मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

धन कमाउने सपना (गजल संग्रह)

मेरो बाल्यकाल देखिको कुनै एउटा किताब निकाल्ने सपना अव केहि महिना पछि पूरा हुने भएको छ । सयादै मार्च महिनाको दोस्रो हप्तामा मेरो गजल संग्रह "धन कमाउने सपना" बिमोचन गर्ने तयारीमा अहिले रातदिन लागिरहेको छु । त्यसैले ब्लगमा केहि नयाँकुरा लेख्न समय मिलिरहेको छैन ।

यो गजल संग्रहको लागि मेरा गजलहरु सबै तयार भैसकेका छन भने अहिले टाईपिंग कार्य र सम्पादनको कार्य भैरहेकोछ । सम्पादन कार्य सकी प्रकाशनको सम्पूर्ण तयारी भए पश्चात बिमोचनको मिति तय गर्नेछु । बिमोचनमा चाहि सबै मित्रहरु आइदिनुहुन को लागि अनुरोध गर्दछु । बिमोचनको मिति अनि स्थानको बारेमा केहि दिन पछि फेरी लेख्ने बचा गर्दछु ।

यस गजल संग्रहमा ७६ वटा मेरा बिदेशी पीड़ा ,देशप्रेम र माया प्रेमका गजलहरु रहनेछ्न भने कभर भने अहिले देखिराख्नु भएको फोटोलाई राख्ने बिचार गरेको छु । तपाईहरुको बिचारमा कस्तो होला यो फोटो कभरको लागि ? अनि कस्तो छ संग्रहको  शीर्षक? प्रतिक्रिया लेखिदिनु भए म आभारी हुन्थेंकी ?
 

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan