मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

गजल

कृष्ण के श्रेष्ठ काल्स


रातो चन्द्र सुर्य झन्डा के फर्फरायौ र परदेशमा
सयौ फूलको थुंगा हामी के गायौ र परदेशमा

परिवार र देश छाडी जिउदा एक्लो तिमि
आमाको न्यानो माया के पायौ र परदेशमा

भोक लाग्दा रोइकराई चिच्याउने तिमि छोरो
मैले भुटया मकै भटमास के खायौ र परदेशमा

पैसाको लोभमा परि विदेशको विकास गरि
आफ्नो देशको चुहिया छानो के छायौ र परदेशमा

रोइराछन् नेपाली यहाँ दुखः अनि पिडा भोग्दै
आँसु पुछ्ने रुमाल किन्न के धायौ र परदेशमा

गोरु जोतेसरी जोति रापिलो घाममा पनि
न शिक्षा पायौ न धन के कमायौ र परदेशमा

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan