मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

लुक्ने होइन है


हुन त आफु पनि बिदेशिएको छ, तर मान्दैन यो मन बिदेशमा रम्नको लागि । सधै आफ्नो देश, परिवारको यादले सताई रहन्छ त्यसैले आज नेपाल भएर बिदेशिएका "म" लाई  गाली गर्दै अनि आग्रह गर्दै  गजल लेख्ने प्रयास गरेको छु ।

गजल 
कृष्ण के श्रेष्ठ "काल्स"


स्वाभिमानी नेपाली झुक्ने होइन है
जान्छौ त जाऊ तर लुक्ने होइन है

पैसाकै लोभमापरि दिनरात जोतिएर
कामैकामले आफुचांही सुक्ने होइन है

बिदेशी त्यो भूमिको महानता देखेर
कोहिकसै संगपनि चुक्ने होइन है

स्वर्गनै पो भन्ठानी परदेशी मरुभूमि
नेपाललाई छिछिगरि थुक्ने होइन है

जे भएनी मातृभूमि सुन्दर नेपालको
दुर्दशालाई अरुमाझ फुक्ने होइन है

 

0 comments:

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture