मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

टोकियोमा पनि आणविक भट्टी बिस्फोटन(भिडियो सहित)


जापानमा यहि मार्च ११ मा आएको ९ रेक्टरस्केलको भूकम्प अनि लगतै सुनामीले तहसनहस पारेको सेन्दाई र फुकुसिमा अझै पनि लगातार ४ पटक सम्मको आणविक भट्टी बिस्फोटनको कारणले अझै पनि ग्रस्त अनि आतंकित छ बिस्फोटनबाट निस्केको आणविक विकिरणले मानिसको स्वास्थमा प्रतिकुल असर पर्ने हुनाले अहिले फुकुसिमा अनाबिक भट्टीबाट ३० किलोमिटर वरपर मानिसहरुलाई बस्न दिइएको छैन त्यहाँ बसिरहेका लाखौं नागरिकहरुलाई उद्दार गरि टोकियो, ओओसाका, योकोहामा  लगयत अन्य सुरक्षित स्थानहरुमा सारिदै गरेको अबस्थामा, जापानी समय अनुशार हिजो राती १० बजे र २९ मिनेट जादा ५.७ रेक्टर स्केलको भूकम्प आए पश्चात टोकियोको आसकुसामा अबस्थित आणविक भट्टी बिस्फोटन भएको कुरा याहू जापानले आफ्नो वेबसाइट मार्फत जनाएको छ

९ रेक्टर स्केलको भूकम्पले सानातिना क्षति पुर्याएको उक्त भट्टीमा मर्मत सम्भार गरिरहेकै अबस्थामा पुन भूकम्पको धक्काको कारण बिस्फोट भएको कुरा उक्त भट्टीमा कार्यरत कार्यकारी प्रमुख हिगुची सातोउले याहु जापानलाई बताएका छन् विस्फोटनका कारण कुनै पनि मानविय क्षति भने हुन नसकेको कुरापनि जारी बिज्ञप्तिमा जनाईएको छ बिज्ञप्तिमा केहि दिन अघाडी देखिनै प्लान्टबाट थोरै मात्रामा धुँवा आइरहेको र त्यसको समाधानको लागि ८० जना इन्जिनियरहरु कार्यरत खटिरहेको कुरापनि उल्लेख गरिएको छतर जापानकै ठुलो जनघनत्व भएको शहर टोकियोमा यदि भट्टीमा यस्तो समस्या आएको समाचार बाहिर जनमानसमा पुगेको खण्डमा जनतामा आतंक फैलिनसक्ने प्रबल सम्भावना भएको कारणले कुनै पनि मेडियामा समाचार बाहिर नल्याएको कुरापनि खुलाई त्यसको लागि जापान सरकारको तर्फबाट क्षमा याचना पनि ब्यक्त गरिएको छ

यो विस्फोटनले गर्दा अब टोकियो र योकोहामा लगायत अन्य क्षत्रमा पनि निस्कने आणविक विकिरणले असर पार्ने बताउछन जापान सरकार लेख्दै थियो अब देशकै आधा जनसंख्या ओघटेको टोकियोमा बसोबास गरिरहेका सबैलाई अब कुन ठाउमा ओसार्ने, अनि कसरि ब्यबस्थापन गर्ने? यस बारे भने भोलि दिउसो बस्ने संसद्को बैठकमा छलफल गरिने जानकारी समेत उक्त बिज्ञप्तिमा खुलाइएको छ, साथै टोकियो वरपर बसोबास गरिरहेका नागरिकहरुलाई पानीमा नभिझ्न र घरबाट बाहिर ननिस्कन पनि आग्रह गरिएकोछ

३० लाख जति नागरिकलाई सेन्दाई र फुकुसिमाबाट उद्दार गरि टोकियो बल्ल बल्ल ओसार्न नसक्दै फेरी यो आपत् आइलाग्दा जापानलाई चिन्ता लाग्नु कुनै नौलो कुरा होइन बिश्वोकै तेस्रो ठुलो अर्थतन्त्र बोकेको जापानमा आएको यो बर्षको भूकम्प, सुनामी र आणविक भट्टीको बिस्फोटनको आपत्तिले यहाको अर्थतन्त्र तहसनहस परिसकेको छ, जुन पुर्बाधार पुन निर्माण गर्नको लागि जापानलाई दशौँ बर्ष लाग्नेछ
यो समाचार सुनेर जापानमा बस्ने सबैलाइ अनि मलाई पनि सारै डर लागिरहेकोछ अस्ति मात्र मलाई नेपाल फर्केको बेला सबैले "तँ जापान नजा" भनेर भन्नुहुन्थ्यो, व्यर्थै आइएछ फर्केर जापान तर आशा छ जापानले केहि सुधार गर्नेछ

अहिले म बन्द कोठामा बसेर यो समाचार लेख्न बाध्य छु खाने पानी पनि खान डर लागिरहेको छ , बाहिर निस्कन पनि सकिरहेको छुइन बस् अर्को राम्रो समाचार सुन्ने आशामा छु म आज





सन्दर्भ स्रोत: याहु जापान
फोटो: बिबिसी




4 comments:

  1. Krishna said...
     

    हेहेहे!

    समाचार पढेर तपाई आत्तिनुभयो होला हैन ?नआत्तिनुहोस् , यो समाचार अप्रिल फुल मनाउन को लागि तयार गरेको हुँ मैले । झुठो समाचारको लागि माफी माग्न चाहन्छु, i m very very sorry to all my readers for this news, just make for celebrating april fool.

    अनि तपाईहरुले कसरि मनाउनुभयो नि अप्रिल फुल? happy april fool....

    again sorry and sorry and sorry...

  2. Unknown said...
     

    Stabdha parne April fool..! Anyway you became success to make fool others. Hope nobody will be faced this kind of disaster.

    Happy April fool Kkji!

  3. Anonymous said...
     

    If you publish this post you will be punished for disseminating unnecessary propaganda. It does not matter it is for celebrating April fool or other.
    BBC, Yahoo and Japanese government can be punish you for disseminating false statement.

  4. Krishna said...
     

    Sorry sir.
    But I publish dis news as humor in my blog
    Anyway sorrry

    N thank you to suggest me to not write this types of propaganda.

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan