अघाएँ आमा
बेलायत र लण्डनदेखि अब त अघाएँ आमा ।
स्वदेशको मायाँ के हो बल्ल थाहा पाएँ आमा ।।
दिन, रात, जाडो, गर्मी, भोक, प्यास भन्न पाइँन,
कसरी भनुँ तिमीलाई कति हण्डर खाएँ आमा ।
अक्सफोर्ड र पिकाडिल्ली घुम्ने अब रहर छैन,
आँखाबाट धेरै धेरै थेम्सहरु बगाएँ आमा ।
नेपाल नै हो महार्स्वर्ग विश्वको मानचित्रमा,
सुख पाउने आशामा व्यर्थै देश विदेश धाएँ आमा ।
फर्किन्छु म त फेरि तिम्रै न्यानो काखमा आजै,
अन्ततः राष्ट्रियताको सत्य गजल गाएँ आमा ।
Yes dai, Nepal is a far better, the best one..........
brilliant gajal