
पर्ला जस्तो छ
प्रेमप्रस्ताव स्वीकार गर्ला गर्ला जस्तो छ
उनि संग माया मेरो पर्ला पर्ला जस्तो छ
आँखाआँखा जुधाउँदा उनि मुस्कुराउँदा
मुटुमा माया ल्याई भर्ला भर्ला जस्तो छ
मायारुपी बगैचामा फूल मैले रोपिदिदा
एकान्तमा आइकन चर्ला चर्ला जस्तो छ
चोखो माया भरिएको प्रेमप्याला खनाएर
निथ्रुप्प पारि मलाई छर्ला छर्ला जस्तो छ
बिश्वास दिलाई मैले सकेपछी बल्ल तल्ल
"कृष्ण"को मनमा डेरा सर्ला सर्ला जस्तो छ
Lau badhai chha krishna sir