मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

बेग्लै छ कहानी (गजल)





धेरै माया गर्नुमा, बेग्लै छ कहानी
तिमिनै मन पर्नुमा, बेग्लै छ कहानी

सुनसान यो साँझमा, भौतारेर एक्लै
फूलबारी चर्नुमा, बेग्लै छ कहानी

बिहानी जिस्मिसेमा, आँखा मिचीमिची
ढुंगेधारा झर्नुमा, बेग्लै छ कहानी

धेरै हुन्थे अप्सरा, कल्पनामा तर
छड्के आँखा तर्नुमा, बेग्लै छ कहानी

असारे बाढी जस्तै, बग्दैथियो माया
पुलबिना तर्नुमा, बेग्लै छ कहानी

थियौ तिमि कता खै?, अर्कै दुनियामा
व्यर्थै डेरा सर्नुमा, बेग्लै छ कहानी

जिउने आस हुँदानी, तिम्रो माया बिना
जिउंदैमा म मर्नुमा, बेग्लै छ कहानी 



0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan