तिहारमा आउँला दिदी
सप्तरंगी टिका पनि तिहारमा लाउँला दिदी
दशैंमा त आइन म तिहारमा आउँला दिदी
साथीसंगी सबै मिलि गाउँ शहर डुलिडुलि
देउशी भैलो रमाएर तिहारमा गाउँला दिदी
तेलझैं नसुकियोस अनि लामो आयु होस
भन्ने आशिष धेरै तिहारमा पाउँला दिदी
मिठामिठा मिठाईसंगै सेलरोटि पकाईकन
अघाइने गरि सबले तिहारमा खाउँला दिदी
“चाचाहुईया” “चाचाहुईया” पिङ खेल्न परिवार
मिलिजुली बजारतिर तिहारमा धाउँला दिदी
बर्षौं भयो परदेशमा जुवातास नखेल्या पनि
साइतमा च्याखा हाल्न तिहारमा जाउँला दिदी
केहिगरि फेरी पनि आईन भने भाई “कृष्ण”
रुँदै रुँदै चिठी लेखि तिहारमा पठाउँला दिदी
हामी यहाँ पर्खीरहेका हुनेछौं टिका लगाउनको लागि...........