मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

भए पुग्छ मलाई

 गजल 
कृष्ण के श्रेष्ठ "काल्स"



चकमन्न अँधेरिको रात भए पुग्छ मलाई
चाहिदैन माया तिम्रो साथ भए पुग्छ मलाई 
 
फूलिराख्नु फूल भै जुनीजुनी सम्म तिमि
कुहिएर झरिजाने पात भए पुग्छ मलाई

एकान्तमा एक्लै म टोलाएर बस्नुभन्दा
तिम्रो याद भुल्नलाई मात भए पुग्छ मलाई

जिन्दगीमा हसिखुसी तिमिबिना जीउनलाई 
घृणासरि गरिएका बात भए पुग्छ मलाई

मेरोलागि अलिकति चोखोमाया दिन्नौ भने
मायाहैन बिश्वासमा घात भए पुग्छ मलाई

4 comments:

  1. anu stha said...
     

    testo nirasabadi banna bhaena ho krishna jee, k bho hami chhadai chhau ni yaar

  2. anu stha said...
     

    testo nirasabadi banna bhaena ho krishna jee, k bho hami chhadai chhau ni yaar

  3. anu stha said...
     

    testo nirasabadi banna bhaena ho krishna jee, k bho hami chhadai chhau ni yaar

  4. Krishna said...
     

    thank you anu for accepting me....

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan