मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

शैलुङ : रमणीय पर्यटकीय स्थल

 



समुन्द्री सतहबाट करीब ३४०० मिटर अग्लो स्थानमा दोलखा जिल्लाको दक्षिण पश्चिममा अवस्थित रहेको शैलुङ डाँडा एउटा दोलखा जिल्लाको मात्र नभई नेपालकै रमणीय पर्यटकीय स्थलको रुपमा परिचित रहिआएको छ । शैलुङ डाँडा प्रकृतिले सुन्दर स्थलको रूपमा  मात्र नभएर धार्मिक स्थलको  रुपमा पनि परिचित छ , जहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, बारबर्षे मेला  जस्ता चाडमा धेरै दर्शनार्थीहरुको भीड़ लाग्ने  गर्दछ । साथै शैलुङ डाँडा यस अर्थमा पनि  प्रख्यात छ की, जुन डाँडा १०० वटा अग्ला र  होचा हेर्नलायक मनमोहक सुन्दर थुम्काथुम्की डाँडाहरुले जोडिएर वनेको छ ।

शैलुङ नाम तामाङ भाषाबाट राखिएको हो  । जसको अर्थ हुन्छ तामाङ भाषमा "शै" भनेको सय र "लुङ" भनेको थुम्का भन्ने बुझिन्छ । शैलुङ डाँडाबाट मनमोहक गौरीशंकर हिमाल , सगरमाथा, माछापुछ्रे हिमाल, गणेश हिमाल लगायत काठमान्डौ उपत्यका र तराईका केहि भागहरु समेत देखिने भएकोले  यो स्थान अझ रमणीय पर्यटकीय स्थल बन्न सफल भएको छ ।

साथै, यहाँ  महादेवको मन्दिर,  १२ वर्षमा एकपटक खुल्ने गदौरी जस्ता धार्मिक रूपले चर्चित गुफा पनि अबस्थित छ । चारैतिर  देखिने मनोरम हिमशिखरहरु, वनैभरि नाच्ने डाँफेमुनाल, चौंरी र विभिन्न जातजातिका चराचुरीङ्गी एंव जंगली जनावरहरुले  शैलुङ डाँडा धार्मिक एबम पर्यटकिय महत्व बोकेको स्थानको रुपमा चिरपरिचित रहदै आएकोछ ।  साथै थुम्कामा हिउँद महिनामा  सेताम्मे हिउँ पर्ने भएकोले यसबेला हिउँप्रेमीहरुको धेरै भीड लाग्ने गर्दछ । त्यतिबेला हिउँमा खेल्नको लागि धेरै ठाऊँबाट पर्यटकहरु आई हिउँमा खेल्ने र सेताम्मे  शैलुङको प्राकृतिक स्वाद लिने गर्दछ्न ।

शैलुङको अर्को महत्वपूर्ण विशेषता भनेको यहाको चौंरीको दूधबाट बन्ने बिभिन्न प्रकारका परिकारहरु पनि पर्दछन  । यहाँका बासिन्दाहरू प्राय सबैले चौंरीपालन गर्नेगर्छन् र उत्पादित चौंरीको दूधबाट उनीहरू मिठा छुर्पी,  चिज बनाएर बिभिन्न ठाउँमा लगेर बिक्रिबितरण गर्नेगर्दछन । साथै शैलुङका १०० वटा थुम्कामा बिभिन्न किसिमका खानि हुनसक्ने कुरापनि स्थानीयबासीहरुमा जनविश्वास  रहिआएको छ । तर अनुसन्धान र उत्खननको आर्थिक र प्रबिधिक अभाबले त्यो सम्भावना एउटा सपनामा मात्र सिमित रहेकोछ  । यहाँ यसको अलावा बहुमुल्य जंगली जडिबुटी पाँचऔंले, चिराइतो, मजिटो, च्यातु लगायत अन्य धेरै जडिबुटीहरु पनि प्रशस्तै मात्रामा  पाइन्छ । जसबाट स्थानीयबासीहरुलाई आर्थिक राहत मिल्न पुगेको छ । 

यसरी पर्यटन क्षेत्रमा सम्भावना वोकेको दोलखाको महत्वपूर्ण पर्यटकिय स्थलको रुपमा रहदारहदै पनि यहाँ सम्म जानको लागि राम्रो सडक व्यवस्था, बस्ने होटेलको अभाव लगायत अन्य धेरै समस्याहरुले गर्दा शैलुङ डाँडा नेपालकै एउटा सुन्दर पर्यटकीय स्थलको रुपमा चिनिनबाट पछि परि दोलखाको पर्यटन व्यवसाय अलिकति भएपनि ओझेलमा पर्न बाध्य भएको छ । यदि भविस्यमा राम्रो यातायात व्यवस्था , बस्ने  सुबिधा अनि राम्रो प्रबर्धन हुनसकेको खण्डमा दोलखाको पर्यटन विकासमा शैलुङ डाँडाको धेरै महत्वपूर्ण भुमिका रहने कुरामा कुनै दुइमतनै छैन ।

अब, एकछिन शैलुङ डाँडालाई फोटोको माध्यम बाट नियालेर हेर्ने पो हो की?

 शैलुङ डाँडा छिर्ने बाटो

शैलुङ डाँडाको मनोरम दृश्यहरु





शैलुङ डाँडा पृष्ठभूमिमा हिमाल





 
शैलुङको थुम्को


 शैलुङबाट देखिने गौरीशंकर हिमाल

फोटोको लागि DOLKHA, INTRODUCING. Proud to Be Dolkhali लाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

3 comments:

  1. Dolakha said...
     

    it was a great article and ThanQ for the Page Link

  2. Raju Prajapati said...
     

    swarga teha chha, hami yaha narakma k gardai chhau...........

  3. Raju Prajapati said...
     

    swarga teha chha, hami yaha narakma k gardai chhau...........

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan