
मर्न पनि तयारै छु
मान्छौ भने आजै बिहे, गर्न पनि तयारै छु
तिम्रो लागि मर्नुपरे, मर्न पनि तयारै छु
तिमी खुसि हुन्छौ यदि, मेरो मन दुख्दा खेरी
आँखा बाट आँसु बनि, झर्न पनि तयारै छु
तिमी पाउने आशामा म, मायाको त्यो सागरमा
डुवेडुवेस आँखै चिम्ली, तर्न पनि तयारै छु
चोखो माया गर्छु भनि, देखाउन तिम्रो सिउँदो
हात काटी रगतैले, भर्न पनि तयारै छु
वास छैन मेरो लागि, भन्यौ तिम्रो मुटु माझ
खालिगरी आफै बसाईं, सर्न पनि तयारै छु
लाखौं बिन्ति गरिसकें, राजीखुसी बिहे गरौँ
हुन्न भन्छौ अझै भने, हर्न पनि तयारै छु











great devotion krishnajee........pyar kiya to darna kya ???