मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

धन कमाउने सपना गजल संग्रह बिमोचित



आदर्श प्रधान
काठमाडौं । अनाममण्डली बाट प्रकाशित कृष्ण के श्रेष्ठ “काल्स” द्घारा लिखित धन कमाउने सपना नामक गजल संग्रहको बिमोचन कार्यक्रम २८ गते पद्य कन्या क्याम्पस बागबजारमा समपन्न भयो । अनाममण्डलीको अध्यक्ष घनेन्द्र ओझाको सभापतीत्वमा समपन्न उक्त कार्यक्रममा प्रमुख अतिथिद्घय गजलकार प्राज्ञ बूँद राणा, साहित्यकार धनराज गिरि, साहित्यकार बुलु मुकुराङले संयुक्त रुपमा उक्त गजल संग्रहको लोर्कापण गर्नु भयो ।



बलराम दाहालले संचालन गर्नु भएको उक्त बिमोचन कार्यक्रममा अनाममण्डलीका सदस्य जय गौरेलले स्वागत मनतब्य दिनुभएको थियो । उक्त कार्यक्रममा गजलकार सरोज घिमिरेले धन कमाउने सपना गजल संग्रहको समिक्षा गर्नुभएको थियो । गजलकार घिमिरेले गजलमा बहरको हिसाबले केहि समस्या देखिएपनि गजल समय सान्दर्भिक लागेको बताउनुभयो । गजलकार ज्ञानु बिद्रोहीले पनि उक्त गजलको समिक्षा गर्नुभएको थियो । गजलकार बिद्रोहीले श्रेष्ठको पहिलो सृजना भएता पनि सारैनै स्तरिय लागेको र सरल शब्दमा मिठो गरि पस्केको बताउनु भयो । गजलकार कृष्ण के श्रेष्ठ “काल्स”ले आफ्नो गजलको बारेमा र एउटा गजलपनि बाचन गर्नु भयो । उक्त गजल संग्रहको एउटा गजल गायक दिपक स्वप्निलले गाउनु भएको थियो । उक्त संग्रहमा ६१ वटा गजलहरु समावेश छन ।

उक्त बिमोचन कार्यक्रममा श्रेष्ठ प्रिया पत्थरको गजल संग्रह ओभाएको छैन आँखा र अनाममण्डलीको अनाम पत्रिकाको पनि लोकार्पण गरिएको थियो । बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, डा.दिपक खड्का लगायतले मनतब्य दिनु भएको थियो ।




1 comments:

  1. anu stha said...
     

    Nice to read this news, all the best and have a bright future kals....

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan