मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

इमान्दारिता

लघुकथा 

 कृष्ण के श्रेष्ठ काल्स

             म रातो न  पिरो भाको थिएँ जब मैले खाना खाईसकेपछि पैसा तिर्नको लागि खल्तिमा पर्स नभेट्दा । म अनायास छाँगोबाट तल खसे जस्तै भएको थिएँ,  किनकि मेरो पर्समा ४ वटा जति जापानी बैंकका कार्ड, २ वटा क्रेडिट कार्ड (जुन जो सुकैले चलाउन मिल्छ) , ट्रेनको टिकेट (जुन जो सुकैले चलाउन मिल्छ) , इन्सुरेन्स कार्ड लगायत  मेरा धेरै महत्वोपूर्ण कागजपत्र  अनि मरीमरी काम गरि कमाएको केहि पैसा पनि राखेको थिएँ । तर मलाई पैसा भन्दा पनि अरु कागज हराएकोमा चिन्ता लाग्यो किनकी ती कागजपत्रहरु फेरी नयाँ बनाउनको लागि धेरै गाह्रो छ अनि धेरै धौड धुप गर्नुपर्छ मलाई ।

यताउती  खोजें, ब्यागमा हेरें , बाटो मा पनि खोज्न गएँ, अनि साथीहरुलाई पनि सोधें, तर कसैले पनि नदेखेको बताएपछि मैले पर्स भेट्ने कुरामा  माया मारिसकेको थिए । हुन पनि हो "पर्स जस्तो कुरा अनि पैसा जस्तो कुरा नेपालमा जस्तै भेटेपछि कसले पो फिर्ता दिन्छ र ? " म मन मनै सोचें । अनि अलिअलि भए पनि आफ्नै साथी हरुमाथी पनि चोरको शंका गर्न पछि परिन म ।

मेरो खानाको सबै पैसापनि साथीहरु मिलेर तिरिदिए । खाना साना खाएर हामी बिस्तारै आफ्नो घर फर्कने रेल चढयौ । बाटोमा धेरै कुराहरु मन मा खेले, "आज व्यर्थै पैसा हराउन पो आइएछ त्यति टाढा बाट । आउने त मन थिएन तर साथीहरुले गर्दा ...................अब कति गारो हुनेहो मलाई फर्के पछि ......................"यस्तै यस्तै । अनि मेरा हिउँ खेल्दाखेरिको रमझम यहि निहूँमा  क्षण भरमै समाप्त भए मेरा लागि ।

१ दिनको लामो यात्रापछि  आफ्नो ठाउँ योकोहामा आइपुगियो , सबै जना आ-आफ्नो घर तिर लागे , म पनि अँध्यारो  अनुहार लिएर लुखुर लुखुर घर तिर लागें । भोक लागिरहेको थियो, साथमा पैसा थिएन । पुगेपछि के खाने? त्यसको चिन्ता लागिरहेको थियो ।

घर पुगेर ढोका खोलें अनि छिर्ने बित्तिकै ढोकाको पोस्टमा सदाझै केहि पत्रहरु आको छ की भनेर चेक गरें । एउटा चिठ्ठी आको रहेछ अली मोटो खालको । नखोलेरै सायद केको पैसा तिर्नुपर्ने बिल आको होला भन्ठानें । खोलेको त  भित्र मेरो आफ्नै पर्सपो रहेछ अनि म तीन छक परें । सपना जस्तो लाग्यो मलाई आफु भन्दा पहिले पर्स आइपुगेकोमा अनि पैसा कागजपत्र जस्ताको तस्तै फिर्ता आएको कुरामा । सायद कोहि जापानीले भेटेर मेरो कार्डमा भएको ठेगाना हेरेर पठाएको हुनु पर्छ जस्तो मलाई लाग्यो ।  म धेरै खुसी भएँ ।

"कहाँ सम्मको इमान्दारिता हो यो जापानको? "मैले मन मनै जापानको इमान्दारिताको कदर गरें अनि धन्यवाद दिएँ जापानलाई । मान्नै पर्छ जापानको इमान्दारितालाई,  अनि सिक्नुपर्छ हामी नेपाली सबैले । जय इमान्दारिता............................

5 comments:

  1. keshav said...
     

    ya i have same feeling but not with wallet but my cell phone. i just contacted the lost and found section, and there it was.

  2. Bishnu Marasini said...
     

    आज भन्दा ७-८ बर्ष अगाडि (शायद नेपाल/पाक्षिकमा होला !! बाल्मिकी क्याम्पस परिसरमा पर्स हराएको र पछी भेटिएको) नेपाल मै पनि यस्तै इमान्दरिताको समाचार पढेको थिए ।

  3. Krishna K shrestha"Kals" said...
     

    जापानीहरु साचैनै इमान्दार हुन्छन

  4. louis vuitton boulogne said...
     

    Thanks for posting this. Very nice recap of some of the key points in my talk. I hope you and your readers find it useful! Thanks again

  5. sagun said...
     

    Honest and friendly the japanese are that i learnt from u and ur story.

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture