मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

उनि राम भन्छे

 गजल 

 कृष्ण के श्रेष्ठ "काल्स"

म माया भन्छु उनि दाम भन्छे
म कृष्ण भन्छु उनि राम भन्छे

उनको विलासी रंगिन दुनियामा
मेरो मायाको खैके काम भन्छे

यो संसारमै मिलि बसौंन भन्दा
सुखी संसारमा लौन जाम भन्छे

शितल छहारी हैन रे मायालुको
आगोझैं बल्ने तातो घाम भन्छे

सोचेकोथे म नै राजकुमार भनि 
तर सोधी हेर्दा अर्कै नाम भन्छे

2 comments:

  1. itsNepal said...
     

    i like this uni ramri manchhe

    i make a blog about nepal tourism pls reviews my blog

    http://itsnepal.blogspot.com

  2. Sachita said...
     

    Testai hun ajkal ka ladki haru, take it easy, krishnajeee..........

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan