मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

अलच्छिनी कि लच्छिनी?

कथा 
 
अनिता श्रेष्ठ 'अर्पिता'


उन्केा जीवन कति संर्घष्ाको थियो । विहान खाए पछि वेलुका खान सजिलै पुग्दैनथ्यो । सानोमा उनी चार वर्षहुँदा वुवाकेा मृत्यु भएको थियो  भने ५ वर्षहुदा ठूलो वुवाको मृत्यु, ६ वर्षहुदा माइली फुपुको, ७ वर्षहुदा कान्छि फुपुको मृत्यु । प्रत्येक वर्षसबैजना क्रमैसँग मरेकेाले उन्लाई गाउँले सवैले अलच्छिनीको संकेत दिएका थिए । तर्सथ उन्केा नातेदारहरु सवैले भेटेकी टाउकेामा कुटेर अलच्छिनी तिमी अनुहार नदेखाऊ भन्थे । उनलाई भेटेकी सवैले अलच्छिनी नै भन्थे । धारामा पानी लिन जाँदा पनि कसैले उनकेा अनुहार हेर्दैनथे । सवैको टाउको खाने हाम्रा पनि टाउको खालास् भन्थे । त्यसैले धारामा पानी लिन जाँदा पनि मुख छोपेर  सबैले पानी थापेपछि मात्र अन्तिममा पानी थाप्थी । घरमा पानी ल्याउन ढिलो भयो, फेरि कता खेल्न गयो भनेर हजुर आमा, आमा र भाइ मिलेर भर्‍यागंमा वाँधेर पाता फर्काएर दुईवटा हात वाँधेर सिस्नु र पानीले  कुट्थे । उनको भाई जन्मेको एक वर्षहुँदा सवैकेा मृत्यु भएको थियो तर दोष जति सवै अलच्छिनीलाई गएको थियो । त्यसमा त भाई अलच्छिन हुनुपर्ने होइन र - तर कसरी उनी भइन् - स्कुलमा पनि सवैले उनलाई अलच्छिनी भनेर बोलाउँथे । तर्सथ उनकेा नाम नै स्कुलमा अलच्छिनीको रुपमा दर्ता भयो । 
 
उनी स्कुलमा पनि सवैकेा हाँसेाकेा पात्र बन्थी । उनलाई देख्न साथ औलाले देखाएर अलच्छिनी भन्दै सवै हाँस्दथे । सर मिसहरुले पनि शरिरमा नीलडाम हुनेगरि कुट्दथे । तर्सथ उनी साहै दुखी भएर एक्लै रुन्थे । कापी, कलम पनि उनीसँग हुदैनथ्यो । उन्को भाईलाई आमाले भनिभुतो गरेर कमाएको पैंसाले कापी कलम किनिदिन्थ्यो तर उन्लाई दिदैन्थे । भाईलाई कृष्णको रुपमा जन्मेको ठान्दथ्यो भने उन्लाई राक्षसीको रुपमा ठान्दथ्यो । भाईलाई वोर्डिगं पठाउँथ्यो भने उन्लाई सरकारी विद्यालय  । भाईलाई लुगा जुत्ता मोजा र चिटिक्क परेको व्याग किनिदिन्थ्यो भने उन्लाई विहानै घाँस २ भारी ल्याएर वस्तुको गोवर सोहरेर मात्र स्कुल जान समय हुन्थ्यो, घरको काम गर्दा गर्दा स्कुल पनि छुट्थ्यो । तर्सथ सात कक्षा सम्म पुग्दा त उनी लगभग लगभग १० चोटि त फेल भइसकेकि थिईन । हौसला दिने कोही थिएन तर्सथ उन्लाई आत्महत्या गर्न मन लागि रहन्थ्यो । आत्महत्या कसरी गर्ने भनेर मात्र सोचिरहन्थ्यो । आमाले सोच्थिन यो त अर्काको घरमा जाने त हो नि यसलाई किन राम्ररी पढाउनुपर्यो भविष्यमा हर्ेर्ने त मेरो छोरा त होनि तर्सथ छोरालाई भने कसरी वोडिगंमा टिकाउने भनेर रातदिन अर्काको वारिमा गएर काम गर्ने, कमाउने, घाँस ल्याएर, माटो ल्याएर वेचेर फि तिरिदिन्थे । 
 
छोरा पनि कम्तिको पुलपुलेको थियो त दुध दहि दिदिको समेत आफैले लुटेर खान्थे । दिदिलाई कपाल तानेर कुटेर हैरान पार्दथे । सन्तान त वरावर नै होनि तर हाम्रो समाज नै त्यस्तै छ छेारालाई काखा छोरीलाई पाखा । यदि छोरालाई जति छोरीलाई पनि स्याहार सम्भार गरेर पौष्टिक तत्व खुवाए त छोरी पनि तगडा भइहाल्छ नि तर त्यसकेा वारेमा वाउ आमाले सोच्दैन । लगभग अलच्छिनी १५ वर्षहुँदा उन्केा आमालाई पीर लागिसकको थियो अव विहे गर्न ढिला भयो भनेर । गाउँका वरिपरि सवैले माग्न आइसकेका थिए । त्यसमा पनि विशेष गरेर वुढी मरेकाहरुले वढी माग्न आउँथ्यो किनकि गरिवको सन्तानलाई आँखा गाड्ने नै तिनिहरु हुन्छन नि । त्यही क्रममा एकजना ५५ वर्षो व्यक्ति जसको श्रीमति मरेको हुन्छ उ  सँग अलच्छिीनीको विहे गरिदिन्छ । लगभग उन्लाई विहे गरेेको एक वर्षा उन्को श्रीमानको मृत्यु हुन्छ । अव भने झन उन्लाई गाउँमा वसिनसक्नु हुन्छ । के के भन्यो होला त्यो हामी सहजै अनुमान गर्न सक्छौ । त्यसैमा अलच्छिनीको श्रीमानको पहिला पटीको ३५ वर्षो छोराले केही हौसला दिएर पुन आफनो सौतेनी आमालाई स्कुलमा भर्ना गरिदिन्छ । समय समयमा उन्ले मानसिक रुपमा सहयोग पनि गर्दछ ।

अलच्छिनीलाई उन्को छोराले १६ वर्षो उमेरमा ८ कक्षा भर्ना गरेपछि केही गर्नुपर्दछ भन्ने आँट उन्मा आयो ।  एकदिन उद्धव सर विज्ञानको नयां शिक्षक आउनुभयो । उहाँ आउनुभएको पहिलो दिनमा सवैलाइ होमवर्क गरेर आउनु भन्दा भोलि पल्ट कक्षामा होमवर्क गर्ने कोही थिएनन् । अलच्छिनीले मात्र गरेकी थिई । त्यो दिन उद्धव सरले खुशी भएर पुरस्कारको रुपमा कपी दिनुभयो । उनी ९ कक्षा पुग्दा उद्धव सरले गणित पढाउनुभयो भने अंग्रेजी भने अर्कै नयाँ सर सरुवा भएर आएर पढाउनुभयो । त्यसमा उनलाई हौसलाको कारण कक्षा १० मा पुग्दा ५० सौ स्थानवाट तेस्रो स्थानमा आइपुगिन् । १० कक्षा पुगेपछि अथाह मेहनतका कारण टेष्टमा कक्षा फष्ट भईन् त्यसमा गाउँलेहरु दंग परे भनेे एस.एल.सि. मा जिल्ला फष्ट भएर स्कलरसिप पाएर आइ एस सि पढ्न गए पछि भने मान्छेहरु अकमकिन थाले अलच्छिनी भन्ने कि नभन्ने भनेर ।

विएससीमा पनि छात्रवृति पाएर अध्ययन गरेको हुनाले पनि सफल भइन । तर उन्लाई कता कता आफै देखि आफैलाई चित्त वुझेको थिएन किनकि उन्लाई सानै देखि त्यो समाजले लगाएको लान्छना त ज्यु को त्यु नै थियो । भन्ने गर्दछ समाजमा मान्छे जतिसुकै वरिष्ठ व्यक्ति भएता पनि आफु सानो हुँदाको कुरा कहिले विर्सिदैन् किनकि त्यो दिमाखमा सेट भईसकेको हुन्छ क्यासेटको चक्कामा भरिएजस्तो तर्सथ जतिखेर पनि उन्लाई त्यही आफु सानो हुँदाको नमिठो सम्झना नै उन्को दिमाखमा घुमिरहन्थ्यो । तर्सथ वर्तमानमा रमाउँदा पनि विगतलाई भने उन्ले कहिले विर्सन सकेन । लच्छिनी भएर हो कि अलच्छिनी भएर हो एमःएसःसि पढ्नलाई समेत छात्रवृत्ति प्राप्त गरिन । मानव भित्र अथाह शक्ति लुकेकेा हुन्छ त्यो शक्तिलाई सकरात्मक रुपमा प्रयोग गर्न सकेमा सकरात्मकता नै त्यसको परिणाम निस्किन्छ भने नकरात्मकतामा प्रयोग गरेको खण्डमा नकरात्मकता नै हुन्छ । न्युटनको वलको तेस्रो सिद्धान्त अनुसार प्रत्येक क्रिया पछि प्रतिकृया वरावर र विपरित दिशामा हुन्छ । त्यस्तै भएको थियो अलच्छिनीलाई । उनी सफलताको शिखरमा पुग्न  उन्को सौतेनी छोरा र आठ कक्षा हुँदा उद्धव सरको सानो प्रशंसा युक्त वोलिले गर्दा भएको थियो भने अर्कोतिरवाट विगतमा सवैको पेलान सम्झेर उन्ले गरेको मेहनेतको कारणले पनि भएको थियो । त्यसपछि भने उन्ले आफनो दिमाखलाई  परिवर्तन गरेरै छाड्यो । आज अलच्छिनी नाम पो राम्रो रहेछ भनेर उन्को साथीहरुले वारम्वार भन्ने गर्दथे । यसरी निरन्तर प्रयासको वावजुद विश्वविद्यालयको प्रोफेसर वन्न सफल भईन । त्यसमा सवै विद्यार्थीले अलच्छिनी मिसकै विषय मन पराउँथ्यो किनकि उन्ले पढाएको विषय पुरै तर्कमा आधारित र विश्लेषणात्मक थियो ।

आज उनी गाउँमा दशैको वेला भाई, आमा,उनको छोरा र गाउँलेहरुले आउनर्ुपर्दछ भनेर अनुरोध गरेकोले आएकि छिन् । उन्नलाई विगतमा जति पनि व्यक्तिले अलच्छिनी भन्थे ति सवैले प्रसंशा गर्दछन् त्यसमा उनी छक्क पर्दछन र मनमनै सोचिन सवैले वलेको आगो त ताप्दो रहेछ त, निभेकेा आगो त ताप्दैन रहेछ । आखिर मेहनेत गरे यो संसारमा असम्भव भन्ने केही रहेनछ । यसैक्रममा विद्यालयले उन्लाई सफल महिला व्यक्तित्व भनेर सम्मान कार्यक्रम राखेको हुन्छ  । सम्मान पत्र लिन जाँदा मनमा आफुले सानो उमेरमा सहेका हिंशा सम्झेर सम्मानपत्र हेर्दै आँखावाट आँसु खसाल्दै मनमनै सोचिन् र मुखले पनि बरबराउन थालिन् ''म लच्छिनी की अलच्छिनी ।.........अलच्छिनी कि लच्छिनी?''

1 comments:

  1. Dipak said...
     

    Afnai katha lekhnu bhako jasto chha didile ta???

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture