मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

प्रतिक्षा मृत्युको

कथा
-    श्रेष्ठ सत्य


नर्सिङ होमको शैयामा बसेर काल कुर्नु नै अब चार्लीको दिनचर्या बनेको छ । हुन त उसको वास्तविक नाम चार्ल्स हो तर उसका परिवार, नातेदार तथा साथीहरु सबै मायाँले उसलाई चार्ली भनेर नै बोलाउने गर्दछन् । नर्सिङ होमका सबै कर्मचारीहरु पनि  उसलाई चार्ली नै भनेर बोलाउने गर्छन् । नर्सिङ होममा भर्ना भएदेखि नै ऊ बोल्न सक्दैनथ्यो । मस्तिष्क सम्बन्धी जटिल रोगका कारण चार्लीले आफ्नो बोल्ने र बुझ्ने सामर्थ्य गुमाएको थियो । त्यसो त उसको व्यक्तिगत फाइलमा पनि विगत ५ वर्षा विस्तार विस्तार गर्दै अन्ततः उसले आफ्नो सम्पुर्ण वाक् क्षमता गुमाउन पुगेको विवरण उल्लेख थियो । शुरुमा यस नर्सिङ होममा भर्ना हुँदा चार्लीको बानी व्यवहार पनि अन्य बिरामीहरुको जस्तै सामान्य लाग्दथ्यो । उसका दुइवटै आँखाहरु हृमेशा बन्द नै रहने गथ्र्यो भने संचारको लागि सांकेतिक भाषाको प्रयोग गर्दथ्यो त्यो पनि अत्ति नै अनिवार्य भए मात्रै । नत्र त ऊ सधैं चुपचाप नै रहने गर्दथ्यो । अन्य बिरामीहरु प्रायजसो समय टिभी हेरेर या रेडियो, गीत सुनेर बस्थे भने चार्ली भने सुनसान र एकान्तमा नै बस्न रुचाउँथ्यो । रेडियो, टिभी खोलेकी रिसाइहाल्थ्यो ।

चार्ली आएको दुइ महिना पनि पूरा नबित्दै नर्सिङ होमका प्राय सबैजसो नयाँ कर्मचारीहरु उसको कोठामा जान डराउन थाले । तिनीहरु कसैलाई चार्लीको कोठामा जानु परेकी केही बहाना बनाएर अन्तैतिर लागिहाल्थे । त्यस अवस्थामा अलि पुरानो कर्मचारी भएको नाताले म नै धेरैपटक चार्लीसँग जानुपर्ने भयो । त्यस क्रममा मैले के कुरा थाहा पाएँ भने चार्ली उसको कोठामा कोही आएको पटक्कै मन नपराउने र कोही उसको नजिक गएकी रिसाएर हात खुट्टा जे पायो त्यसैले हिर्काउने गर्दथ्यो । उसको अनुहार र हाउभाउ देख्दा जोसुकैलाई पनि उसको नजिक पर्न डर लाग्ने गर्दथ्यो । त्यसो त मैले पनि कैयौं पटक उसको लात र मुड्कीको शिकार हुनुपरेको थियो । तर पनि उसको रोगै त्यस्तो हो भनेर म धैर्यपुर्बक  उसकोमा जाने गर्दथें । म उसले बुझ्दैन भन्ने जानकारी भए पनि उसँग कुरा गर्दै र आफूले के गर्न लागेको उसलाई जानकारी दिंदै आफ्नो काम गर्थें । बिस्तारै चार्लीले मप्रतिको अत्याचार कम गर्दै जान थालेको थियो ।


मेरो रात्री ड्युटी, त्यस रातको करिब एक बजेतिर म चार्लीको कोठामा उसको नियमित औषधि दिन गएको थिएँ । उसलाई औषधि दिइसकेर म उसको कोठाबाट बाहिर निस्कन ढोका खोल्दै थिएँ । पछाडिबाट कसैले मेरो नाम लिएर बोलायो । म भयभीत र आर्श्चर्यचकित हुँदै पछिल्तिर फर्कें । "हो दिल, म नै हो तिमीलाई बोलाउने । तिमी केही अनौठो नमान । म राम्रैसँग बोल्न सक्छु तर यो दुनियाँमा मलाई अब कति पनि बोल्ने धोको र इच्छा छैन । वाल्यकालमा बोल्न जानेदेखि नै बोल्न थाल्ने मानिस जीवनभर बोलेर कहिल्यै थाक्दैन । चाहिने नचाहिने अझ भनौं नचाहिने नै बढी बोलेर मानिसले आफ्नो समय त्यत्तिकै बिताइरहेको हुन्छ । समाजले पनि बोल्नलाई नै प्रोत्साहन दिने र बोल्नेलाई मात्र सम्मान गर्ने हुनाले पनि आज समस्त मानव जाती बेकारको बोली र बकवासमा अल्झिएकोछ । मैले आफ्नै जीवनबाट जानेको र अनुभव गरेको कुरा पनि यही हो की बोल्नु शक्ति, सामर्थ्य र मस्तिष्कको घोर दुरुपयोग मात्र हो । " चार्ली अचानक बोल्न थालेकोमा म अचम्म मान्दै उसको नजिक पुग्दा चार्ली मेरो प्रतिक्रियाको प्रतिक्षा नै नगरी आफ्नै सुरमा बोल्दै जान थाल्यो ।

"मानिस आज बोलीकै कारण अती बेइमान, असत्य र भ्रष्ट बन्न पुगेको छ । मन भित्र दुश्मनीको पोको बोकेर बोलीले मात्र कसैको मित्र बनेको छ, मान्छे आज । यो यथार्थ बुझे, जानेदेखि नै मैले विस्तारै बोल्न बन्द गर्दै गएँ ...............।" मलाई चार्ली बोलेको देखेर डर लाग्न थालेको थियो र मैले त्यहाँबाट उम्किनका लागि आफ्नो अर्कै काम भएकोले जान लागेको बताएँ तर चार्लीले मलाई रोक्दै झन् सक्रिय हुँदै बोल्न थाल्यो ।

"मलाई थाहा छ, दिल तिमीलाई मेरो कुरा सुन्न डर लागिरहेको छ तर मेरो केही कुरा सुने पछि तिमी जान सक्छौ ।" मैले उसले अर्को कुरा शुरु गर्नु अघि नै उसलाई यतिन्जेल नबोल्नुको कारण खोल्न भनें । ऊ पनि आफ्ना दुइ वटै आँखा चिम्लिएर विस्तारै बोल्न थाल्यो । "मैले भनि हालें नि तिमीलाई, बोलेर फाइदा नै के छ र - एक क्षण सोंच त तिमी । मानिस पनि अन्य प्राणी सरह नबोल्ने भइदिएको भए ऊ कति निर्दोष, स्वस्थ, सवच्छ र प्राकृतिक हुने थियो होला । मैले जीवनभरि बोलेर नै बोल्नुको निर्रथकता अनि बोल्न लायकको मान्छे पनि कोही नपाएरै बोल्न बन्द गरेको हुँ । तिमी विश्वास गर अन्य कुनै विशेष कारण छैन । तर यो रातमा तिमी जस्तो धर्यवान र सेवाप्रेमी व्यक्तिसँग मलाई यो रातको महिमा गान गाउन मन लाग्यो । वास्तवमा रात कति रमाइलो छ, कति प्यारो छ - सम्पुर्ण दुष्ट मानव प्राणीहरु मरेतुल्य ढलिरहेको रातको समय यो पृथ्वी र यहाँका मानव इतर सबै प्राणीहरु पनि खुबै रमाउँदा हुन् । नत्र दिनभरि त उसको होहल्ला, अत्याचार र चकचकी कहाँ सहिसक्नु हुन्छ र, कि कसो -"
जतिसक्दो चाँडो उसबाट उम्किएर जानलाई मैले भनें - "चार्ली, रात निकै बितिसकेको छ । तपाइँ आरामका साथ निदाउनुहोस्, म तपाइँको निंदमा बाधा पुर्‍याउन चाहन्न ।"
"मलाई थाहा छ, तिमी किन यो सबै भन्दैछौं तर सत्य त यही हो की विगत पाँच वर्षेखि म रातको यस १ बजेदेखि ४ बजेसम्मको समय बीचमा कहिल्यै सुतेको छैन । यस समयमा मानिसहरु सबैजना गहिरो न्रि्रामा रहने हुँदा प्रकृतिको सुमधुर संगीत स्पष्ट सुन्न सकिन्छ र त्यो संगीत जस्तो मीठो र मनमोहक संगीत यस दुनियाँमै अन्य कुनै संगीत छैन । ठिकै छ, तिमी अब जान सक्छौ । तर मैले बोल्न सक्छु भन्ने कुरा कसैलाई नभन्नू । तिमी पनि अरु मानिसहरु भएको बेलामा मसँग पहिलेको जस्तै व्यवहार गर । धन्यवाद ।"
यति बोलेर चार्ली म गएको नगएको वास्तै नगरी आँखा चिम्लेर पून मूकवत आफ्नो ओछ्यानमा पल्टिरह्यो । मैले उसलाई "शुभरात्री " भनेर बाहिर निस्कें तर उ स्तब्ध नै थियो ।
चार्लीको कोठाबाट बाहिर निस्केर नर्सिङ स्टेशन पुग्दा नपुग्दै मलाई चार्लीको बोल्ने क्षमतामाथि पूनः शंका लाग्यो । मलाई ती सबै घटना सपना हो की भनी चिसो पानीले मुख धोएर आराम गरें । भोलिपल्ट म्यानेजरलाई यो कुरा भन्ने की नभन्ने यसै दोधारमा मैले त्यो रात काटें ।

नर्सिङ होमको नियम कानून अनुसार मैले चार्लीको सबै कुरा म्यानेजरलाई बताउनै पर्ने थियो तर मैले चार्लीको म प्रतिको भरोसालाई नतोड्ने निर्णय गरें । बरु चार्लीको यो स्वभाव बारेको अन्य थप रहस्यहरु पनि खोतल्ने इच्छा जाग्यो मलाई । त्यस पछिका दिनहरुमा म काममा अलिक फुर्सद भए पनि म चार्लीकै कोठामा पुगिहाल्थें । यसरी चार्लीसँग मेरो लामै समय बित्न थालेको थियो । तर चार्ली जुनसुकै बेला मसँग बोल्ने गर्दैनथ्यो । कहिलेकाहीं मात्र बोल्न खोज्थयो तर के सोचेर हो फेरि पनि मौनतमै लीन रहन्थ्यो । एक दिन फेरि म उसको कोठामा जाँदा उसले आफैं सोधेको थियौ "तिमीलाई संगीत कतिको मन पर्छ - "
"मनपर्छ अलि अलि तर यो अंग्रेजी संगीत होइन, हाम्रै नेपाली संगीत त्यसमध्य पनि लोकसंगीत ।" मैले हाँस्दै बताएकेा थिएँ ।
उसले मलाई भनेको थियो - "धत् के भनेको तिमीले यस्तो - संगीतको पनि कुनै भाषा र सीमित क्षेत्र हुन्छ र कहीं - म एक जमानाको बेलायतको ठूलो संगीतकार हुँ । मेरो मनपर्ने वाध्य गितार थियो । गितार नै मेरो जीवन बनेको थियो एकताका । तर प्रकृतिमा नै गितार, पियानोको भन्दा कयौं गुना मीठो संगीत बजिरहेको हँुदोरहेछ । जुन दिनदेखि त्यो संगीत सुन्न थालें, गितार र पियानो फिक्का लाग्न थाल्यो । यो मानवीय कोलाहलमा हुन त यो प्रकृतिको संगीत सुन्न धेरै गार्‍हो छ तर हामी मौन भएर सुन्यौं भने त्यति कठिन छैन । प्रकृतिको संगीत भन्नु नै मौनता हो । प्रकृति मौनमै गाउँछे, मौनमै नाच्छे । त्यसैले त म तिमीसँग बारम्बार भन्ने गर्छन शान्ति र मौनता भन्दा मीठो संगीत अरु कुनै पनि छैन भनेर । फेरि यो संगीत बुझ्न र सुन्न कुनै पनि भाषाको ज्ञान जरुरी छैन । यो त र्सवव्यापी र र्सवप्रिय संगीत हो । यसलाई जो कसैले पनि सुन्न सक्छ र जसले पनि महशूस गर्न सक्तछ । "

म त उसको यो कुरा बुझ्नै सकिरहेको थिइनँ । चार्ली लामो समयसम्म संगीत, मौनता, प्रकृतिको विषयमा के के हो बोलिरह्यो । त्यस्तैमा अचानक ढोकामा कसैले ढकढक गरे पछि ऊ सदा झैं आफ्ना मुख र आँखाहरु बन्द गरेर आफ्नै मौन जगतमा हराउन पुग्यो भने म त्यस कोठाबाट निस्किएर अर्कै बिरामीकोमा जानुपर्ने भयो ।
चार्लीको आर्श्चर्य लाग्दो स्वभाव र कुराहरु देखेर, सुनेर म त छक्क परिरहेको थिएँ । ऊ बोल्न पनि सक्छ भन्ने कुरा त्यो नर्सिङ होम भरि कसैलाई पनि थाहा थिएन । चार्ली मसँग सदैव यस्तै गहिरो र गहन कुरा गथ्र्यो । म उसका कमै कुराहरु मात्र बुझ्दथें । शायद उसको कुरा सुन्न पाएको भए अरुलाई पनि त्यत्तिकै कठिनाइ पथ्र्यो होला उसका कुराहरु बुझ्नलाई । शायद अरुले नबुझ्ने भएर नै होला उसले बोल्न छाडेको । उसको अनौठो लाग्दा कुराहरु सुन्न मलाई चाख लाग्थ्यो भने कहिले काहीं मलाई डर पनि लाग्ने गर्दथ्यो ।
हरेक शनिबार र आइतबार चार्लीको परिवार उसलाई भेट्न नर्सिङ होममा आउने गर्दथे । आफ्नो परिवारसँग पनि चार्ली केही नबोली मूककै अभिनय गरिरहन्थ्यो । एकदिन मैले चार्लीलाई यसै विषयमा सोधेको थिएँ - "चार्ली के तपाइँलाई आफ्नै परिवारसँग पनि बोल्न मन लाग्दैन त - "
"परिवार - एक व्यक्तिका लागि आफ्नो परिवार जति बिरानो को नै हुन्छ होला र - अरु त टाढा भएर पराइ हुन्छ तर परिवार आफूसँगै रहेर पनि कति टाढा हुन्छ - यो कुरा मैले आफ्नै जीवनबाट बुझेको र भोगेको छु । यो संसारमा अलिकति बुझ्ने हो भने सबैजना परिवार हो नबुझे कोही पनि कोही होइनन् । मलाई राम्ररी थाहा छ की म मरेको दिन सबैभन्दा बढी मेरै परिवारका सदस्यहरु खुशी हुनेछन् । उनीहरुले मलाई यहाँ राखेर उनीहरु एक झण्झटबाट त मुक्त भए तर मेरो देहान्त पछि उनीहरुले प्रत्येक शनिबार र आइतबार मलाई यहाँ भेट्न आउनुपर्ने झण्झटबाट पनि छुट्कारा पाउनेछन् । मलाई थाहा छ, यो नर्सिङ होम त एक प्रतिक्षालय हो मृत्युको, यहाँ बसेर मानिसहरु मृत्युको प्रतिक्षा गरिरहन्छन् । प्रत्येक परिवार आफ्नो बा आमालाई यहाँ छाडेर गएको दिनदेखि नै उनीहरु तिनीहरुको मृत्युकै खबर सुन्न मात्र लालयित हुन्छन् । यी सबै जानेर पनि म कति पनि दुखी छैन । मैले त यो समस्त धर्तीलाई नै प्रतिक्षालयकै रुपमा बुझेको छु । जन्मेकै दिनदेखि मानिसहरु यहँँा मृत्युकै प्रतिक्षा गरिरहेको हुन्छ तर प्रत्येक व्यक्ति आ-आफ्नै तरिकाले काललाई कर्ुछन्, कोही पढेर, कोही पढाएर, कोही खेलेर, कोही नाचेर, कोही गाएर, कोही रोएर त कोही हाँसेर तर गजब के छ भने उनीहरु कसैलाई थाहा छैन की कालको प्रतिक्षा गरिरहेको छु भन्ने । मैले पनि धेरै समय गितार बजाएर मृत्युलाई कुरें अब यो मौनको संगीत सुनेर कर्ुर्दैछु । जीवनमा मैले कमाउनु पर्ने जति सबैथोक कमाएँ । आफूले चाहेको सबै कुरा प्राप्त गरें र भोग्नुपर्ने जति सबै भोगें तर ती कसैले मानिसलाई कहिल्यै पनि तृप्ति र सन्तुष्ट दिन नसकेको पाएँ मैलै । भोग्दै जाँदा ती सबै कुराहरु र्व्यर्थ हुदै जाँदारहेछन् । त्यसै अर्थमा पनि मलाई अब केही चाहना छैन र जीवनप्रति कुनै अनुराग पनि छैन । "
यति बोलेर चार्ली आफ्ना दुवै आँखा चिम्लेर एकक्षण चुपचाप रहेपछि फेरि मतिर फर्केर बोल्न थाल्यो -" दिल, जीवनमा उमेर बढेर, कपाल फुलेर या छाला चाउरिएर मात्र कोही पनि मानिस परिपक्व भएको ठहरिंदैन । मलाई त लाग्छ, परिपक्व व्यक्ति त उही हो जसले जीवनमा सबै तत्वको र्व्यर्थता बुझ्दछ । पाको त उही हो, जो भोग विलास, धन सम्पति, पैसा र पद लगायत सम्पर्ूण्ा क्षणिक तत्वहरुबाट अघाउँछ । तर मानिस त जहिले पनि अझ अरु, थप अरु को रोगले ग्रस्त छ । धनदौलत, मानसम्मान, पदप्रतिष्ठा अनि भोगविलासले कहिल्यै अघाउँन जान्दैन र त्यस्ता मानिसहरु जीवनमा अतृप्त र कच्चै भएर मर्छन् । मलाई थाहा छ यस्ता कुराहरु गर्नु र्व्यर्थ छ आजको मानव समाजमा, त्यसैले पनि मैले बोल्नुको कुनै पनि अर्थ छैन । तिमीलाई पनि मेरो कुरामा कुनै रुचि छैन तर तिमी कम से कम सुन्न त सक्छौ, कि त्यो पनि सक्दैनौ -"
त्यो बोल्न नसक्ने अनि केही कुरा नबुझ्ने भनिएको चार्लीको यस्ता लामा र अनौठो लाग्दा कुरा सुन्दा शुरुका दिनहरुमा म अन्यौलमा परेको भए तापनि पछिल्ला दिनहरुमा यो क्रम सामान्य बन्दै गएको थियो मेरा लागि । चार्ली हरेक पटक खालि यस्तै अनौठो लाग्दो कुराहरु मात्र गर्ने गर्दथ्यो । उसको न त कुनै कुराहरुसँग मोह देखिन्थ्यो न त त्रि्र रोष नै । उसमा त्यस बाहेक अरु पनि बडो अचम्म लाग्दो गुणहरु थियो । ऊ आँखा चिम्लेरै उसको कोठामा कसले के गर्दैछ सबै थाहा पाउँथ्यो । कसैले उसलाई मन नपर्ने केही काम गर्‍यो भने ऊ तुरुन्तै आफ्नो शिरानी नजिकै रहेको लौरो लिएर हिर्काइहाल्थ्यो । कतिपय अवस्थामा उसले अरुले मन मनै के सोच्दैछ त्यो पनि थाहा पाएको भान भएको थियो मलाई । त्यसैले त प्रायजसो जब मलाई उसको कुरा केही नबुझेर वाक्क लागेर आउँथ्यो अनि ऊ तत्कालै भन्ने गर्दथ्यो - "हो, मलाई थाहा छ, तिमीलाई मेरो कुरा सुन्न कति पनि मन परिरहेको छैन । मैले गरे जस्तो कुरा सुन्न यो संसारमा कसैलाई पनि मन छैन । उनीहरुलाई त लगाव छ - अर्थशास्त्रमा, धर्मशास्त्रमा, व्यापार, राजनीति, चलचित्र, खेलकुद र यस्तै वाहियात कुराहरुमा । मेरा लागि यी कुराहरुको कुनै पनि मूल्य छैन र यदि कोही व्यक्ति वास्तवमै परिपक्व मानिस छ भने तिनीहरुलाई यस्ता कुराहरुमा कुनै पनि रुचि र लगाव हुँदैन । खै यी मानिसहरु कतिन्जेल यस्ता मूल्यहीन र अर्थहीन कुराहरुमा अल्झीरहने हुन् -" चार्ली निकै चिन्तित देखिन्थ्यो ।
नर्सिङ होममा बस्न थालेको केही महिना भित्रै चार्लीको स्वास्थ्यस्थिति सुध्रदै जान थालेको थियो । ऊ हृष्टपुष्ट भएर मोटाउँदै पनि गएको थियो । यस्तैमा चार्लीलाई नर्सिङ होमबाट डिस्चार्ज गरेर घर पठाउने कुरा पनि उठेको थियो । मैले यसमा सुटुक्क उसको राय बुझ्न खोजें र एकदिन उसलाई सोधें - "चार्ली तपाइँ चाहनुहुन्छ भने अब आफ्नो घर जान सक्नुहुन्छ ।" उसले हाँस्दै भनेको थियो - "घर - म अब घर फर्किनुहुँदैन । मेरो परिवार पनि यो चाहँदैनन् । तर मलाई घर लैजानु र नलैजानुमा अब केही पनि फरक छैन किनकी म अब एक महिना पनि पूरा बाँच्दिन, यो मलाई राम्रै थाहा छ  । " चार्लीले मलाई भविष्य र्छलंग थाहा पाए जस्तै मलाई आफ्नो मृत्यु हुने कुरा बताएको थियो । मैले उसलाई यति भन्न भ्याएको थिएँ "चार्ली तपाइँ सधैं यस्तै वाहियात कुरा गर्नुहुन्छ क्या । तपाइ दिनदिनै स्वस्थ र फुर्तिलो हुँदै जानुभएको छ । अनि कहाँ मर्ने कुरा गर्नु भएको नि फेरि - "
"त्यसैले त म भन्दैछु नि तिमीलाई । मर्नु अगाडि प्राय सबै मानिसको स्वास्थ्यमा अनपेक्षित सुधार आउँछ । यो उसको शरिरको कारण होइन बरु उसको भित्री उर्जाको कारणले हो । जसरी निभ्ने बेलामा बत्ती अति चहकिलो बल्छ, म पनि अहिले सोही अवस्थामा छु ।" चार्ली आफू मर्ने कुरा मसँग निश्चित रुपमा भनिरहेको थियो ।
मलाई चार्लीको कुरामा कुनै पत्यार नलागे पनि म उसँग कुनै विवाद नगरी चुपचाप उसको कोठाबाट बाहिरिएँ ।
अन्ततः चार्ली नर्सिङ होममै रहने भयो । उसको परिवारले उसलाई घर लैजान अस्वीकार गरिदिएको थियो ।
चार्लीले मसँग उसको मृत्युको बारे कुरा गरेको तीन हप्ता जति पछि नै म आफ्नो काम सकेर घरतिर फर्किंदै थिएँ । बाटोमा मेरो मोबाइलमा यौटा म्यासेज आयो । जसमा लेखिएको थियो । "हाम्रो सेवाग्राही चार्लीको भर्खरै निधन भयो । " त्यो मैले काम गर्ने नर्सिङ होमले मेरो लागि पठाएको सन्देश थियो । मलाई त्यो म्यासेजप्रति विश्वास लागेन र तुरुन्तै नर्सिङ होममा फोन गरेर चार्लीको बारेमा सोधें । फोनमा एकजना सहकर्मी मित्रले भन्यो - "हो, चार्लीको शवलाई अब बाहिर लैजाने तयारी हुँदैछ, उसको परिवारहरु बाटोमा आउँदैछन् ।"
भोलिपल्ट काममा जाँदा नर्सिङ होमको सूचना पाटीमा यौटा सूचना टाँसिएको थियो - "आउँदो सोमबार चार्लीको शवयात्रामा सहभागी हुन चाहने कर्मचारीहरुले कृपया प्रशासनमा जानकारी गराउनु ।"
मलाई विश्वास गर्न गार्‍हो भए पनि चार्लीको साँच्चै मृत्यु भएकै हो रहेछ । मेरो कानमा चार्लीको त्यही भनाइ गुंजिन थाल्यो - "अब म एक महिना पनि पूरा बाँच्दिन ।"





दोलखा, नेपाल
हाल, बेलायत

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan