मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

विभेदको शिकार

 
 
कथा



        म आज के गर्दैछु - मेरो जीवनमा यस्तो असोचनीय परिवर्तन कसरी आयो - दोष शायद मेरै थियो होला । मलाई त थाहै थिएन, हाम्रो देश नेपालमा नेपालीहरु मात्र नभई त्यस भित्र पनि केबल जन्मकै आधारमा मात्र ठूला र साना मान्छेहरु पनि छन् भनेर । जसको स्थान उसको काम र व्यवहारको आधारमा नगरिएर ऊ जन्मेको गर्भको आधारमा तय गरिन्छ । यो अवैधानिक र अवैज्ञानिक प्रणाली आधुनिक नेपालमा अझै पनि विद्यमान छ भन्ने कुरो मलाई त पत्तै भएनछ । नेपालबाटै नर्सिङसम्मको अध्ययन काठमाडौंमै बसेर पढेको भए तापनि नेपालमा जातभातको छुवाछुतको अमानवीय चलन अझै पनि जिउँदो छ भन्ने कुरो मलाई त थाहै थिएन । मलाई आर्श्चर्य त यस कुरामा लाग्दछ की शिक्षित, सभ्य र आधुनिक भनाउँदो मेरै परिवार पनि यस अन्ध विभेदलाई हृदयदेखि नै अंगाल्छन् भनेर । किन उनीहरुले एक स्वस्थ, स्वच्छ अनि पढेलेखेको, सबल र सक्षम व्यक्तिलाई पनि आफ्नो ज्वाइँको रुपमा स्वीकार्न तयार भएनन् केबल उसको नामको पछाडि झुण्डिएको थरको कारण - यो प्रश्न मेरो मानसपटमा बारम्बार खेलिरहन्छ । 

बेलायतको मध्य लण्डन अवस्थित कलेजमा डिप्लोमा पढ्न गएको दिनदेखि नै कवि परियारसँग मेरो नियमित देखभेट हुन थालेको थियो । हँसिलो, सहयोगी र मिजासिलो स्वभावका कारण कक्षामा शिक्षकदेखि अन्य साथीहरु सबैका माझ ऊ अत्यन्तै प्रिय थियो । मैले कविलाई लिएर कुनै पनि रंगीन सपनाहरु बुन्न थालेको थिइन नि । त्यसबेला त मेरो एउटै लक्ष्य थियो कि जसरी पनि स्नातकोत्तर उतिर्ण  गरेपछि मात्र प्रेम र विवाहको बारेमा सोचौंला भन्ने । मेरा बुबा आमा र एक मात्र दिदीले पनि मलाई सदैव पढाइमा नै केन्द्रित रहने प्रेरणा दिनुहुन्थ्यो । तर विस्तारै मलाई पनि लण्डनको हावाले छुन थालेछ क्यारे । लण्डन गएको छ महिनाभित्रै आफूले चिनेका जति प्राय सबैजसो साथीहरु गर्लफ्रेण्ड र ब्वायफ्रेण्ड बनाई जोडी जोडीमा बाँधिइसकेका थिए । त्यस्तैमा मलाई मात्र एक्लै एक्लै रहन कठिनाइ महशूस हुँदै गएको थियो । विदेशको ठाउँमा आफ्नो भन्ने कोही नभएको र आफ्नो दुख सुख बाँड्नका लागि पनि मैले कसैको आवश्यकताको महशूस गरेको थिएँ । यसै वातावरणको प्रभावमा परेर हो या साँच्चै प्रेममा परेर हो, कविले एक दिन मलाई प्रेम प्रस्ताव राखेको थियो । कविले मरिहत्ते गरेर मेरो पछि लाग्न थालेको र आफूलाई पनि कसैको आवश्यकताको महशूस भएको अवस्थामा मैले उसको प्रस्तावलाई स्वीकारेको थिएँ । यसरी लण्डन पुगेको एक वर्षपनि पूरा नहुँदै म पनि कसैको प्रेममा परिसकेको थिएँ । केही समयपछि नै हामी दुवैजना सँगै बस्न थालेका थियौं । 
 

म लण्डन गएको एक महिना जति समय पछि काठमाडौंबाट मेरै एक छिमेकी दाइ पनि लण्डन आउनुभएको थियो । उहाँलाई मैले कविसँग पनि परिचय गराइदिएको थिएँ । उहाँलाई मैले कवि र मेरो सम्बन्धको बारे पनि बताइदिएकी थिएँ । त्यतिन्जेलसम्म मैले आफ्नो घरतिरको कसैलाई पनि आफ्नो प्रेम सम्बन्धको बारेमा पत्तो दिएको थिइनँ नि । कविसँग परिचय गराइदिएको बेलुकीपख दाइले मलाई फोन गरेर भन्नुभएको थियो - "रिना, कवि र त्रि्रो प्रेम सम्बन्ध लण्डन बसुन्जेलको टाइम पास मात्र त होला नि, होइन -" छिमेकी दाइको यो प्रश्नले मलाई पगली तुल्याएको थियो । मैले उहाँलाई र्झकंदै भनेको थिएँ - "दाइ, हजुरले के भन्नुभएको त्यस्तो - हामी जहाँ पुगे पनि नेपाली हौं नि, हामी पश्चिमीहरुले जस्तो प्रत्येक औंशी र पुणिर्मामा प्रेमी वा पति फर्ेन सक्दैनौं नि । मैले त कविलाई मेरो एक प्रेमी मात्र नभई मेरो जीवनसाथीकै रुपमा स्वीकारिसकेको छु । ऊ विनाको जीवनको त म कल्पना पनि गर्न सक्दिन नि ।" दाइले मलाई फेरि सम्झाउनुभएको थियो - "तिमी मलाई अन्यथा नठान, रिना, कवि राम्रो, भरपर्दो र विश्वासिलो केटो हो भन्ने कुरामा मलाई रत्तिभर पनि शंका छैन तर तिम्रो यो सम्बन्धलाई तिम्रो परिवारले कुनै पनि हालतमा स्वीकार्दैनन् भन्ने कुरा पनि स्पष्ट छ । किनकी तिमी छेत्री हौ र कवि दमाइ हो । पानी चल्नेसम्मको जात भइदिएको भए खोइ कुन्नि तर पानी नै नचल्ने जातलाई उनीहरुले कदापि स्वीकार्ने छैनन् । यसतर्फपनि विचार पुर्‍याऊ है केटी । "

"जातपातको कुरा त मैले कथा, फिल्म र टेलिफिल्महरुमा मात्र पढेको र देखेको थिएँ । के त्यो यस एक्काइसौं शताब्दिमा पनि अझै अस्तित्वमा छ र मेरो देशमा - अनि मेरा सभ्य, शिक्षित र समझदार परिवारले यो अन्धविश्वासी र अवैज्ञानिक जातपातको प्रणालीमा विश्वास गर्लान् र दाइ -"
"तिमी आफ्ना बुबा आमा र परिवारप्रति यस कुरामा भर नपर । मैले त्रि्रा जस्ता धेरै शिक्षित आमा बुबाहरु देखेको छु । उनीहरु र्सर्टिफिकेटले मात्र शिक्षित कहलिएका हुन् वास्तवमै शिक्षा र ज्ञान पाएर नै भएका होइनन् ।" दाइ आफ्नो कुरामा निश्चिन्त हुनुहुन्थ्यो ।

दाइको कुरालाई मैले केही महत्व दिइनँ, महत्व दिन आवश्यक पनि ठानिनँ । मेरा परिवारले कविलाई शुरुमा नस्वीकारे पनि पछि स्वीकारिहाल्नुहुन्छ भन्ने कुरामा म ढुक्क थिएँ किनकी उनीहरुले आफ्नी छोरीलाई वास्तवमै माया गर्छन् भने उसको इच्छा र चाहनालाई अवश्यै सम्मान गर्लान भन्ने मलाई लागेको थियो ।
त्यसै साता मैले मेरो अमेरिका रहनु हुने दिदीको प्रतिक्रिया जान्नको लागि उहाँलाई भनेको थिएँ - "दिदी यहाँ मलाई एकजना केटाले मलाई मन पराएर प्रेमप्रस्ताव राखेको छ तर मैले उसलाई केही भनेको छैन नि किनकी ऊ हाम्रो जातको होइन ।"

दिदीले कविको जातको बारेमा थाहा पाउने बित्तिकै मलाई भन्नुभएको थियो - "रिना, कविको प्रस्तावलाई स्वीकार्ने कुरै हुँदैन नि । केही गरी त्यसो हुन गयो भने ठूलै अनर्थ हुन जानेछ, तिमीलाई थाहै छ हाम्रो बाबाको स्वास्थ्य स्थिति, उहाँलाई हर्ट एटेक हुनेछ । त्यसैले मेरी बहिनी तिमी कविको बारेमा सोच्न पनि नसोंच, प्लीज ।"

"दिदी, हजुर पढेलेखेको अनि अमेरिकाको वातावरणमा राम्रैसँग भिजिसक्नुभएको मान्छे पनि यस्तो जातपातको कुरामा विश्वास गर्नुहुन्छ - कवि असल छ, राम्रो छ, मेहनती, बुद्धिमान अनि इमान्दार छ भने उसमा व्यक्तिगत रुपमा के कमजोरी छ र -" मैले दिदीलाई प्रश्न गरेको थिएँ ।

"बरु अरु सबै कमजोरीहरु स्वीकार्न सकिन्छ तर कविको जातलाई स्वीकार्न सकिंदैन । मेरी बहिनी तिमी अझै बच्चै छौ, तिमी कुरा बुझ्ने कोशिस गर । भावना र आदर्शमा बगेर केही फाइदा छैन, तिमी यथार्थको धरातलमा उभिएर हेर ।" दिदीले निकै बेरसम्म मलाई सम्झाउनुभएको थियो टलिफोनमै । दिदीको कुराले म एकछिन सोंच्न बाध्य भए पनि म कविलाई कुनै पनि हालतमा छाड्न सक्दिनथें ।

दिदीले यो कुरा थाहा पाएदेखि नै मलाई मेरो बाँकी अध्ययन पूरा गर्नका लागि भनी अमेरिका नै आउने दवाव दिन थाल्नुभयो । दिदीले मलाई मेरो सम्बन्धको बारेमा परिवारलाई केही थाहा दिएको छैन भने पनि मलाई घरबाट पनि बारम्बार अमेरिका नै गएर पढ्ने  सुझावहरु आउन थाले । बेलायतमा एक्लै बस्नुभन्दा अमेरिकामै दिदी बहिनीसँगै भए आपसमा धेरै भरथेग हुने र परिवारलाई पनि ढुक्क हुने कुराहरु बताउन थाले । मेरा सबै परिवारको तारन्तारको दवाव अनि बेलायतमा विद्यार्थीको लागि अत्ती कडा नियम लागू भएर निकै कठिनाइँ भएको बेलामा मैले अन्ततः अमेरिका जाने नै निर्णय गर्न विवश भएँ ।

मेरो अमेरिका प्रस्थानको लगत्तै कविले पनि अमेरिका जानका लागि प्रक्रिया थाल्ने निर्णय गर्दै तत्कालका लागि ह्रि्रो विमानस्थलबाट म अमेरिकाको लागि उडेको थिएँ । जीवनसाथीको रुपमा स्वीकारिसकेको कविलाई एक्लै बेलायतमा छाडेर अमेरिका पुगेको मलाई कविको यादले दिनरात नराम्ररी सताएको थियो । ऊ विनाका हरपल हरक्षण मलाइै रित्तो रित्तो लागिरहन्थ्यो । म दिदी नभएको मौका पारेर कविलाई सम्झी रोइरहन्थें ।

म अमेरिका पुगेको दुइ महिना पुग्न लाग्दा कविले पनि अमेरिकामा अध्ययनको लागि विद्यार्थी भिसा पाएको थियो । यो कुरा मेरो दिदीलाई थाहा नहुनु पर्ने हो । म भने अधैर्यपुर्बक कवि अमेरिका आउने दिन गनेर बसिरहेको थिएँ । यस्तैमा अचानक नेपालमा बुबाको स्वास्थ्य एकदमै ब्रि्रेर उहाँलाई अस्पतालको सघन उपचार कक्षमा उपचारको लागि राखिएको छ भन्ने खबर पाएपछि दिदी र म आँत्तिंदै तुरुन्तै नेपाल जानुपरेको थियो ।

हामी दुइ बहिनी नेपाल पुग्दा बुबाको स्वास्थ्यस्थिति सुधारोन्मुख अवस्थामा थियो । उहाँलाई हृदयाघात भएर पनि समयमै अस्पताल पुर्‍याएकोले त्यस्तो अप्रिय घटना घट्न नपाएको रहेछ । म नेपाल आउने थाहा पाएर मेरो दिदीकै सल्लाहमा मेरा बुबा, आमा र आफन्तजनले सोही मौका पारेर मेरो विवाह गरिदिनका लागि केटा पनि खोजेर ठिक्क पारिसकेका रहेछन् । यसबारे मलाई त केही पनि थाहा थिएन । मैले लाख प्रयास गर्दा पनि त्यसलाई इन्कार गर्न अनि कविसँगको प्रेमलाई जीवन्तता दिन सकिनँ । मेरा परिवारजनको व्यापक दवाव र बुबाको स्वास्थ्यस्थितिको अगाडि म एक अवलाको केही जोर चलेन र म विवश भई जिउँदो लाश झैं बनी मन मुटुभरि कविलाई सजाउँदै एक अन्जान अजनवी व्यक्तिको गलामा वरमाला पहिर्‍याइदिन पुगेको थिएँ ।

कवि मलाई पच्छ्याउँदै अमेरिका पुगेको थियो । म भने नेपाल पुगेर वैवाहिक जीवनको शुरुवात गर्दै थिएँ । मैले कविलाई सर्म्पर्क गर्ने हिम्मत जुटाउन सकिनँ भने मैले उसलाई आफ्नो मनमस्तिष्कबाट निकाल्न पनि सकिनँ । विवाहपश्चात म मेरो पतिसँग नेपालमै रहने भएँ भने दिदी मात्र एक्लै अमेरिका फर्किनुभयो । नेपालमा मैले पर्ूववत् नर्सिंङ पेशा नै अपनाउन थालें एक सरकारी अस्पतालमा । त्यस्तै छ महिना पछि एक दिन म रात्री ड्युटीमा रहेको बेला आकस्मिक उपचार कक्षमा मोटरसाइकल दर्ुघटनामा परेको लाश आइपुगेको थियो । जसको अनुहार र टाउको क्षतविक्षत भएर चिनिनसकिने भएको थियो । प्रहरी छानविनको क्रममा उक्त लाश कवि परियारको भन्ने पत्ता लाग्यो । दुर्घटनाको कारण थियो - अत्याधिक मदिरा सेवन गरेर मोटरसाइकल चलाउनु । कविले चलाएको मोटरसाइकल सोझै सडक छेउको विजुलीको खम्बामा ठोक्किन पुग्दा कविको सो हालत भएको थियो ।

मैले जानेसम्म कविमा धुम्रपान र मध्यपान केहीको पनि अम्मल थिएन । ऊ सुपारी समेत खाँदैनथ्यो । केही समयपछि नै कविको परिवार पनि अस्पताल आइपुगिसकेको थियो । उनीहरुका अनुसार तीन महिना अघि नै कवि अमेरिकाबाट नेपाल फर्केको थियो । उसको मानसिक अवस्था ठिक थिएन । उसमा विस्तारै जाँड रक्सी र चुरोट सेवन गर्ने बानी बढ्दै गएको थियो । परिवारसँग घुलमिल नगरी एक्लै एक्लै रहने गर्दथ्यो । ऊ उदास, निराश देखिन्थ्यो, मानौं विशाल पीरको भारी बोकेर बाँचिरहेको छ । उनीहरुले अनेक प्रयास गर्दा पनि कविले परिवारलाई केही पनि भनेन बरु ऊ आफूले आफूलाई सम्हाल्ने प्रयास भने गरिरहन्थ्यो । यस्तैमा कविको यो दुर्घटना हुन पुगेको थियो ।

कविको बारे यो कुरा सनिरहँदा मलाई त्यहाँ उभिन कठिन कठिन महशूस भएको थियो । मलाई अचानक भुइँमा लडुँला जस्तै भयो । म विस्तारै भित्ताको सहारा लिंदै नजिकैको कुर्सि सम्म  पुग्न भ्याएको थिएँ । मेरो चारैतिर त्यो उज्यालो वातावरणमा पनि मेरा लागि अन्धकारको साम्राज्य फैलिएको थियो । मलाई ग्लानि र अपराधबोधले जलाउन थाल्यो । मैले कविको त्यो हालत हुनुमा मध्यपानको नभई मेरो आफ्नै दोष देखें र आफूलाई कविको हत्याराको रुपमा देख्न थालें । कविले मेरो लागि के गरेन - बेलायतबाट अमेरिका गयो, अमेरिकाबाट नेपाल फर्कियो र अन्ततः मध्यपानको कुलतमा फँसेर आफ्नो ज्यानै समेत गुमायो ।

कविकै याद र चोखो प्रेम संगालेर अन्धविश्वासी समाज र परिवारलाई मनमनै तिरस्कार गर्दै बाँकी जीवन गुजार्न म बाध्य छु ।


-    श्रेष्ठ सत्य
दोलखा, नेपाल
हाल
बेलायत

0 comments:

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture