

कृष्ण के श्रेष्ठ "काल्स"
योकोहामा
महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा हिजो नेपाल जापान सेवा समाज को आयोजनामा दर खुवाउने कार्यक्रम सम्पन्न भयो I
कार्यक्रम योकोहामा कोगानेच्यो स्टेसन मा अबस्थित नेपाली रेस्टुरेन्ट मुन लाइट मा गरिएको थियो I
उक्त्त कार्यक्रममा योकोहामा वरपर रहनु भएका महिला दिदि बहिनीहरु लगायत केहि पुरुष साथीहरु को पनि उपस्थिति रहेको थियो I
करिब ६ बजे बाट सुरु भएको कार्यक्रम दर (नेपाली भोज) बाट सुरुभएको थियो भने नेपाली तीज का गीत हरुमा रमाइलो नाचगान गरेर समापन भएको कुरा संस्थाका सचिब प्रकास गुरुङ ले बताउनुभयो I
साथै आउदो विजयादशमीको उपलक्ष्यमा भेटघाट कार्यक्रम को आयोजना गरिने कुरा पनि संस्थाका बताउनुभयो I
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment