चोट ताजै छ
ब्लगमा केहि दिन यता नयाँ लेख लेख्ने भनेको तर समयको अभाबले हो? या के ले हो ? सबै मेरा लेखहरु अपूरो नै छन । आशा छ केहि दिन पछि समय मिलाएर पस्कनेछु तपाईहरु माझ । त्यसैले, आज मैले लेखेको धेरै पुरानो गजल तपाईहरुमाझ राख्ने जमर्को गरेको छु । जुन गजल HBC FM मा सन २००५/६/२७ तारीख को दिन बुलबुल कार्यक्रममा प्रशारित भएको मेरो पहिलो गजल हो । यो गजल मलाई मन पर्ने गजल मध्य एकमा पर्छ ।
छाडन त छाड्यौ प्रिय, चोट ताजै छ
म माथी गरेको त्यो, खोट ताजै छ
खै किन अचम्मैले, टाडिन खोज्दै थियौ
माया मारि त्यागेको, विछोड ताजै छ
जति माया वडदै गयो उति झन माया गाढा
मायारुपि गुलाव केा, वोट ताजै छ
अझै पनि माया मेरो मेटिएको कहाँ छ र?
साइत हेरि छानेको, छनोट ताजै छ
आखिरीमा तिमीले धोका दिइ छाड्यौ
जीवन साथी वनाउने, अठोट ताजै छ
धोका पाए पनि अर्की खोज्ने अठोट गर्नु भएछ ! अब चै धोका नपाउने खालको खोज्नु पर्यो ;) तपाईलाई शुभकामना !!!
सुझाबको लागि धन्यवाद तपाइलाई , अब बाट त्यसै गर्नु पर्ला.................