मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

बिश्व साइकल यात्रीको अन्तरबार्ता हो या बिज्ञापन?



हिजो यस्सो फुर्सद को बेलामा dcnepal.com हेर्दै थिएँ । त्यसै क्रममा नेपाली बिश्व साइकल यात्री सौरब दाहालको जापान आउँदाको लामो २० मिनेट जतिको भिडियो राखिएको रहेछ  ।


बिश्वमा शान्तिको सन्देस फैलाउने उधेश्य लिएर हिड्नु भएका सौरबजी लाई हामी नेपाली सबैले धन्यवाद  नदिई राख्न सक्दैनौ । यहि हप्ता संयोगबस आफू बसेको राष्ट्र जापानमा आउनुभएका सौरबजी लाई हामी सबै नेपालीको तर्फबाट स्वागत छ जापानमा । अनि उहाँको यात्रा, लक्ष्य सफल होस् यहि हाम्रो सुभकामना छ । 

मलाई त लागेको थियो, त्यस भिडियोमा उहाँका व्यक्तित्व, विचार, उधेश्य, लगायत अन्य यात्राका तिता मिठा  संस्मरण हरुका बारेमा जान्न पाइन्छ होला । अनि उहालाई अन्य बिबिध कुराहरुमा प्रश्नहरु सोधिएका हुनेछन होला जस्तो लागेको थिएँ तर मैले जब भिडियो अन गरेर हेर्न लागें, भिडियो यसरि सुरु हुन्छ कि ,

साकुरा जापानिज कलेजको पोस्टर अघाडी, केहि नेपाली बिद्यार्थी संगै दुइजना जापानी अनि एकजना जापानी भाषा परिबर्तक नेपाली अनि सौरब दाहालजी हुनुहुन्छ । मलाई त लाग्थ्यो जापानीजले सुरुमा सौरब जी लाई प्रश्न गर्नुहुन्छ होला, तर ठिक बिपरित सौरबजीले स्वागत गर्नु हुन्छ साकुरा कलेजका प्रिन्सीपल लाई । अनि भिडियो को अन्त्य सम्म पनि सबै प्रश्न सौरबजीकै बाट हुन्छ । अन्त सम्म पनि कलेजका बारेमा विभिन्न कुराहरु खोतालिन्छ, अझ प्रस्ट भन्नु पर्दा साकुरा कलेजको बिज्ञापन गर्न खोजिन्छ पुरै भिडियो अबधिभरनै । 

कलेज मा के पढाइन्छ ? कति जना बिद्यार्थी पढ्छन? किन नेपाल नै छान्नु भाको ? आदि इत्यादी बिषय हरुमा पुरै अन्तर्वार्ता फोकस भएको हुन्छ । यानकी सौरबजी को कुनै पनि सानो परिचय, उहाँको व्यक्तित्व को बारेमा कुनै कुरा पनि आएको हुदैन त्यहाँ  । 

अनि मलाई लाग्यो यो एउटा साकुरा कलेजको बिज्ञापन मात्र होला , नभए किन अन्तरबार्ताको नाममा साकुरा कलेजलाई मात्र फोकस गरिएको हो, सौरब जी लाई फोकस गर्नुको सट्टा ? अथवा के यो बिज्ञापन भिडियो राख्नको लागि साकुरा कलेज ले dcnepal.com लाइ महँगो शुल्क तिरेको छ ? या dcnepal.com का संचालकले भिडियोनै नहेरी यो भिडियो पोस्ट गरेको हो ? यो बहसको बिषय बनेको छ मेरो विचारमा । 

यदि तपाई पनि हेर्नु हुन्छ भने तल क्लिक गरेर हेर्नु होला अनि मुल्यांकन गर्नुहोला के यो अन्तर्वार्ता हो या बिज्ञापन ? अनि सुझाब दिन नबिर्सनु होला ।




फोटो : सौरब दाहाल फेसबुक
भिडियो :स्रोत dcnepal.com

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan