मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

कालो मान्छे

कथा
 
श्रेष्ठ सत्य
दोलखा, नेपाल
"यहाँ कालाहरु मात्र  खतरनाक हुन्छन् । कालाहरु नै चोर, डाका, ठग तथा अपराधी हुन्छन् । त्यसैले कालाहरुसँग होशियार रहनू । "
बेलायतमा नवप्रवेशीहरुलाई सबैजनाले दिने सन्देश यही हुन्छ । कालाहरुसँग म पनि त्रशित थिएँ । त्यसैले त काम थालेकै दिनदेखि म आफ्नो म्यानेजरसँग पनि निकै भयभीत थिएँ । किनकी ऊ पनि कालो नै थियो ।
"तिम्रो  काम गर्ने ठाउँमा पनि कालाहरु छन् भने तिनीहरु आफू बसी बसी तिमीलाई मात्र काम  लगाउनेछन्, कार्यालयका सामानहरु हिनामिना गर्नेछन् ................................त्यसैले उनीहरुसँग धेरै समय नबिताउनू, धेरै हेलमेल नगर्नू  । "
एकजना नेपाली साथीले मलाई यो पनि बताएको थियो ।
म आफ्नो म्यानेजर शाद्रासँग प्राय तर्किन खोज्थें । ऊ भने मसँग बोल्न र जिस्किन खोज्थ्यो ।
"सत्य, तपाइँको भाषामा तपाइको नामको अर्थ के हुन्छ -" ऊ मलाई सोध्ने गथ्र्यो ।
"कहिल्यै नढाँट्ने मान्छे ।"
यति जवाफ दिएर म अन्यत्रै भागी हाल्थें ।
फेरि पछि भेट हुँदा सबैजना कर्मचारीको अगाडि ऊ मलाई देखाउँदै भन्ने गथ्र्यो -
"सत्यको नामको अर्थ तपाइहरुलाई थाहा छ - कहिल्यै नढाँट्ने मान्छे रे, हा हा हा ........ । "
अट्टहाँसले भवन थर्कन्थ्यो । म भने रातो पिरो भएर भाग्थें या काममै व्यस्त भए झैं गर्थें ।
यस्तै यस्तैमा शाद्रा मलाई रमाइलो लाग्न थाल्यो । पछि पछि म पनि उसँग सोध्न थालें - "तपाइको भाषामा तपाइको नाम शाद्राको अर्थ चाहिं के हो नि -"
ऊ भन्थ्यो - "यो नाम मात्र हो यसको केही पनि अर्थ छैन तर तपाइको नामको अर्थ हाम्रो जिम्बावेको भाषामा के हुन्छ, थाहा छ - सत्य भनेको हाम्रो भाषामा खान बाँकी छ भन्ने हो । सत्य- खान बाँकी छ, सत्य- खान बाँकी छ ।" ऊ दोहोर्‍याइरहन्थ्यो ।
दक्षिण पश्चिम इंग्ल्याण्डको सुन्दर बजार हेजोमेयर, आकाश बादलले ढाकिएको थियो । एकैक्षणमा कुहिरोले बजारलाई ढाक्थ्यो र एकैक्षणमा कुहिरो हटेर छ्यांग उज्यालो हुन्थ्यो । पानीका छिटाहरु पनि बेला बेलामा परिरहन्थ्यो । शाद्रा र म त्यो दिन उसको गाडीमा लामो ड्राइभिङका लागी निक्लेका थियौं । यस्तैमा शाद्रा बोल्यो - "इंग्ल्याण्डमा ३ वटा "W " को कहिल्यै विश्वास र भर नगर्नू - Woman  -महिला), Work -जागीर) र Weather -मौसम) । यी तीन कुराले यहाँ जुनसुकै बेला पनि धोका दिन सक्छ । नपत्याए हेर्नुस् त यो मौसम । बाँकी २ कुरालाई पनि तपाइ बुझ्दै जानुहुनेछ । "
म चुपचाप उसको कुरा सुनिरहें र ऊ चुप लागे पछि सडक दायाँ बायाँका रुखहरुलाई देखाउँदै मैले भनें - "मलाई यी रुखहरु देखेर मेरो गाउँको याद आयो ।"
"यी सबै कृत्रिम जंगल हुन्, यी अंग्रेजहरुले बनाएका । यहाँ जति ठूला जंगल भए पनि जंगली जनावरहरु पाइँदैनन् । यी जंगल भन्दा हाम्रो अफ्रीकाको मरुभूमि धेरै प्यारो छ, धेरै रमाइलो । म यहाँ छु यसको मतलब यो होइन की म इंग्ल्याण्डलाई माया गर्छु - यो त मेरो बाध्यता हो तर म हरपल हरक्षण मेरो मातृभूमिलाई मिस गरिरहेको हुन्छु । "
यति बोलेर शाद्रा मौन रह्यो ।
खाजा खानका लागी हामी एउटा रेष्टुरेण्टमा पस्यौं । खाजा खाइसकेपछि आफ्नो झोलाबाट ५, ६ थरिका औषधिहरु निकालेर खाँदै शाद्रा बोल्न थाल्यो ।
"मेरो जीवन यही चक्कीहरुले बचाइराखेको छ तर यसले पनि सक्दैन मलाई बचाउन किनकी प्रभु यशुले मलाई चाँडै बोलाउनुभएको छ । मलाई यत्ति गम्भीर मुटुको रोग छ भन्ने कुरा मेरा जहान, परिवार, साथीहरु र अन्य स्टाफहरुलाई पनि थाहा छैन र तपाइले पनि कसैलाई थाहा नदिनू । कुनै दिन हिंड्दा हिंड्दै या काम गर्दा गर्दै अचानक म ढलेछु भने मलाई अस्पताल लैजाने झण्झट गरिराख्न पर्दैन सिधै चिहानमा लगे हुन्छ । म मरेपछि मात्र सबैजनाले थाहा पाउनेछन् शाद्रालाई यो रोग लागेको रहेछ भनेर । "
ऊ पानी खाँदै स्वाभाविक रुपमा बोलिरह्यो -
"मेरी श्रीमति, २ छोरीहरु जिम्बावेमै मसँग मिलनको दिनको प्रतीक्षा गरिरहेका छन् । उनीहरु सोच्दा हुन् म स्वस्थ र तन्दुरुस्त छु तर यो देश आएपछि म मरिसकेकेा छु अब अन्तिम प्राण छाड्न मात्र बाँकी छ । मलाई आफ्नै जन्मभूमिमा मर्ने ठूलो इच्छा छ तर मलाई थाहा छ यो शत प्रतिशत सम्भव छैन, मेरो परिवारले पनि अब मसँग भेट्न सक्नेछैनन् ।"
त्येा दिनभरिको यात्रामा शाद्राले आफ्नो जीवनभर भोगेका अनुभव र इंग्ल्याण्ड आएर झेलेका कष्टहरु पनि मलाई सुनायो । म उसको जीवनकथाबाट निकै प्रभावित भएँ ।
शाद्रा र मेरो ड्युटी प्राय सँगसँगै पर्ने गथ्र्यो । हरेक भेटमा ऊ प्रेरणादायी कुराहरु गर्नेगथ्र्यो । ऊ भन्थ्यो - "वास्तवमा हामी घोर अपराधी हौं । हामीलाई हाम्रो देशले मृत्युदण्ड दिनुपर्ने हो किनकी हामी आफ्नै देशका लागी केही गर्नुको बदला आफ्नो स्वार्थका लागी विदेशिएर आफ्नो महत्वपूर्ण परिश्रम पराइका लागी खर्चिरहेका छौं र केही दुख पर्दा मात्र आफ्नो माटोलाई सम्झन्छौं । "
शाद्रासँगको सहयात्रा निकै रमाइलो र प्रेरणादायी थियो ।
करिब ३ महिना पछिको कुरा हो, बृटिश होम अफिसले विदेशी विद्यार्थीहरुलाई हप्तामा २० घण्टा भन्दा बढी काम गर्न नदिन कडा लिखित आदेश जारी गरेको छ भन्दै हाम्रो अफिसले मलाई हप्तामा २, ३ दिन भन्दा बढी काम गर्न दिएन । यस्तैमा ३ दिनको अन्तरालमा शुक्रबार म काममा गएँ । त्यो दिनभरि शाद्रालाई कतै नदेखेपछि बेलुकीपख सहकर्मी साथी ग्लोरीसँग शाद्राको बारे सोद्धा आर्श्चर्यचकित हुँदै उनी बोली - "ल, तपाइलाई अझै थाहा छैन - शाद्रा त अस्ती बुधबार स्टाफ मिटिङ हुँदाहुँदै अचानक बैठककक्षमै ढल्नुभयो । हामी सबैले एम्बुलेन्स डाकेर उहाँलाई अस्पताल पठायौं तर उहाँको मृत्यु भइसकेको रहेछ । तपाइलाई थाहा थियो त उहाँलाई गम्भीर मुटुको रोग लागेको रहेछ भनेर, हामी कसैलाई पनि थाहा थिएन । हामीले एक असाध्यै मिल्ने साथी गुमायौं ।"
म अवाक् भएँ, मलाई आफ्ने अत्ति निकट पारिवारिक सदश्यको मृत्यु भए झैं पीडा भयो । शुरुका दिनहरुमा शाद्राप्रति राखेको नराम्रो धारणाप्रति अझै पश्चाताप लागिरहन्छ ।

-समाप्त-

2 comments:

  1. bina said...
     

    Humanity has no race..........

  2. Anonymous said...
     

    daju very thought-provoking story. Well written the lively experiences but it could have been much better if u had made the character 'Shrada'of your story tell more philosophy of life so that the readers would get more theme. But u have written a line as yesarinai sradale tyo din ma sanga dherai kura garyo sth like that. It's my personal opinion only. But I like it very much. Eager to see other writings in the near future. Thanks

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture