कविता
कृष्ण के श्रेष्ठ "काल्स"
अनि किन्दिन म
मलाई मेरै
थोत्रो मोबाइलनै काफि छ
जुन,
धेरै पुरानो भैसकेको छ
रङ्ग खुइलिसकेको छ
अनि
कतै कतै चोइटा पनि गएको
हेर्दै घिन लाग्दो छ
सायद, मेरो जस्तो मोबाइल
कसैले बोक्दैनन होला
यस्तो मोबाईल
देखेको पनि छैन मैले
तर
म बोक्छु
जापानमा भएर पनि
मेरा सबै साथीका हातमा
iphone हुन्छ
तर मेरो मा उही पुरानो
दिक्क त लाग्छ अरुको देखेर
उनीहरु
कहिले खेल त कहिले गीतमा
कहिले च्याटमा त कहिले के मा
झुमिएर रमाएका देख्दाखेरि
तर मेरो
उही २ बर्ष अघि किनेको
खटारो मोबाइल
इन्टरनेट पनि बन्द गरिएको
मात्र
फोन गर्न र उठाउन मिल्ने
त्यसैले मलाई भन्छन मेरा साथीहरु
अनि गिज्याऊछन
"किन थोत्रो मोबाइल बोकेको ?
iphone किन भनेर "
तर म किन्न चाहन्न
किनकि
यदि iphone किने भने म बिग्रन्छु
मेरो समय बर्बाद हुनेछ
मेरा सम्पूर्ण
दिन र रात इन्टरनेटले खाइदिनेछ
त्यसैत मलाई अहिले पनि
इन्टरनेट को "किरो"(virus) भन्छन
त्यसैले म किन्दिन
मलाई अहिले
मेरो काखे कम्प्युटर नै बढी भै सक्यो
कहिले छोड्न मन लाग्दैन मलाई
कम्प्युटरनै
मेरो जीबन जस्तो लाग्न थालेकोछ
कम्प्युटर मै मेरा समय बित्छ
घरमा हुदा पनि इन्टरनेटमा
अनि
कलेजमा पनि
यथार्थमा
इन्टरनेटको "नराम्रो लत" लागेको छ मलाई
कहिले फेसबुकमा त कहिले याहु
कहिले ब्लगमा
कहिले डिसी कहिले क्यानाडा को प्रोग्राम हेर्नमै
बित्छ मेरा समय
अनि
निन्द्रा पुग्दैन मलाई
आँखा दुख्छ मेरो
समयको बर्बाद हुन्छ
त्यसैले
मलाई चाहिदैन
जति सुकै राम्रो सुबिधा भए पनि
जति सुकै सस्तो भए पनि
कसैले सित्तिमा दिए पनि
मलाई चाहिदै चाहिन्न
मेरो यही
थोत्रो मोबाईल नै प्यारो छ
यस अर्थमा कि
म यो भन्दा बढी बिग्रन चाहन्न
अनि
समयको बर्बाद गर्न चाहन्न
नसुती नसुती फेसबुक चलाउन चाहन्न
हिड्दा पनि, सुत्दा पनि बस्दा पनि
इन्टरनेटको किरो बन्न चाहन्न
त्यसैले iphone
मेरो लागि
एक चाहिन्न दुइ चाहिन्न
चाहिदै चाहिन्न
समाप्त !
Subscribe to:
Post Comments (Atom)
thikai cha. Yeta nepal ma audan liyara aununi. But u have spoken the reality
malai ta Iphone nai chahinchha jasari pani j garera pani
any way nice poem