मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

अंग्रेजी मेरो जिरो

ENGLISH -JIRO

    मेरो जापानको यो लामो चारबर्षे बसाईपछि मेरो अंग्रेजी अहिले जिरोमा झरिसकेको छ भन्दा तपाईहरुलाई बिश्वास नलाग्ला  । तर यथार्थमा अहिले म सामान्य किसिमको अंग्रेजी बोल्न नसक्ने भैसकेको रहेछु पत्तोनै नपाई । तर खुसीको कुरा पढ्दा र सुन्दाखेरि भने अलिअलि अर्थ सम्म बुझ्न भने सक्छु धेरै बलगरेर । 
    उफ ! यो जापानको जापानी भाषाले गर्दा त्यतिका बर्ष पढेको मेरो अंग्रेजीलाई खाइदियो मानौ सर्पले मुसो खाएझै गरि खाइसक्यो । नेपालमा छदा त, जता गएपनि जहाँ काम गरेपनि प्रायसबै ठाउँमा अंग्रेजी भाषाको प्रयोग अनिवार्य हुने भएकोले  नेपालीहरुमा सामान्य अंग्रेजी नबुझ्ने कमै हुन्थे यसैगरि मेरो अंग्रेजी पनि राम्रो भएको थियो  र राम्रो संग बोल्न सक्थें मैले बिदेशीहरुसंग पनि तर अहिले.......................
   अचेल मैले मेरा पूराना नेपाली साथीहरुको फेसबुकमा लेखिएका स्टाटस , कमेन्टहरु हेर्छु अनि अंग्रेजी लेखहरु पढ्छु अनि मलाई  दुख लागेर आउँछ आफ्नो भाषा देखेर । अनि यो जापानमा व्यर्थ आएर आफुले त्यतिका  बर्ष नेपालमा पढिएको अंग्रेजी अहिले जिरो भएको कुरामा पश्चाताप लागेर आउँछ । अनि सोच्छु यदि अंग्रेजी जानें भने म नेपाल फर्केरपनि केहि गर्न सक्छु तर यो जापानी जति जाने पनि नेपाल फर्केर गाइड गर्ने काम बाहेक अरु कुनै काममा पनि प्रयोग नै हुदैन अनि के गर्ने भनेर ।
    जापान यस्तो देश हो की ,जहाँ जापानिज भाषा बाहेक अरुभाषा बोलिदैन ।  जसले गर्दा  मेरो अंग्रेजी दिनदिनै बिग्रदै गएकोछ । जसको बिपरित मेरो जापानिज भने अंग्रेजी भाषा भन्दा सप्रिदै गैरहेकोछ । यति सम्मकी कोहि नेपालीहरु संग कुरागर्दा पनि बिचबिचमा जापानी मिसिदिन्छ । अनि कोहि अमेरिकन हरुसंग कुरागर्दा पनि yes को  ठाउँमा जापानी हाई भन्ने बानी भैसकेको छ मेरो ।
    रमाइलो कुरा कुनै जापानीलाई  what is your name ? भनेर कसैले सोध्यो  भने पनि सहि उत्तर दिन नसक्ने जापानीहरु धेरै छन । सायद यसो भन्दा तपाइहरुलाई विश्वास नलाग्ला तर यो जापानको यथार्थता हो । तर यीनीहरु good morning  अनि hello र one , two three भन्न भने सिपालु छन । यसो भनेर मैले जापानलाई गिज्याउन खोजेको चाहि पक्कै पनि होइन ।
   पढ्न त ६ कक्षा सम्म यिनीहरु पनि अनिवार्य अंग्रेजी बिषय पढ्छन तर यिनीहरु आफ्नो जापानी भाषालाई मात्र प्राथमिकता दिनेभएर अंग्रेजी बुझ्ने अनि बोल्न जान्ने जापानीहरु ज्यादै न्यून छन । तर हालआएर अंग्रेजी बोल्न र सिक्न चाहने जापानीहरु भने अनगिन्ति छन् त्यसैले  अंग्रेजी बोल्नसक्ने जापानीहरु दिनदिनै बढ्दै गइरहेको छ ।
   जे होस जापानीभाषा बोल्न सिकिएकोछ , अनि धेरै नम्र र सभ्य भएर बोल्नपनि जानिएकोछ, यसैमा खुसि मान्नु परेकोछ मैले । अब  हेरौँ कस्तो हुदै जान्छ मेरो अंग्रेजी ? कतै नेपाल फर्कदा सम्ममा my name is krishna सम्म पनि भन्न नसक्ने पो हो की ? मलाई चिन्ता लाग्न थालिसकेको छ ।

जय जापान ! जय जापानी भाषा !!

3 comments:

  1. suraj shrestha said...
     

    mero pani testai testai bhaie sakeko cha
    bastabik kuro ho yo chaie.

  2. Anonymous said...
      This comment has been removed by a blog administrator.
  3. sagun said...
     

    tara malai timro english bibgreko jasto lagdaina krishna. multilingua hununai thulo ho.

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan