विताउँथे । कहिलेकाँहि स्कुलमा सरमिसहरुले पिटनु भयो भने पनि म रुन्थँे र रिसाउँथे यो मेरो ठूलो अवगुण नै थियो । यसैकारण म एकदिन जाँड रक्सि खाई बा–आमाले गरेको झगडा र सानो पिटाइ र हप्काइले स्कुल र घर छोडने निधो गरेको हुन्छु र काठमाडौको रंगिन संसारमा रम्ने रहरै रहरमा नयाँ संसारको खोजिमा शहर पस्छु । केहिदिन त साथीहरुसंगका दिनहरु सडकमा रमाईलै विते । तर विस्तारै शहरमा साथी हरुको संगतमा दिन प्रतिदिन विग्रदै नराम्रा कुराहरु गर्न वाध्य हुन्छु र म पनि एक सडक वालबालिकाको नामले छिट्टै चिनिसकेको हुन्छु । त्यसदिन पछिका दिनहरु मेरो लागि सडकमै संघर्ष, जोखिम, दुख, पीडा अनि दर्दनात्मक भएर बाँच्नुपरेको हुन्छ ।
सडकमा भोको पेट पाल्न एउटा झुत्रा लुगा लगाएर, फोहर खानेकुरा खानु, वोरा वोकेर हिड्नु, माग्दै हिड्नु, भोक र चिन्ता हटाउन चुरोट,रक्सि, डेनडाइट खाई पुष माघको चिसोमा खुल्ला आकासमुनि सुत्नु जीन्दगि सम्झन्थेँ । मलाई त्यतिवेलाको दर्दनाक, दुःखदायी अवस्था देखेर विचरा, च्व च्व भनेर सहानुभुति दिने कोहि हुन्नथे । तैपनि म एक्लो थाहानभएको भविष्य कोर्न लागिरहेको हुन्थे । अनि त्यति वेला मलाई मेरो घरपरिवार र आमा बुबाको मायाममताको याद आउँथ्यो की जति वेला म एक रात पनि खान नपाई भोको पेटमा सडक पेटिमा भौंतारिदै ”भोक लाग्यो भोक लाग्यो“ भन्दै आँसु वगाएर भीख मागिरहेको हुन्थे तर मानिसहरु मेरो छेउ आई गिज्याएर वास्तै नगरि जान्थे । साँच्चै मलाई त्यतिवेला दुःख र पीडाको अनुभव हुन्थ्योे अनि आफैमाथी घृणा लाग्थ्यो र सपनाको शहरको रमझम, खाना, पैसा, जीन्दगी सोचे भन्दा ठीक उल्टो भएको पत्तो पाएको थिएँ । तुलना गर्थें यदि त्यसवेला म घरमा हुँदो हुँ त नयाँ लुगा लगाएर आमाको त्यो न्यानो काखमा लुटपुटिदै मकैभटमास खाँदैँ गफ गर्दै हुन्थेँ होला । तर धीक्कार छ मेरो कर्म । म यस्तै सोच्थेँ । पश्चाताप लाग्थ्यो व्यर्थै सानो कुरामै मैले आमाबुबा र घर छाडेको रहेछु भनेर । आमाबुबाको माया जस्तो अरुको हुदैन भन्ने कुरा पनि मैले थाहा पाएँ । आज आफ्नै कारणले बा–आमा र परिवारको माया नपाई जोखिमपूर्ण दर्दनाक जीन्दगी बाँचिरहेकोछु, मलाई यहाँ सवैले हेपिरहेकाछन,कसैले वास्ता गर्दैनन, गालि गरिरहेकाछन न कसैको साथ छ यहाँ न त कसैको माया ममता, एक्लो छु म आज यो सडकमा संसार एक्लो छ ।
र एकछिन पछि मेरो पूराना घर सम्झेँ, खाएको मिठो नमिठो खोलेफाँडो, आमाबुबाको माया अनि आफ्नो गाउँघरलाई सम्झेँ । घरवाट भागेको दिन आमावुबाको रोदनलाई सम्झेँ, आमाको मायालाई सम्झेँ । र आफ्नो गल्तिलाई महसुस गरि सडकका जोखिमपूर्ण भोको जीन्दगी, समस्या हरुबाट सदाकोलागि विदाई गरि अर्को नयाँ बाँकि जीवन बाँच्ने निर्णय गर्छु । साँच्चै म आमाबुबा संगै सानो गाउँमै फर्केर फेरि नयाँ नौलो सुखमय, रमाइलो खुसिपूर्ण जीन्दगिको सुरुवात गर्न चाहन्छु । आजको नौलो विहानी संगै सडकजीवनमा वितेका शहरी जीवन भोगाईका रातहरु, शहरी खतराहरु, नरमाईलोपना, एक्लोपन, गालि गलौज, हेपाई, पिटाइ जस्ता अतितका कुराहरुलाई विर्सेर नयाँ भविष्यको चित्र परिवारमै कोर्नको लागि आफ्नो नयाँ पाईला घरतिर हतारिदै बडाउदैछु .................

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan