
नयाँ बर्ष (गजल)
खुसि अनि उमङ्ग छाउँछ रे यो सालमा
विदेश गाको छोरो आउँछ रे यो सालमा
मिलिजुली एकभई नेपलिसब मिल्दाखेरी
कोइलीले मिठो गित गाउँछ रे यो सालमा
गरिबलेनि नयलुगा अनि खान पाउँदा
चहकिलो घाम पनि उदाउँछ रे यो सालमा
अशान्त बनाकोथ्यो युद्धले बुद्ध भुमि तर
बुद्धयुद्ध दुवैले मित लाउँछ रे यो सालमा
अपहरणमा पर्छ भनि गाउँ नफर्कनेहरु
आफन्त संगै दशैं मनाउँछ रे यो सालमा
नेपाली सब खुसीले रमेको त्यो दिन देख्दा
भगवानले राम्रो आशिष पठाउँछ रे यो सालमा
0 comments:
Post a Comment