मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

अन्धोको आँखाबाट दोलखा

  

सगुन श्रेष्ठ
भीनपा-२, दोलखा 

अन्धोहरुको आँखाबाट दोलखा कस्तो होला - यो मेरो यक्ष प्रश्न हो । साच्चै, मेरो आमाको काखमै हुर्किएर पनि आमालाई राम्ररी चिन्न सकेको छैन मैले । सायद उहाँको काखलाई राम्ररी चिन्न् सकेको हुनसक्छु तर उहाँको शिर र पाऊ अझै मेरो अज्ञानताबाट टाढा छैनन् । मलाई थाहा छ, म जस्तै धेरै बन्धुहरु छन् जो आफ्नो आमाको पूर्ण  पहिचानबाट अलग्गिएका, त्यसैले म यी समूहलाई अन्धो भन्न रुचाउछु र यी अन्धोहरुको आँखाबाट आमा कस्तो होला - यो नै मेरो यक्ष प्रश्न हो ।
    सायद दोलखाको 'द्वाल्खा' भन्ने ऐतिहासिक बस्तिमा जन्मेर होला यसको नालिबेली सबै र्छलङ्ग छ । भीमेश्वरको काखमा रमिरमि हुर्किएँ । एक शिला तीन अवतार भनेर चिनिने श्री भीमेश्वर यस बस्तिको साक्षात भगवान नै हो । डङ डङ घण्टाको आवाजसंगै हामी रम्ने  गथ्यौ । यसमा पनि नेवारी बस्ति, हरेक महिनामा नयाँ जात्रा र चाड्वाडले अर्को रौनकता  थपेको हुन्थ्यो । हरेक जात्राको झरीले मन लुथ्रुक भिजाउन हामी माहिर हुन्थ्यौ  । यसरी नै लाखे नाच, खरी प्याखन, खड्ग जात्राले हाम्रो मन मष्तिष्क हरदम लट्याईरहेको हुन्थ्यो । स्वभाविक मान्नु पर्छ, हामी दोलखाली जनहरु मध्ये भाग्यशाली थियौं । घरै छेउमा त्रिपुरासुन्दरी, घरै माथि भीमेेश्वर र घर वरिपरी बुद्धका स्तुपाहरु र विभिन्न कलात्मक टुँडालहरु, वाह ! यस्तो कहाँ पो हुन्छ र । आँगनबाट बाहिर निस्कने वित्तिकै ति मल्लकालमा बिच्छाइएका ठूल्ठूला ढुङ्गाहरु हामीलाई स्वागत गर्थे । त्यसमा अभ्fm मच्छिन्द्रनाथको रथ खटक खटक तान्दा हाम्रो बाल -मन कहाँ पूग्दो हो । यो इतिहास हैन, वर्तमान पनि हो । यस्तो छ मेेरो आमाको काख, साँच्चै अत्यन्त न्यानो । जो कोहिले भन्न सक्छ-'यस्तो भग्यशाली पो हुनु पर्छ जन्म लिन ।'
    जब म मेरो आमाको शिर र पाऊ पैलाउने  कोशिस गर्छु , म पाउँछु उत्तरको टाकुरामा अवस्थित 'कालिन्चोक भगवती माई' । सदरमुकामबाट करिब छ सात घण्टाको लामो उकालो हिडाँइ पछाडी कुरीको समतल स्थान पुग्दो हो । अनि बेलुकी चौरीको दुध वा चियाको सुरुपमा यो मन कति रम्दो हो ! अनि बिहानै रवीसंग वयलि खेल्दै उकालो लाग्दा र माईको टाकुरामा दर्शन पाउँदा र्स्वर्गकै अनुभव पक्कै हुन्छ । लाग्दो हो, आज जीवनकै उचाइमा हामी छौं ।
   पूर्वतिर हरबखत गैरिशंकरले हरपल मुस्कान छरिरहेको हुन्छ ।आफ्नो काखमा च्छोरोल्पा जस्तो देशकै ठूलो हिमताल उनले जन्माएको छ । जाडोयामको छ महिना जम्ने सतहमा जो सुकै स्केटिङमा रम्न सक्दछ । अझ त्यस भूभागबाट हिमालको अवलोकन गर्दा मनमा उल्लास क्षणहरुको बास हुँदो हो । त्यसरी नै आफ्नो गर्भबाट तामाकोशीको उत्पति गराएको छ जुन हाम्रो राष्ट्र विकासको आधारको कडि साबित भएको छ । राष्ट्रकै सबैभन्दा बढी मेघावाटको बिजुली यसैबाट निकालिदै छ । यस्तो नदिको सम्भावनासंग घुलमिल हुन पाउनु पनि भाग्य नै सम्झिन्छु ।
    जब उत्तरतिर फर्किन्छु, नेपालकै स्वीट्जरल्याण्ड जिरीसंग परिचय गाँसिन थाल्छ । एउटा पृथक पहिचान, पृथक अस्तित्व बोकेको यो स्थानबाट कविको कविता फुर्छ , रम्नेहरुको रमिता जुट्छ, पर्यटकले लिङ्कनको चुम्बन लुट्छ । हो, किनकी यो जिरेलको बसोबासले सुसज्जित जिरी हो । सदरमुकाम या दोलखाबाट नागबेली सडकखण्ड हुँदै पुगिने यो रमणिय स्थान सबैको प्रिय हो । यस्तो स्थानमा कसलाई पो सयर गर्न मन नलाग्ला र ?    अनि तपाईं नि ।
    अब भने यसो पश्चिमतिर नजर दिन्छु र म पाउँछु, हिँउले ढाकिएका विचित्रका थुम्कोहरु । आहा ! मन कति हलुका हुन्छ एउटा प्वाँखको तौलभन्दा पनि हलुका । राजधानीबाट उकुसमुकुसिएर फिर्दा र सैलुङतिर आफ्नो नयन थमाँउदा आफ्नो गृहजिल्लाको र्स्वर्गतुल्य दृश्यले कैद भएर खुसीले भाव विव्हल हुन्छु । मेरो पनि रहर छ एकदिन त्यहि सैलुङमा पुगेर सैलुङेश्वरको दर्शनर् गदै त्यही हिँउको थुम्कोमा खेल्ने । हो, यस्ता रहरहरु धेरै नै छन् ।
    यो त खालि अन्धोको आखाँबाट दोलखा हो किनकी स्ौलुङ, च्छोरोल्पा लगायतका विभिन्न स्थानमा पाइला समेत नटेकेका व्यक्तिको बयान हो यो । सोच्नुस त यदि सक्कल आखाँबाट दोलखाको बयान हुँदो हो त कस्तो हुन्थ्यो - सायद त्यतिखेर दाँज्नुहुनेछ, मेरो आमा र्स्वर्गकै एक टुक्रा हो जस्मा लिङ्कनको चुम्बन, गौरीशंकरको  मुस्कान, च्छोरोल्पाको स्नेह, कालिन्चोकको आर्शिवाद, भीमेश्वरको शक्ति र सैलुङको आत्मिय प्रेम पाउनु हुनेछ र मनमनै गुन्नुहुनेछ -'यो ठाँउको पर्यटकिय सम्भावना अतुलनिय छ ।'



   

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan