
यो दशैंमा पनि भयो ठूलै घात हजुर ।
गजल

दिन पनि मेरा त भए नि रात हजुर,
यो दशैंमा पनि भयो ठूलै घात हजुर ।
अर्को वर्षत जान्छौ घर - फुल्याएथे साहुले
यसपाली फेरि पनि हान्दिए लात हजुर ।
गाली गलौंज मात्र मालिकका हजार,
कहिले पर्ला निधारमा बडाका हात हजुर ?
दाजुभाइ जम्मा भई गाउँमा पीङ खेल्दा,
आफ्नो भने जहिल्यै कामकै छ खात हजुर ।
दुःख जति भए पनि र्स्वर्गै हो मातृभूमि,
विदेशमा भइन्छ सधैं नै कुजात हजुर ।
श्रेष्ठ सत्य
दोलखा, नेपाल
हाल, बेलायत ।
0 comments:
Post a Comment