मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

मोतिराम सेतुराम पुरस्कार वितरण



मोतीराम-सेतुराम पुरस्कारबाट पुरस्कृत संगितकार Gaire Suresh
 नेपाली गजलको विकास, विस्तार र परिष्कारको लागि स्थापना भएको यस अनाममण्डलीले विगत छ वर्षदेखि नेपाली गजलको क्षेत्रमा गोष्ठी, अन्तक्र्रिया गर्नुका साथै गजलकृति प्रकाशन, सैद्धान्तिकसमालोचनात्मक कृति प्रकाशन तथा गजलप्रधान पत्रिका अनामको नियमित प्रकाशन गर्दै आइरहेको छ । यसरी नै विभिन्न समयमा विभिन्न स्रष्टाका गजलहरुको संयुक्त संग्रह प्रकाशनको तयारी पनि गरिरहेको जानकारी गराउँदछु । नेपाली गजलका आदिगजलकार मोतीराम भट्टको १४६ औँ जन्मजयन्तीको अवसरमा यही भदौ १६ गते शुक्रबार अनाममण्डलीले दुई जना स्रष्टालाई मोतीराम सेतुराम गजल पुरस्कारबाट पुरस्कृत गरेको छ । तीन तीन हजार नगद र प्रमाणपत्र रहेको उक्त पुरस्कार संगीतकार सुरेश गैरे र पोखराका गजलकार आवाज शर्मालाई राजधानीमा आयोजित एक कार्यक्रममा गजलकार प्राज्ञ बूँद राना र गजलका रवि प्राञ्जलले प्रदान गर्नुभयो ।

परिका कथा गजल सग्रहका लागि पुरस्कृत गजलकार Aabaj Sharma

सोही कार्यक्रममा प्रवासमा रहेका सर्जकहरु फणिन्द्र गिरी शान्त, निराजन प्रभात लुइँटेल र सन्तोष सिटौलाको संयुक्त गजलसंग्रह परिवेश चिहाउँदा तथा बहराइनमा रहेका तीर्थ यात्री पौडेलको गजलकृति माटो दुख्छको विमोचन पनि गरिएको थियो । अनाममण्डलीले नियमित प्रकाशन गर्दै आएको अनाम पत्रिकाको तेस्रो अंक गजलसमीक्षा विशेषांकको सार्वजनिकीकरण पनि सोही कार्यक्रममा गरियो ।

परिवेश चियाउँदा, माटो दुख्छ गजल सँग्रह तथा अनाम पत्रिकाको ४औ अङ्क विमोचन हुँदै...
विमोचित कृतिका बारेमा युवासमालोचकहरु सरोज घिमिरे र प्रभाती किरणले बोल्नुभयो । कार्यक्रममा पुरस्कृत संगीतकार सुरेश गैरेले नेपाली गजललाई स्तरीय बनाउन र संगीतमा ल्याउन आफूले सक्दो प्रयास गरिरहेको बताउनुभयो । गैरेले नेपाली गजल संख्यात्मक रुपमा धेरै आए पनि  गुणात्मक कम भएको भन्दै गजललाई गायनमा ल्याउन लयबद्ध गजल लेखिनुपर्नेमा जोड दिनुभयो । अर्का पुरस्कृत स्रष्टा आवाज शर्माले गजल शास्त्रीय विधा भएको र यो अध्ययन र अभ्यासले मात्र लेख्न सकिने उल्लेख गर्दै आफूलाई पुरस्कृत गरेर अनाममण्डलीले थप जिम्मेवारी बोध गराएको बताउनुभयो ।
प्रमुख अतिथि प्राज्ञ बूँद रानाले अनाममण्डलीका कामको प्रशंसा गर्दै आगामी दिनमा झनै राम्रा काम गर्न शुभकामना दिनुभयो । कार्यक्रममा रेडियोकर्मी नवीन दाहाल, कवि देवी नेपाल, गजलकार रवि प्राञ्जललगायतले पुरस्कृत स्रष्टालाई बधाई दिनुभयो ।
अनाममण्डलीका अध्यक्ष घनेन्द्र ओझाले अनाममण्डलीले आगामी दिनमा अरु नयाँ काम गर्ने उल्लेख गर्दै यसका लागि सबै पक्षको सहयोग र सद्भाव आवश्यक रहेको बताउनुभयो ।  





प्रस्तुत बिज्ञप्ति : अनाममण्डलीको प्रेस विज्ञप्ति
घनेन्द्र ओझा
अध्यक्ष
अनाममण्डली

फोटो : सबिन सिंह फेस बुक

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan