मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

व्यंग्य

एक दूरदशी गीत – हट्ने हैन डटी लड्ने.....
(व्यंग)
– श्रेष्ठ सत्य
दोलखा, नेपाल

हट्ने हैन डटी लड्ने नेपालीको बानी हुन्छ
कहिल्यै नझुक्ने शीर उभिएको नेपालीको बानी हुन्छ
विश्वको कुना काप्चामा खोज नेपालीको मुटुमा खोज
त्यहाँ सिंगो नेपाल हुन्छ त्यहाँ राजारानी हुन्छ ।

सानैदेखि विद्यालयको प्रांगणमा गाइने यो गीत अझै पनि जिब्रोमै झुण्डिरहेको छ । अझै पनि कहिलेकाहिं ओंठबाट अनायासै फुस्किन जान्छ । संयोग एक दिन म खाना पकाउँदै यही गीत गुनगुनाउँदै थिएँ । कुमार दाइ अचानक भान्साकोठामा पस्दै भन्नुभयो – सत्यजी यो गीत अहिलेको परिप्रेक्ष्यमा सान्दर्भिक छैन । तपाइँ चाहिं किन अझै योपुरानो र प्रतिगामी गीत गाइरहनुहुन्छ ?

म कुमार दाइलाई यो गीत सान्दर्भिक भएर होइन लत भएर गाएको भनी स्पष्टिकरण दिन खोज्दै थिएँ, सँगै आलु ताछिरहनुभएको सुन्दर दाइले भन्नुभयो – होइन बच्छुजी यो गीत अहिले झनै सान्दर्भिक छ । यस गीतका गीतकार पक्कै पनि दूरदर्शी हुनुपर्छ किनकी यो गीत झन् झनै सान्दर्भिक र यथार्थपरक बन्दै गइरहेको छ ।

होइन सुन्दरजी तपाइँले भन्न खोज्नुभएको के हो ? त्यो गीत अहिलेको लोकतान्त्रिक गणतन्त्र नेपालमा कसरी सान्दर्भिक हुन्छ ? तपाइँ पनि जे पायो त्यही बोल्नुहुन्छ ।

सुन्नुहोस् बच्छुजी, हट्ने हैन डटी लड्ने नेपालीको बानी हुन्छ – भन्ने वाक्य कति यथार्थ र व्यवहारिक छ अहिले? हामी नेपाली हट्न र झुक्न त जानेकै छैनौं । इतिहाँसमा दरबारको भाइभारदारमा मात्र सीमित लडाइ, २०३६ सालमा राजा र जनताबीच विस्तार भयो त्यही लडाइँ २०६६ सालमा आइपुग्दा गाउँगाउँमा बस्ती बस्तीमा विस्तार भइसकेको छ । जातीयता, क्षेत्रीयताको नाममा, धर्म र भाषाको नाममा हेर्नुहोस् नेपालीको नेपालीबीचको लडाइँ । पहिले विदेशीहरुलाई खेद्न सीपालु नेपालीहरु अहिले आफ्नै देशवाशीलाई एक ठाउँबाट अर्को ठाउँमा खेद्न र नसके ज्यानै लिन कम्मर कसेर लागिपरेका छन् नेपालीहरु । यहाँ झुक्न त कोही जानेकै छैनन् सबै डटी लड्न र मर्न मार्न तयार छन, पछि हट्न कोही तयार छैनन् । अहिले जस्तो डटी लड्ने नेपालीहरु इतिहाँसको कुनै पनि पन्नामा पहिले कहिल्यै पाएका थियौ त हामीले ? अब त लड्नु,लडाउनु मर्नु, मार्नु हामी नेपालीहरुको जन्मजात बानी नै भइसकेको छ । हेर्नुहोस् त बच्छुजी गीतकारले कति मज्जाले हाम्रो वर्तमान अवस्थालाई छर्लंगै चित्रित गरेका छन् यस गीतमा ?

कुमार दाइले उहाँको कुरालाई खण्डन गर्न त सक्नुभएन उहाँले फेरि सुन्दर दाइसँग अर्को प्रश्न गर्नुभयो

ल तपाइको त्यो राय त ठिकै छ तर त्यस पछिको पंक्ति– त्यहाँ सिंगो नेपाल हुन्छ, त्यहाँ राजारानी हुन्छ भन्ने वाक्यांश त अहिले बकवास नै होइन त, सुन्दरजी ? यो त गीतकारको अन्ध राजभक्त मात्र होइन र ? अब त राजारानी त रहेनन् नि । यसमा चाहिं तपाइको के तर्क छ त , मेरो प्यारो राजावादी मित्रज्यू ?

सुन्दर दाइले आफ्नो तर्क यसरी राख्नुभयो –

यो वाक्यांश त नेपालको वर्तमान र भविष्यसँग झनै ठ्याक्कै मेल खान्छ, । गीतकारको आफ्नो दूरदर्शी क्षमता यो हरफमा अझै निखारिएर प्रस्फुटन भएको छ । विश्वको कुना काप्चामा खोज नेपालीको मुटुमा खोज त्यहाँ सिंगो नेपाल हुन्छ त्यहाँराजारानी हुन्छ यही होइन त त्यसपछिको हरफ ?

यसमा गीतकारले के भन्न खोजेका हुन् भने नेपाल त अब जात, धर्म, क्षेत्रीयताको नाममा टुक्रिने नै भयो, बाइसे र चौबिसे देशहरुमा, त्यसबेला नेपाल भन्ने एउटा सिंगै राष्ट थियो भन्ने कुरा विश्वको कतै कतै कुनाकाप्चामा कसै कसैलाई मात्र थाहा हुनेछ तर टुक्रा टुक्रामा विभाजित नेपालमा रहने सारा नेपालीहरुको मुटुमा भने एक जमानामा नेपाल सिंगै थियो भन्ने भावना रहिरहनेछ । अब कुरो रहयो राजारानीको , नेपालमा गणतन्त्र आएर शाहवंशीय राजतन्त्रको त अन्त्य भयो तर के साँच्चै जनताको लोकतन्त्र, जनताको गणतन्त्र आयो त ? गणतन्त्रको आगमन पछि पनि नेपाली जनताहरुलाई यहाँका तथाकथित राष्टपति, प्रधानमन्त्रीहरुले रैती र दास बाहेक केही देखे त ? उनीहरुका प्रत्येक कदमहरु राजाका भन्दा पनि निरंकुश, स्वेच्छारी र व्यक्तिवादी ठहरिएका छन् । त्यर्सले कहाँ आयो यहाँ लोकतन्त्र कहाँ आयो जनताको शासन, पार्टिभित्र, सरकार भित्र नेताहरुको योगदान र बलिदानको आधारमा नभई नातावाद र फरियावादको आधारमा पदोन्नति भइरहेको छ । यही हो राजतन्त्र र यही नातावाद र फरियावादलाई नै गीतकारले रानी भन्न खोजेका हुन् , कि कसो सत्यजी ?

मैले स्वीकारात्मक टाउको हल्लाएँर मलाई त्यही गीतको अर्कोहरफको बारेमा सुन्दर दाइसँग जिज्ञासा राखें– अनि दाइ, गीतकारले हामे मादल शान्तिको लागी मरुभूमिमा परेड खेल्छ भन्नुको अर्थ चाहिं के हो नि ? शान्तिको लागी हाम्रो मादल मरुभूमिमै गएर परेड खेल्नुपर्ने किन ? आफ्नै डाँडाकाँडा र फाँटमा परेड खेले हुन्न र ?

यो वाक्यले त झनै हामे वर्तमान अवस्थालाई छर्लंगै उतार्न सफल भएको छ । हाम्रो देशमा गरिबी, बेरोजगारी बढेकै कारण लडाइँ झगडा र अशान्ति व्याप्त छ । त्यसैकारण लाखौं नेपालीहरु प्रत्येक वर्ष विदेशिन बाध्य छन् । मरुभूमि भनेर गीतकारले खाडी क्षेत्र र विदेशिने नेपालीहरुको अवस्थालाई भन्न खोजेका हुन् । नेपालीहरु विश्वको जुनसुकै कुनामा गए पनि मरुभूमितुल्य जीवन बिताउन विवश छन् नपत्याए हामी बेलायतमै बस्नेहरुको जीवन हेरौं के हामीले मूरुभूमिमा भन्दा कम सास्ती झेलिरहेका छौं त ? जहाँ गए पनि नेपालीले मादलै बन्नुपर्ने मादलले जस्तै चोट पाउनुपर्ने भएको छ । जति इमान्दार र परिश्रमी भए पनि नेपालीहरुले सहनै पर्नेर आफ्नो अधिकारको लागी लड्नैपर्ने कुरालाई त भर्खरै सफल भएको भुपू सैनिकहरुको आन्दोलनले पनि पुष्टि गरिसकेको छ नि ।

त्यसैले यस गीतका गीतकारले गीतका प्रत्येक हरफहरुमा मार्मिक रुपमा नेपालको वर्तमान र भविष्यको कुशल चित्रण गरेका छन् । गीतकार निश्चित रुपमा राष्टप्रेमी र दूरदर्शी सावित भएका छन ।

यो कुरा सुनेर कुमार दाइ हाँस्दै बाहिर निस्किनुभयो भने सुन्दर दाइ र म भान्साकोठामै बसेर त्यही मर्मस्पर्शी गीत गाउन थाल्यौं

हटने हैन डटी लड्ने .................



–समाप्त–

2 comments:

  1. Krishna K shrestha"Kals" said...
     

    dherai ramro lagyo lekh

  2. sagun said...
     

    parocha yethartha

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture