मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

माया लाएँ त के भो र?

 गजल 

कृष्ण के श्रेष्ठ "काल्स "
सुटुक्क मन चोर्न आएँ त के भो र?
मन परेरै त माया लाएँ त के भो र?

धरो धर्म धोका दिन्न भनेरनै  मैले
भिमसेन संगै कसम, खाएँ त के भो र?

सवै प्रेमहरु विछोड मात्र हुन्न भनि
अमर प्रेमका गीतहरु गाएँ त के भो र?

जसरीनि तिमीलाई पाऊँन यो जुनिमा
तिम्रै त्यों  मन्दिरमा धाएँ त के भो र?

बिस्वास दिलाएर अघाध यो  मायाको
साँचो माया मैले  पाएँ त के भो र?

1 comments:

  1. Anonymous said...
     

    hajur sachaiko bhagwan sri krishna nai hunuhudo rahechha, great

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan