मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

यस्तो पो नगरपालिका

     
       नेपाल आएपछि एउटा नगरपालिका घुम्ने मौका मिलेको थियो मेरो एकजना साथी संग । त्यति बेला मैले एउटा नगरपालिकाको अनौठो अवस्था देख्ने मौका पाएको थिए । जहाँ बाख्राहरु अनि केहि कुखुराहरु चौर मा चरिरहेका थिए । अनि सम्झनाको लागि मेरो मोबाइल बाटै झट्ट क्यामरामा उतार्ने कोसिस गरें एउटा रमाइलो अनि दुख लाग्दो यथार्थता ।
लौ ! अब तपाईहरु आफै भन्नुहोस त,  हाम्रो नगरपालिको गति कस्तो छ भनेर?
फोटो हेर्नुहोस अनि धिक्कार्नुहोस कि जो आफै नगरको विकास गर्छु भनेर लागेको छ उसकै अवस्था यस्तो देखेर.....

0 comments:

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture